लक्ष्य थियो एउटा रैथाने खानाको अभिलेखिकरण। जानु पर्ने थियो लमजुङको भुजुङ। त्यसैका लागि माइक्रोबस चढ्न गंगबुतिर पुग्दा विस्मयमा परियो। सधै गाडी चढ्ने ठाउँमा त बस त थिएन। बस पार्कमा केही क्षण भौतारियो। अलि सोधखोज गरेपछि माइक्रोबस विष्णुमति किनारातिर पठाइएको रहेछ। बस चढेपछि अझ आश्चर्यचकित भइयो- १२ सिटको बसमा त्यसभन्दा बढी यात्रु हाल्न नपाइने नियम कडाइका साथ लागु भएको रहेछ। बाटोमा रोकेर मान्छे हाल्न नपाइने। चाहना भए त सुधार हुने नै रहेछ। विस्तारै सुध्रिदै छ भनेर दंग पर्दै तोकिएको कुनोमा गएर बसियो।
सार्वजनिक यातायातमा हाम्रो समाज प्रतिबिम्बित हुन्छ। आफ्नै सवारी साधनमा घरबाट काममा जाने र आफ्नै हैसियतका साथीभाई भेटघाट गर्ने “उच्च” …