Home » Archives for नरेश के.सी./लुम्बिनी
Author

नरेश के.सी./लुम्बिनी

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि देश नै निर्वाचनमय बनेको छ। देशभरबाट प्रतिनिधिसभाका लागि १६५ र प्रदेश सभाका लागि ३३० जना सांसद चुनिनु पर्ने हुन्छ। देश यतिबेला चुनाबमय भएको छ। गाउँसहर र टोलटोलमा दलका प्रचार कार्यालय खुल्ने, चुनाब चिह्नसहितको झन्डाहरू राख्ने क्रमले तीब्रता पाएका छन्। काठमाडौं र प्रदेश राजधानी केन्द्रित भएका नेताहरू गाउँ फर्किएर जनतासँगको घेटघाटमा जुटेका छन्। निर्वाचन आयोगले प्रचार प्रसार कार्यको अनुमति त दिएको छैन तर पनि नेताहरू त्यसको बेवास्ता गर्दै लुम्बिनी प्रदेशको केन्द्र रूपन्देहीमा चुनाबी प्रचार अभियानलाई तीब्रता दिएका छन्।

रूपन्देहीमा ५ ओटा निर्वाचन क्षेत्र छन्। यी क्षेत्रमा पुरूष मतदाताको सङ्ख्या ३ लाख २७ हजार ४ सय …

रूपन्देहीको चुनाबी रौनक: कतै सहयात्री त कतै पूर्व र वर्तमान मन्त्रीबीच प्रतिष्पर्धा
0 comment
0 FacebookTwitterEmail

विश्व पर्यटन दिवसको अवसरमा नेपाल भारत सीमा नाका बेलहियामा विदेशी पर्यटकलाई स्वागत गर्दै गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनीमा रहेका विद्युतीय बस सञ्चालन गर्न गराउन आग्रह गर्नुभयो।

लुम्बिनीको वातावरण प्रदूषण कम गर्न २०७७ सालमा लुम्बिनी १९ विद्युतीय बस र कार ल्याइएको थियो। लामो समय खुला आकाशमुनि थन्किएका ५ विद्युतीय बस र १४ कार अब सञ्चालन हुन नसक्दा बिग्रने चिन्ता बढेको थियो। एसियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्ट अन्तर्गत १३ करोड रुपैयाँ लागतमा ती कार र बस भित्रिएका हुन् ।

गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनीमा रहेका विद्युतीय बस सञ्चालन गर्न गराउन आग्रह गरे लगत्तै लुम्बिनी विकास कोषले सक्रियता देखायो र दसैंको अवसरमा …

गृहमन्त्रीको आग्रहसँगै लुम्बिनीमा अलपत्र विद्युतीय बस सञ्चालनको तयारी
0 comment
0 FacebookTwitterEmail

विश्व पर्यटन दिवस लुम्बिनी प्रदेश सरकारले विशेष रुपमा मनाउने भएको छ। पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय लुम्बिनी प्रदेशको अगुवाइमा पर्यटन क्षेत्रसँग सम्बद्ध विभिन्न संघसंस्थाको सहकार्यमा सबैभन्दा बढी पर्यटक भित्रिने रूपन्देहीको स्थल नाका बेलहियामा विशेष कार्यक्रम गर्ने तयारी भइरहेको पर्यटन विकास परिषद लुम्बिनीका कार्यकारी प्रमुख रामु जोशीले बताउनुभयो।

पर्यटनका लागि पुर्नविचार गरौँ (रिथिंङकीङ टुरिज्म) भन्ने अभियानका साथ विश्वभर यस वर्ष सेप्टेम्बर २७ अर्थात आगामी असोज ११ गते  विश्व पर्यटन दिवस मनाउन थालिएको हो। सोही अनुसार लुम्बिनी प्रदेशमा पनि पर्यटक विशेष कार्यक्रम गर्न थालिएको छ।

असोज ११ गतेका दिन स्थल मार्ग हुँदै बढी पर्यटक भित्रिने बेलहिया, अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल भैरहवामा सबैभन्दा …

0 comment
0 FacebookTwitterEmail

भैरहवाको सिद्धार्थनगर आर्थिक सुशासन-इकोनोमिक गभर्नेन्स कमजोर रहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ। सिद्धार्थनगरको आर्थिक विकास रणनीति तर्जुमा  गर्नका लागि गठित समितिले तयार गरेको प्राथमिक प्रतिवेदनमा उक्त तथ्य प्रस्तुत गरेको हो।

भैरहवामा आज मंगलबारदेखि शुरु भएको सिद्धार्थनगरको आर्थिक विकास रणनीति तर्जुमा विषयक कार्यक्रममा सरोकारवालासँगको छलफलमा जिआईजेडका प्रतिनिधि समेत रहेका अध्ययन टोलीका सदस्य मनोज पौडेलले भन्नुभयो, ‘हाम्रो अध्ययनमा सिद्धार्थनगरमा मुख्यतया इकोनोमिक गभर्नेन्स कमजोर देखिएको छ । यसैगरी लुम्बिनीको ब्रान्डसँग परनिर्भरता बढ्नु, वैकल्पिक उर्जाको क्षेत्रमा ध्यान नदिनु र मान्छेहरूको बसाइँ लम्बाउने योजना नगरले नल्याउनु कमजोरीको रुपमा देखिएको छ। ’

पौडेलले सिद्धार्थनगरको सामाजिक तथा मानवीय विकासको क्षेत्रमा गरेको लगानी र योजना पनि त्यति सन्तोषजनक …

0 comment
0 FacebookTwitterEmail

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट जहाज उडेको आवाजसँगै  आकाशतिर हेर्दै आकाशे रङ्गको कमिज र निलो पाइन्ट तथा मिडी (स्कट) लगाएका साना बालबालिका एक तमासले यता र उता दौडीरहेको दृश्य साँच्चिकै कुनै विकट गाउँको जस्तो देखिन्छ।

उनीहरू मध्ये एकजना जहाज आयो भनेर दौडिए पछि अरुहरू उनको पछि पछि उवडखावड भएको हरियो चौरमा यता र उता दौडिरहेका थिए। खुला निलो आकाश मुनिको हरियो चौरमा आकाशे रङ्गको सर्ट लगाएका विद्यार्थीको ताती हेर्न लायक नै थियो।

त्यतिकैमा दिउँसो खाजा खाने समय हुन्छ, विद्यालयको एकजना म्याडमले खाजा खाना बोलाएसँगै ती विद्यार्थीहरू भित्तामा पीपल उम्रिएको, भत्किन थालेको एउटा पुरानो भवन तिर लागे। केही बेरमा सबैजना हातमा मटर र …

हेपिएको भुजौली स्कुललाई ठगेर ठेकेदार बेपत्ता
0 comment
0 FacebookTwitterEmail

गत वर्ष भदौ २९ गते निधन भएका बिन्दुकुमार चौहानको सम्झनामा स्थापना भएको ‘स्व. बिन्दुकुमार चौहान स्मृति पत्रकारिता पुरस्कार’ लुम्बिनी दैनिकमा कार्यरत पत्रकार  मोहम्मद हविवले पाएका छन् ।

मधेसी पत्रकार समाज नेपाल जिल्ला कार्य समिति रुपन्देहीद्वारा स्थापना भएको उक्त नगदसहितको पुरस्कार  एक कार्यक्रमका बीच वितरण गरिएको थियो ।

स्वर्गीय चौहान रुपन्देहीको लुम्बिनीका स्थायी बासिन्दा भए  पनि उनी कपिलवस्तु  र रुपन्देही जिल्लामा चर्चित पत्रकार थिए ।

पुरस्कार वितरण समारोहमा बोल्दै पत्रकार महासंघ रुपन्देहीका सभापति रामराज पोखरेलले चौहान अभाव र दबाब छिचोल्दै अगाडि बढेका एक निस्ठावान, असल र इमानदार पत्रकार भएको बताए । पोखरेलले भने ‘चौहान र मैले सँगसँगै काम पनि गर्यौं । …

चौहान स्मृति पत्रकारिता पुरस्कार पत्रकार  मोहम्मद हविवलाई
0 comment
0 FacebookTwitterEmail

नेपाली मुद्रा भारतबाट अबैध रूपमा नेपाल भित्रिन्छ भन्दा आश्चर्य लाग्न सक्छ तर यो सत्य हो। यतिबेला देशमा आर्थिक तरलता बढेर गएको छ। बैंकहरूले ऋण प्रवाहमा आनाकानी गरिरहेका छन् तर रूपन्देहीको सीमाबाट अबैध रूपमा नेपाली रूपैयाँ भारतीय बजारबाट भित्रिरहेको तथ्य सार्वजनिक भएको छ।

सोमबार दिउँसो भारतबाट नेपाल ल्याउँदै गरेको ७२ लाख ८० हजार रूपैयाँ भारतीय प्रहरीले सुनौलीमा बरामद गरेको छ।

भारतको सुनौली चेकपोस्टमा नियमित चेकजाँचको क्रममा उक्त रकमसहित भैरहवाका सुभाष परियार पनि पक्राउ परेको भारतीय प्रहरीले जनाएको छ। परियारले चलाइरहेको बा १९ च ३३७५ नम्बरको कारमा चालकको सीटमुनी प्लास्टिकभित्र बाँधेर राखेको ७२ लाख ८० हजार रूपैयाँ बरामद भएको हो।

परियारले भारतीय …

यसरी भित्रिन्छ नेपाली मुद्रा भारतबाट अबैध रूपमा नेपालमा
0 comment
0 FacebookTwitterEmail

कोही नरिवल र पूजा सामग्री मात्र त कोही बाख्रोको पाठो समेत बोकेर सडक छेउको एक हारमा उभिइरहनुभएको छ । त्यही लाइनमा हुनुहुन्छ– दाङ घोराहीबाट आउनुभएकी अनिता थापामगर । उहाँले पनि एक हातमा बाख्राको पाठो र अर्को हातमा पूजाको थाली बोक्नुभएको छ । आधाघण्टाजति उभिएर मन्दिर नजिकै आइपुगेपछि माइकमार्फत एउटा सन्देश आयो– ‘बलि चढाउन आउनु हुने भक्तजनहरू मन्दिरको दाहिनेतर्फबाट र अरु देब्रेतिरबाट मुख्य मन्दिरतर्फ प्रवेश गर्नूहोला ।’
सन्देशलाई शिरोधार्य गर्दै बोका समाएर उभिनुभएका करिब १५/१६ जना भक्तजन मन्दिरको दाहिनेतर्फ प्रवेश गर्नुभयो । अनिता पनि दाहिनेतिर सोझिएको हारमा मिसिनु भयो । उहाँले भन्नुभयो– ‘सुपा देउराली माताको पूजाको लागि आउँदा खुसी लागिरहेको छ …

अर्घाखाचीको सुपा देउराली: भारतीय भक्तजनको घुइँचो
0 comment
0 FacebookTwitterEmail

जन्मघर, बाल्यकाल, किशोरअवस्था हुर्केको घर परिवार छाडेर कलकलाउँदो उमेरमा सामाजिक संस्कार अनुसार बिहेबारी गरी नयाँ घरबारमा जाने रूपन्देहीका महिलाहरू घरभित्रै असुरक्षित भएको घटनाले पुष्टि गरेका छन्।

रूपन्देही जिल्लाको विभिन्न क्षेत्रमा भएको अधिकांश महिला हत्या तथा आत्महत्या घरभित्रकै मानिसहरूको कारण भएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ। यहाँ प्रस्तुत गरिएका रूपन्देहीमा भएका चार प्रतिनिधि घटनाले पनि यसको पुष्टि गर्छ।

घटना नम्बर १: २०७८ जेठ २ गते जिल्ला प्रहरी कार्यालयले एउटा गोप्य सूचना पायो। सूचना एउटा नेपाली दम्पतीका बारेमा थियो। उक्त सूचनामा भनिएको थियो- एकजना नेपाली महिलालाई आफ्नै श्रीमानले कलगर्लको रुपमा काम गराउने र भारतमा यौनधन्दा गर्नको लागि लग्ने गरेको भन्ने। …

घरभित्रै असुरक्षित रूपन्देहीका महिला
0 comment
0 FacebookTwitterEmail

बौद्धकालीन सभ्यतासँग सम्बन्ध रहेका तराईका जिल्लामा रोपिने कालानमक धानको संरक्षणमा बुद्ध जन्मस्थल लुम्बिनीका किसानहरू जुटेका छन्। कालानमकलाई धेरैले कालानिमक पनि भन्दछन्।
मिठो वासना र मुखमै टाँसिने स्वाद भएको कालानमक धानको चामललाई अरुभन्दा तेब्बर मूल्य पर्छ। कालानमक धान उत्पादनमा खर्च बढी लाग्ने गर्दछ । धेरै खर्चमा कम उत्पादन हुने भएकाले यसको खेती हुने क्षेत्रफल घट्दै गएको छ । कालानमक लुम्बिनी क्षेत्रको रैथाने धान हो । मेहनत बढी र उत्पादन कम हुने भए पनि राम्रो मूल्य पाउन थालेपछि पछिल्लो समय लुम्बिनी क्षेत्रका स्थानीय किसानहरू उक्त धान खेती गर्न लालायित देखिन थालेका छन्।
बौद्धकालीन संस्कृतिसँग ऐतिहासिक साइनो जोडिएको उक्त धानको प्रचार प्रसारमा स्थानीय …

स्वादको राजा: कालानमक धानकाे चामल, जाे आफैंमा एउटा व्यञ्जन हो
0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved