Home » Archives for हरिविनोद अधिकारी » Page 5
Author

हरिविनोद अधिकारी

नेपाली काँग्रेसका नेता केदार कार्की नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएपछि तत्कालका लागि कोसी प्रदेशमा मध्यावधि निर्वाचन टरेको जस्तो देखिएको छ। आखिर समस्याको समाधानका लागि दूर दृष्टि राख्ने काम त नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाको अडान र प्रदेश सांसद केदार कार्कीको सानो समूहले देखाएको विद्रोहले नयाँ निकास निस्केको छ जसमा तत्कालका लागि मध्यावधि रोक्न नेकपा एमालेले सहयोग गरेको स्पष्ट देखिएको छ। २९ जना सांसद रहेको नेपाली काँग्रेस र ४० जना सांसद रहेको एमालेका बिचमा सहयोगात्मक सम्बन्ध बनेको होइन। विद्रोही ८ जना काँग्रेसी सांसद र उपसभामुखलाई बाहिर राखेरै एमालेका ३९ सांसदहरूले गरेको सहयोगले तत्कालका लागि मध्यावधि रोकिएको देखिन्छ।

यसले के …

0 comment
0 FacebookTwitterEmail

नेपाली परम्परामा पनि जडभरत जस्तै भनेर उदाहरण दिने चलन छ। के हो त जडभरत भनेको ? को हुन् त्यस्ता पौराणिक पात्र जसको नाम बारम्बार लिइन्छ नेपाली समाजमा पनि र ज्ञान बुद्धि र विवेकको कुरामा ? प्रसङ्गमा आउने उदाहरण बनेका जडभरतको प्रसङ्ग विभिन्न पुराणहरूमा आउँछ, महाभारतमा आउँछ। यो प्रसङ्गमा जडभरतसँग सम्बन्धित आख्यानको चर्चा गर्न लागिएको विष्णु पुराण र नारद पुराणको आधारमा हो। त्यसो त हामीसँग सनातन धर्मको पौरस्त्य दर्शनभित्र पनि विभिन्न मत र तिनका आधारमा विभिन्न सम्प्रदायहरू अस्तित्वमा पाइन्छन् र तिनले बढी मान्ने देव, देवीहरूको क्षमता र गुणका आधारमा रचना गरिएको र तिनको गायनमार्फत स्मृतिमा राखी पुस्तौपुस्तासम्म कण्ठस्थ गरिएको हुनुपर्छ र …

0 comment
0 FacebookTwitterEmail

वैदिक कालमा सबै समान थिए भनिन्छ। वैदिक सभ्यतालाई परिमार्जन गरेको कुरा पुराणहरूले भनेका छन्। पुराणहरूलाई पञ्चम वेद किन भनेको रे भने वेद सूत्रबद्ध रूपमा थियो,  त्यसको विशद व्याख्या गर्न र उदाहरणसहित व्यावहारिक रूपमा स्पष्ट पार्न पुराणहरूमार्फत सचेत गराइएको मानिन्छ। श्रीमद्भगवत गीतालाई उपनिषद्को मर्मलाई व्याख्यात्मक तरिकाले बताइएको र श्रीकृष्णले विश्वरूप देखाउन तयार गरिएको मानिन्छ। अतः पौराणिक कालमा सभ्यताको जुन विकास भएको मानिन्छ, त्यही कुरा पुराणले जनतासमक्ष प्रस्तुत गरेको हो जसलाई शौनकादि ऋषिहरूले संसारभर प्रचार गरे भनिन्छ।

वैदिक काल होस् या पौराणिक काल होस्, त्यस बेलामा  सबै मानिसहरू आपसमा बराबरी थिए। उनीहरूको अवस्थालाई उनीहरूको कर्मका आधारमा विभाजित गरिएको हुन्थ्यो। शर शय्यामा सुतिरहेका …

0 comment
0 FacebookTwitterEmail

यो संसारमा जे जति कार्य घटित हुन्छ चाहे त्यो कुनै दुर्घटना नै किन नहोस्,  त्यसमा कसैको दोष हुँदैन तर नियतिले खटाएको कर्तव्य स्वतः प्रकृति चक्रमा पूरा भएकै हुन्छ,  कसैले चाहनु वा नचाहनुसँग कुनै सम्बन्ध हुँदैन भन्ने एउटा प्रसङ्ग महाभारतको अनुशासन पर्वको सुरुकै अध्यायतिर छ। कुनै पनि घटना हुनुमा कसको कति हात हुन्छ भन्ने एउटा अनुपम उदाहरणका रूपमा वाण शय्यामा सुतिरहेका देवब्रत भीष्म पितामहको महाराज युधिष्ठिरलाई दिएको उदाहरणीय कथाको माध्यमबाट। युधिष्ठिर विकल भएर बारम्बार आफूलाई धिक्कार्दै,  रुँदै,  कल्पिँदै भन्छन्, पितामह हजुरको यो हालत बनाउने र करोडौँ वीरहरूको विना कारण, मैले आफ्नो राज्य विस्तारका लागि र पारिवारिक स्वार्थवश,  मैले नै वीरगति गराउने …

0 comment
0 FacebookTwitterEmail

महाभारतको शान्तिपर्वमा भीष्म पितामह र युधिष्ठिर संवादलाई संसारमा नै राजनीतिको दिग्दर्शन मानिन्छ। आजभन्दा ५ हजार वर्षभन्दा पहिलेको राजनीतिक परिवेशलाई आजको आँखाबाट हेर्दा पनि समसामयिक परिवेशसँग पनि जोड्न मिल्ने रहेछ। त्यहाँ भनिने प्रसङ्गलाई विवेचना गर्ने हो भने आज पनि राजाको या सत्ताका शीर्ष र कार्यकारी पदमा बस्नेहरूका लागि मार्गदर्शनका रूपमा लिन सकिन्छ।

हुन त भीष्म पितामहले युधिष्ठिरलाई दिएको उदाहरणहरू कतिपय प्रतीकात्मक नै पाइन्छन् किनभने पशुपक्षीहरूको उदाहरण दिएर राजाले या शासकले गर्नु पर्ने कर्तव्यलाई बोध गराइएको छ।

शान्तिपर्वको अर्थ नै युद्धको समाप्ति पछि, संक्रमणकाल पछिको रूपान्तरणको समय मानिन्छ। युद्ध जहिले पनि विनाशकारी हुन्छ। राज्यका महत्वाकांक्षीहरू मध्ये कसैको जित हुन्छ,कसैको हार हुन्छ तर …

0 comment
0 FacebookTwitterEmail

महाभारतलाई पौरस्त्य साहित्य र इतिहास सम्मिश्रित विशाल महाकाव्य मानिन्छ। त्यसो त स्वयं वेद व्यासले नै यसलाई पञ्चम वेदको नामकरण गरेका छन् र भनेको छन्—महाभारतमा नभएको कुरा अन्यत्र कतै पाइँदैन अर्थात् व्यक्तिगत, पारिवारिक, सामाजिक, प्रशासनिक, न्यायिक, नैतिक ,युद्धकला, ज्योतिर्शास्त्र तथा तत्कालीन इतिहासको सविस्तार वर्णनसमेत यसै महाकाव्यमा पाइन्छ। जसरी महासागरमा कुन सिपीमा मोती छ भन्ने कुरा निपुण शिल्पीले मात्र पहिचान गर्न जान्दछ र निपुण नाविक — तैराकले मात्र ठिक ठाउँ पत्ता लगाउन सक्छ, ठिक त्यसै गरी महाकाव्यमा रहेको ज्ञानको पहिचान र त्यसको गूढार्थ पनि ज्ञानी र शब्द साधकले मात्र लगाउन सक्छ। तर त्यहाँ खोज्न सक्दा जीवन र जगतका लागि आवश्यक सबै कुराको …

0 comment
0 FacebookTwitterEmail

गीता एक—प्रतिध्वनि अनेक —४

महाभारतको युद्धपछि संसारमा एकप्रकारले दार्शनिक तथा सामाजिक क्षेत्रमा रिक्तता आएको अनुमान गर्न सकिन्छ। वेदव्यासले गर्ने भनेको उत्तर वैदिक समयको प्रवाह र चेतनाका आधारमा समाजलाई सही  तरिकाले व्याख्या गर्नु थियो र समाजलाई पथप्रदर्शन गर्नु थियो। त्यसका लागि वेद,उपनिषद्,पुराण तथा इतिहासको रचना गरे।इतिहासको सबैभन्दा विश्वसनीय ग्रन्थका रूपमा महाभारत तयार गरियो भने पुराणहरूमध्ये पनि महापुराणमा रूपमा विभिन्न मध्ये श्रीमद्भागवतलाई लिइएको पाइन्छ। त्यसो त प्रत्येक वेदले र पुराणले कुनै न कुनै आराध्य देवको अभ्यर्थना गरेको छ  र पनि आफ्नो समयका सबैभन्दा प्रभावशाली व्यक्तित्वका रूपमा प्रतिष्ठित वसुदेव—देवकी पुत्र वासुदेव श्रीकृष्णलाई समसामयिक समाजसँग तुलना गर्दै अद्‌भूत प्रतिभाका धनी र सर्वव्यापी ईश्वरका सोह्रैकलाको …

0 comment
0 FacebookTwitterEmail

गीता एक—प्रतिध्वनि अनेक—३

महाभारतमा युद्धको कथा र चर्चामात्र रहेकाले महाभारत भनेपछि युद्ध,  झगडा,  विवाद र मारकाट भन्ने मात्र बुझिन थालेको हो। तर महाभारत भन्ने ग्रन्थमा नै श्रीमद्‌भगवतगीताको भाग पनि रहेको छ जसले युद्धभन्दा पनि दैनन्दिनी जीवनका लागि कर्मयोगका बारेमा बहसको थालनी गरेको छ।

गीतामा वेदको सारांश छ,  उपनिषद्को गुदी समेटिएको छ,  कर्मको आधार देखाइएको छ, भक्तिमार्गको डोरेटो पहिचान गरिएको छ र योगलाई नयाँ तरिकाले परिभाषित गर्दै योगसँग जीवनको तादात्म्यता स्पष्ट पारिएको छ। योग भनेको जोड हो र योगले जीवन तथा जगतसँग कसरी तादात्म्यता राख्न सक्छ भनेर योगलाई कर्म,  भक्तिसँग जोड्दै कर्म गर्ने तर फलको आशा नगर्ने योगाभ्यास गर्नका लागि प्रेरित …

0 comment
0 FacebookTwitterEmail

गीता एक-प्रतिध्वनि अनेक -२

गीतालाई किन रहस्यमय ग्रन्थ मानिएको हो ? यसको कारण के होला ? सायद कसैले पनि यही हो भनेर भन्न सक्ने अवस्था देखिएन। प्रत्येक अध्येताले, प्रत्येक वाचकले, प्रत्येक विश्लेषकले र प्रत्येक संश्लेषकले फरक फरक तरिकाले गीतालाई अर्थ्याउने गरेको पाइन्छ। स्वयं यसका रचयिता व्यासले पनि गीताको सुगीत गाई सकेपछि, अर्जुनलाई विश्वरुप देखाएर संसार आफूभित्रै समाहित भएको विराटता प्रदर्शन गरिसकेपछि, गीताका बारेमा भीष्मपर्वको ४३औँ अध्यायको सुरुमै ( ४२ अध्यायसम्ममा १८ अध्याय गीताको वाचन भएपछि) कथा वाचक ऋषि वैशम्पायनका मुखबाट महाराजा जन्मेजयलाई भनेको पाइन्छः

गीता सुगीता कर्तव्या किमन्यैः शास्त्रसंग्रहैः। या स्वयं पद्‌मनाभस्य मुखपद्‌मद् विनिःसृता।।

(अर्थ- जन्मेजय महाराज, अन्य धेरै शास्त्रहरूको …

0 comment
0 FacebookTwitterEmail

महाभारतका १८ पर्वमध्ये भीष्मपर्वमा संकलित महाभारत युद्धमा अर्जुनका सारथि बनेका भगवान् श्रीकृष्णले आफ्ना शिष्य महारथी अर्जुनको विषादको अन्त्य गरी फेरि युद्धमा फर्कन र कर्ममा फर्कनका लागि युद्धस्थलमा नै दिएको उपदेशलाई नै वेदव्यासले लिपिबद्ध गरेको भागलाई हामीले श्रीमद्भगवतगीता भनेका हौँ। त्यसैलाई हामीले सहज भाषामा गीता भनेका हौँ। गीताको अर्थ गीत हो। प्रशंसाको गीत हो। त्यसका कर्मको प्रशंसामा गीत गाइएको छ। जीवनमा कर्मयोगको प्रयोगका बारेमा उदाहरणस्वरूप बताइएको छ। जीवनको सूक्ष्मातिसूक्ष्म तरिकादेखि स्थूल स्वरूपको विराटस्वरूपको दर्शन गराइएको छ, प्रदर्शन गरिएको छ।

गीताको महत्व आफ्ना आफ्ना तरिकाले व्याख्या गरिँदै आइएको छ शताब्दियौँदेखि। कसैले यसलाई अनिश्वरवादी दर्शनका रूपमा लिएका छन् भने कसैले यसलाई ईश्वरवादको अनुपम …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved