Home » Archives for हरिविनोद अधिकारी
Author

हरिविनोद अधिकारी

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—३४

अम्बाले यति धेरै तप गरिन्,यति कडा तपस्या गरिन् कि शिवजी प्रसन्न भएर उनलाई वरदान दिनु भयो —तिमीले शन्तनुनन्दन भीष्मको वध गर्न सक्नेछ्यौँ । अनि ती राजकन्याले शंका व्यक्त गरिन्, म स्त्रीले कसरी हत्या गर्न सकूँला र ? अनि शिवजीले भन्नुभयो —मेरो वरदान खेर जाँदैन…..

देवाधिदेव शिवजीले वर दिने कुरा पनि यसरी विकसित भएको थियो कि महाबली भीष्म र भगवान परशुरामका बिचमा भएको युद्धमा जब भीष्मले अष्टवसुहरुबाट प्राप्त प्रस्वपास्त्र प्रयोग गर्न आँट्दा त्यसको प्रयोग गर्न भीष्मकी माता गङ्गा र परशुुरामका पिता जमदग्निले युद्ध अन्त गरी हारजितको विषयभन्दा जनतालाई दुःख नदिन दबाब दिएपछि भीष्मले जितेको मान्नु पर्ने …

0 comment
0 FacebookTwitterEmail

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—३३

गुरु चेलाका बिचमा विवाद यति बढ्यो कि दुवै युद्धका लागि तयार भए। परशुरामले युद्धको ललकार गरे र परशुरामका योग्य शिष्य देवब्रतले पनि गुरुले सिकाएको युद्धकला प्रयोग गर्नुपर्ने अवस्था आउँदा चुपचाप नबस्ने भनेर युद्धका लागि तयार भए। भयानक युद्ध भयो …..

यहाँ अन्याय र न्यायको पक्ष र विपक्षको प्रश्न उठ्यो। राजर्षि होत्रवाहनको अनुरोधमा उनकी नातिनी अम्बाको रक्षाका लागि भगवान परशुराम तयार भए र आफ्नो प्रिय शिष्यसँग न्यायका लागि लड्न तयार भए। शान्तनुनन्दन देवब्रत पनि आफूले कुनै अन्याय नगरेकाले गुरु परशुरामसँग पनि लड्न तयार भए।

अम्बाले आफूले  शाल्वलाई वर मानेकाले जान्छु भन्नु अनि शाल्वले स्वीकार नगरेपछि आफ्नो …

0 comment
0 FacebookTwitterEmail

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी- ३२

जेठी राजकुमारी अम्बा पीडित भइन्-  न माइतीले स्वीकार गर्ने, न शाल्वले स्वीकार गर्ने, न हरण गर्ने पक्षले स्वीकार गर्ने। कता जाने ? कहाँ गएर जीवन यापन गर्ने ? अनि उनी गइन् भीष्म प्रतिज्ञ राजकुमारका गुरु परशुरामसँग अनुनय विनय गर्न र आफ्नो अधिकारको सुरक्षाका लागि। परशुरामले जब सुने कि यो अन्याय हस्तिनापुरको तर्फबाट भयो, झन त्यसमा पनि कहिल्यै विवाह नगर्ने भनेर प्रतिज्ञा गरेको ब्रह्मचर्याश्रममा बस्ने प्रण गरेको देवब्रतबाट। परशुरामको अत्यन्त अनुशासित शिष्य देवब्रत त उनले भनेको मान्ने भएकाले उनी सम्झाउन भनेर हस्तिनापुर आए र अम्बाले न्याय पाउने कुरामा वकालत गर्न थाले र भने- यो अबलामाथि …

0 comment
0 FacebookTwitterEmail

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—३१

सबैभन्दा रोचक विषय त बनेको थियो, विवाह नै नगर्ने भनेर राजगद्दी नै छोडेका भीष्मव्रती देवब्रत स्वयं स्वयंवरको एउटा कुर्सीमा धीर गम्भीर र सतर्कताका साथ दृढताका साथ धनु पक्रेर बसेका थिए। मानौ उनी स्वयंवरमा आएका होइनन् कि कुनै पूर्व निर्धारित मल्ल युद्धको अखाडामा आएका थिए या निर्धारित युद्धका लागि सतर्कताको स्थितिमा बसेका थिए ………..

सामान्यतः स्वयंवरका लागि वरमाला लिएर वधु नै हिँड्ने हो तर राजकुमारीहरू तीनजना नै एकैपटक स्वयंवरका लागि तयारीमा थिए। काशीराजका तीनओटा छोरीहरू अम्बा, अम्बिका र अम्बालिका तीनओटै विवाह योग्य भएकाले एउटै सभामा उनीहरूका लागि मन पर्ने योग्य वर छान्न पाउने सुविधा दिइएको थियो। …

0 comment
0 FacebookTwitterEmail

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी-३०

सत्यवती राजमाताको रुपमा खुसी हुने कि रोएर जीवन बिताउने भन्ने द्विविधामा राजमाताको पदवी टाउकोमा बाँधेर राजदरबारमा छटपटिएर बसेकी हुन्थिन्। यी सबै मनोविज्ञान बुझेर पनि सेनापतिका रुपमा, हस्तिनापुरका अभिभावक देवब्रत चुपचाप आफ्नो कर्तव्य पूरा गर्दैथिए र उनका लागि पनि ठुलो चुनौती थपिएको थियो, विवाह नहुँदै चित्राङ्गदको मृत्यु हुनु अनि विचित्रवीर्यको अपरिपक्वता अनि सानो उमेरको राजा। शत्रु राज्यहरू जमजमाएका थिए यही बेला हो भारतमा आक्रमण गर्ने र आफ्नो वर्चस्व फिर्ता गर्ने……….

तर डर त थियो त्यही कुरु शिरोमणि देवब्रतको जसले भीष्म प्रतिज्ञा गरेर ब्रह्मचर्याश्रम नै अपनाउने बाचा गरेका थिए। उनी कुनै पनि हालतका विवाह गर्ने सुरमा थिएनन् …

0 comment
0 FacebookTwitterEmail

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी —२९

महाराजलाई जब त्यही डुङ्गामा बहाना लिएर वारपार गराउने केटी नै चाहिने भए पछि भने महाराजलाई एउटा समस्या नैतिकरुपमा टड्कारो देखियो—युवराजको बिहे गरेर कुरुवंशको अविच्छिन्न वंशतन्तु वृद्धि गर्नु पर्ने बेलामा महाराज स्वयं विवाहको लागि आतुर हुनुले नयाँ समस्या देखिएकै थियो तर त्यो समस्याको समाधान भने युवराज देवब्रतले मात्र गर्नसक्थे। विवाह योग्य छोरो भएको ठाउँमा बाबुले नै छोरालाई केटी नै नखोजी आफैं बिहे गर्न लागिपरेको कथाले महाभारतमा नयाँ रोचकता थपेको पाइन्छ। पिता शन्तनुको धीवर कन्याको एकमात्र दर्शनले विवाह नगरी नहुने बेला पनि आयो, तर अरुका आँखा भने युवराजको बिहेको लागि पर्खेर बसेका थिए। महाराजको विहेको ढिपीले …

0 comment
0 FacebookTwitterEmail

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—२८

सत्यवतीलाई यदि महाभारतको कथा या इतिहासबाट पन्छाउने हो भने सम्पूर्ण महाभारत ग्रन्थ निरस हुनेछ। महाभारतका सम्पूर्ण राजकीय जीवनमा देखिएका जीवनका परिभाषाहरू फरक फरक तरिकाले बुझाउने कोसिस भएको छ। पारम्परिकरुपमा  खेलिने नयाँ नयाँ खेलहरूमा र  समयले खेल्ने नयाँ नयाँ नियतिको खेलका बारेमा बुझ्नका लागि सत्यवतीको जीवनलाई केलाएर हेर्दा नबुझिने छैन ……

करिब ६ दशकका राजासँग विवाह भएपछि मत्स्यगन्धा या योजनागन्धा सत्यवती भइन्। दरबारकी महारानी भइन्। दरबारमा रानी बनाएर ल्याउने भएपछि उनको नामाकरण सत्यवती भएको हुनुपर्छ। नत्र एउटा धीवरकी छोरी, त्यसमा पनि माछाको पेटबाट जीवित निस्किएकी, जसको नाम नै थिएन र उनको शरीरको गन्धका आधारमा नाम रह्यो …

0 comment
0 FacebookTwitterEmail

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—२७

तिनै सत्यवती महाभारतको जगमा गाडिएकी पत्थर जस्तै भएर हस्तिनापुरको भविष्यप्रति चिन्तित रहेकी राजमाताको रुपमा देखिन्छिन्। उनकै गर्भबाट पछि हस्तिनापुरका उत्तराधिकारीहरू जन्मेका हुन् चित्राङ्गद र विचित्रवीर्य नामका दुई राजकुमारहरू। पछि तिनै दुई राजकुमारहरू क्रमशः हस्तिनापुरका राजा भए जुन सर्त दाशराजले महाराज शन्तनुसँग राखेका थिए ………

अधिकार र कर्तव्यका बारेमा सधैँ बहस हुने गरेको छ —अधिकारले कर्तव्यलाई बलियो बनाउँछ कि कर्तव्य परायणताले अधिकारको संरक्षण गरेको हुन्छ? अधिकारले कर्तव्यलाई पथ प्रदर्शन गर्छ कि कर्तव्यले अधिकारको बाटो फराकिलो बनाउँछ? यो समस्या रामायणमा पनि देखाइएको छ र कर्तव्य परायणताले अधिकारलाई जितेको छ। अधिकार गौण बनाइएको छ। कर्तव्य परायणताले मात्र दशरथ …

0 comment
0 FacebookTwitterEmail

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—२६

महाराज शन्तनुको द्विविधा यस्तो थियो कि भर्खरै फिर्ता भएको छोरो युवराज देवब्रतको विवाह गर्ने बेलामा आफू कसरी दाशराजकी छोरी चाहन्छु भन्नु?  तर सदैव आफ्नी पहिलेकी रानीको चाहना गरे पनि ती श्रापित तर मुक्त भएकी गङ्गा फर्केर दरबारमा आउनेवाली थिइनन्। उनी आफ्नो सांसारिक सन्तान देवब्रतको भने चिन्ता लिन्थिन् ……..

आखिर आमाको मन न हो। अरु अप्सराभन्दा गङ्गाको अवस्था फरक देखिन्छ किनभने जबजब देवब्रत अर्थात् भीष्म पितामहलाई कठोर निर्णय लिनु पर्ने हुन्थ्यो या द्विविधाजनक अवस्था आउँथ्यो, उनले तत्कालै आमा गङ्गालाई सम्झन्थे र उनी उनको जेहेनमा तत्काल आउँथिन्। त्यसो त उनको सर्त नै थियो, आठौँ सन्तानलाई राजकीय कार्यको …

0 comment
0 FacebookTwitterEmail

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—२५

बादल या हुस्सूको बाक्लो पर्दाले कसैले पनि देखेनन्, ऋषिले आफ्नो तपस्याको बलले उनमा झन राम्री झन राम्री हुने आशीर्वाद दिए र चारकोशसम्मको माछाको गन्ध अब अत्तरको जस्तो बास्ना आउने बनाए। अचानक समागम भयो, बच्चा जन्मियो, झन राम्री भएर देखिई, शरीरमा माछाको गन्धको साटो अत्तरको बास्ना पो आउन थाल्यो।

वास्तवमा यो कुराको वर्णन गर्ने व्यक्ति तिनै योजनागन्धाका छोरा हुन् जो नदीको छेउमा रहेको टापुमा जन्मेका थिए, द्वीपमा जन्मेका थिए कृष्णवर्णका वयस्क ऋषिपुत्र जसलाई पराशर पुत्र भएकाले पाराशर कृष्ण भनियो र पछि उनले वेदको विन्यास गरेपछि वेदव्यास भनिएको हो। व्यासले पटक्कै ढाँटेका छैनन्। आफ्नी आमाका बारेमा पनि …

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved