शेरबहादुर देउवा, नेपाली कांग्रेसका बहालवाला सभापति एवं देशको वर्तमान प्रधानमन्त्री। जन्म–वि.सं. २००३। उमेर–७६। २०४८ सालयताका २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा भएका सबै निर्वाचनमा अपराजित एक मात्र व्यक्ति। डडेलधुराबाट सातौं पटक प्रतिनिधि सभामा प्रवेश। पाँचौं पटक देशको प्रधानमन्त्री।
कांग्रेसमा लगातार दुई कार्यकाल सभापति। कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको दोस्रो अध्यक्ष। बीपी कोइरालाको सान्निध्य पाएका। गिरिजाप्रसाद कोइरालाबाट राजनीतिक दीक्षा र कृष्णप्रसाद भट्टराईको राजनीतिक विरासत प्राप्त। ‘प्रजातन्त्र दरबारलाई बुझाएको’ आरोप तर राजा ज्ञानेन्द्रबाटै दुई/दुई पटक सत्ताच्युत। शाहीसत्ताबाट भ्रष्टाचारको आरोपमा जेलजीवन।
नेपालको संसदीय व्यवस्थामा निकै आलोचित ‘सुरा–सुन्दरी, पजेरो काण्ड’, भीमकाय मन्त्रिमण्डल गठन तथा माओवादी सशस्त्र हिंसाको शुरुवात उनको कार्यकालसँग …
राजन कुईंकेल
नेता–कार्यकर्ताबाहेक आमजनतालाई नछोएझै देखिएको हालै सम्पन्न निर्वाचनको परिणामले परम्परागत नेपाली राजनीतिमा बदलावको जबरजस्त झट्का हानेको छ। २०४६ सालमा तीस वर्षे पञ्चायतलाई मिल्काएर बहुदलीय व्यवस्था पुनर्स्थापना गरेका नेपाली जनताले अर्को तीस वर्षपछि उस्तै सन्देशसहितको मतादेश दिएका हुन्।
प्रजातन्त्र पुनर्बहालीपछिको अर्को तीस वर्ष सत्ता राजनीतिमा हालिमुहाली गरिरहेका राजनीतिक दलहरूलाई सुध्रने कि सकिने सन्देश यो निर्वाचनले दिएको हो। लामो समयसम्म निरपेक्ष रहेर असन्तोष मात्र व्यक्त गरिरहेको युवा पुस्ता यस निर्वाचनमा आफैं मैदानमा उत्रियो र नसच्चिनेहरूलाई राम्रै शिक्षा दिन पनि सफल भयो। देशमा युवाले थालेको हस्तक्षेपमा बाध्यताले विदेशीभूमिमा बसिरहेका युवाहरूले घरमा रहेका बा–आमामार्फत् सघाए।
जसको पहिलो सन्देश हो– तीन महिनाअघि दल गठन गरेर राजनीतिमा …
देशैभरको मतदानको प्रवृत्ति र मतदाताको उत्साह हेर्दा मतदाताहरू पुराना र ठूला भनिएका संस्थापन पक्षीय दलहरूसँग रुष्ट भएको देखिन्छ। तीसौं वर्षदेखि राज्यसत्तामा हालिमुहाली गरिरहेका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र जस्ता दलहरूसँग उनीहरूको अनेकन गुनासा देखिए। मूलत: ती दलका नेतृत्वप्रति उनीहरूको मनभरिका गुनासा छन्।
नेपाली जनता स्वभावैले विद्रोही र प्रजातन्त्रप्रति लगाव राख्ने खालका भए पनि प्रजातन्त्रकै नाममा लामो समयदेखि पार्टी र राज्यसत्तामा राज गरिरहेका दलका नेतृत्व तहको रवैयाप्रति उनीहरूको आक्रोश छ। देशैभरका मतदाता विकल्पको खोजीमा छन् तर उपयुक्त रोजाइ फेला नपर्दा दोधारमा देखिन्छन्। ठूला दलप्रति आक्रोश छ तर नयाँ भनेर आएकाहरू प्रति भरोसा जनाउन सकेका छैनन्। यो यस …
मंसिर ४ गते देशभरका करिब एक करोड ८० लाख मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन्। गएको आमनिर्वाचन २०७४ सालमा भने एक करोड ५४ लाख २७ हजार मतदाता मताधिकारका लागि योग्य रहेपनि जम्मा एक करोड ५ लाख ८७ लाख अर्थात् ६८.६३ प्रतिशतले मात्र मताधिकार प्रयोग गरेका थिए। गत निर्वाचन र यस पटक तात्विक रुपमा दलहरू भिन्न ढंगले मैदानमा उत्रिएका छन्। पाँच वर्षअघि नेकपा एमालेको नेतृत्वमा कम्युनिष्ट गठबन्धन एकातिर उभिँदा अर्कातिर नेपाली कांग्रेस एक्लै मैदानमा होमिएको थियो भने मधेश केन्द्रित दलहरू पनि आपसमा समझदारीका साथ चुनावमा थिए।
तर यसपटक कम्युनिष्ट पार्टीहरू चोइटिएका छन् भने दुई अलग गठबन्धन चुनावी मैदानमा छन्। पदीय भागबन्डामा कुरा …