भारतसँग सीमा जोडिएको जिल्ला रूपन्देहीमा साना हतियारको त्रास बढेर गएको छ।
साना हतियार लिएर हिड्नेहरूलाई प्रहरीले बारम्बार पक्राउ गर्ने गरेतापनि त्यसको नियन्त्रण भने हुन सकेको छैन।
यसैबीच आइतबार राति लुम्बिनी क्षेत्रबाट साना हतियार बोकेर हिँडेका तीन जना भारतीय नागरिक पक्राउ परेका छन्।
रूपन्देही प्रहरी प्रमुख रबिन्द्र रेग्मीको अनुसार लुम्बिनीको बसपार्क क्षेत्रमा प्रहरीले शंका लागेर रोकेर खानतलासी गर्दा हतियार भेटिएको हो। एसपी रेग्मीले भन्नुभयो, ‘ भारतीय नम्बर प्लेटको युपी ५५ एडी ०६८४ नम्बरको मोटरसाइकलमा सवार मानिसहरू चेकजाँच गर्दा हतियार भेटिएको हो। ’
प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत जिल्ला सिद्धार्थनगर बस्न ३४ बर्षिया को चिनक भनिने मेदी हुसेन, सोही ठाउँ बस्ने ५१ …