गएको जुन २० मा रेडियो फ्रान्स इन्टरनेसनल, लिबरेसनका साथै स्विस र बेल्जियमका सार्वजनिक रेडियोका लागि काम गर्ने फ्रान्सेली पत्रकार सेबास्टियन फारिसले ट्विटरमा भारतको सरकारले आफ्नो ‘ओर्किङ भिसा’ नवीकरण गर्न अस्वीकार गरेको सार्वजनिक गरे । ट्विटरमा उनले लेखे – “भारतले मलाई आफ्नो पेशागत काम गर्नबाट किन रोकेको भन्नेबारे कुनै स्पष्टीकरण नदीएको र मलाई मेरो सबै आम्दानी श्रोतहरुबाट वञ्चित गरेको छ”। फार्सिसले नोवेम्बर १० मा भारत छोडेका थिए ।
तीन वर्ष अघि सन् २०२१ मार्चमा भारतीय सरकारले भारतीय नागरिकसँग विवाह गरेको आधारमा ओभरसीज सिटिजन अफ इन्डिया (ओसीआई) कार्ड भएका विदेशी संवाददाताहरूलाई पनि श्रम स्वीकृति लिन अनिवार्य बनायो । भारतीय …