Home » Archives for केदार सुवेदी » Page 4
Author

केदार सुवेदी

झण्डै २७ अर्व रुपियाँको हिनामिना गर्न लागिएको तर ‘७० करोड काण्ड’ भनेर कुख्यात यो कमिशन काण्डमा अख्तियारको पनि मिलोमतो रहेको मानियो। जुनबेला यो अडियो सार्वजनिक भयो, मन्त्री बाँस्कोटाले राजीनामा दिए। त्यसै हप्ता मन्त्री बाँस्कोटालाई भ्रष्टाचारको कसुरमा अनुसन्धान गरी कारबाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीहरू परे। त्यसमा बाँस्कोटासँगै प्रधानमन्त्री, सञ्चार मन्त्रालयका सचिव र सेक्युरिटी प्रेसका कार्यकारी निर्देशक माथि पनि छानविन हुनुपर्ने माग भएको थियो। तर दुर्भाग्यको कुरा– अख्तियारले कुनै किसिमको अनुसन्धान नै गरेन।

मन्त्री बाँस्कोटाको त्यो कमिसनको बार्गेनिङ भ्रष्टाचार निवारण ऐन २०५९ को परिच्छेद २ को भ्रष्टाचार सम्बन्धी कसुर तथा सजाय शीर्षकको दफा ३ (१) अनुरूप भ्रष्टाचार रहेको …

0 comment
0 FacebookTwitterEmail

यो तीनवर्षको अवधिभित्र सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाको नै आफनो मन्त्रालयमातहत आवश्यक वस्तु खरिदमा उच्चस्तरको कमिसन मोहमा परेको अवस्था प्रकट भयो। तीन वर्षमा तीन खर्बको भ्रष्टाचारमध्ये बाँस्कोटाको भागमा मात्र आधा खर्ब परेको हिसाब आउँदो रहेछ। त्यसकरण पनि यो उपक्रमको पहिलो सूचीमा उनी पर्न गए। उनी आफैँले पनि भने ‘धेरै प्रस्ताव आए, आउनेजति सबै मान्ने हो भने त १० अर्ब जतिको आयो होला।

यी पात्र प्रधानमन्त्री ओलीका धेरै प्रिय थिए, ओलीले आफ्नै घरमा राखेका। उनले गरेको यस्तै कामका कारण उनले प्रधानमन्त्रीको नजिकबाट गुज्रने अवसर प्राप्त गरेको मान्थे मान्छेहरू त्यसबेला। त्यसले पनि ओलीले बाँस्कोटालाई अन्य मन्त्रीहरूभन्दा विशेष …

0 comment
0 FacebookTwitterEmail

१०६ किलोमिटरको झापा-सुनसरी खण्ड रेलमार्गको लागत ३५ अर्ब रूपैयाँ। प्रतिस्पर्धा सीमित गराउँदा राज्यलाई १२ अर्ब रुपैयाँ घाटा।अर्थात ‍सोझो बुझाइमा  १२ अर्ब रुपैयाँको भ्रष्टाचार।

यसमा जुन अभ्यास गरियो त्यसलाई ‍दोहराउने हो भने एकहजार किमि रेलमार्गको निर्माण गर्दा एक खर्ब रुपैयाँ ठेकेदारलाई अतिरिक्त फाइदा र राज्यलाई नोक्सान हुने भयो। त्यो तारतम्यमा रहेको थियो त्यो सरकार। सङ्केतहरूले त्यसै भन्छन्।
ठेक्का दिने तिनै, ठेक्का पाउने तिनै, कामको प्रकृति त्यही रहेको अवस्थाको यो चेन तोडिएन भने जुनसुकै सरकारका लागि जहिलेसुकै रेलवे निर्माणमा यो नयाँ मार्ग हुन सक्छ।
रेलवेको यो ठेक्का जसरी कुनै पूर्वाधार तयार नभै केवल मोविलाइजेशन फन्ड र सीमित प्रतिस्पर्धा हुँदा प्राप्त हुने अतिरिक्त …

0 comment
0 FacebookTwitterEmail

भ्रष्टाचार विरुद्ध प्रतिद्धता

एक: “इतिहास साक्षी छ, भ्रष्टचारको अन्त्य र सुशासन कायम गर्ने काम कम्युनिष्ट तथा बामपन्थीहरुको नेतृत्वमा मात्र सम्भव छ। राजनीतिक स्थायित्व, दीगो शान्ति र राष्ट्रिय सुरक्षा कायम गर्नकै लागि हामीले सवै कम्युनिष्ट पार्टी र लोकतन्त्रबादीहरुलाई एकताबद्ध गर्ने ऐतिहासिक कामको थालनी गरेका छौँ। हाम्रो यस सहकार्यबाट मात्रै राजनीतिक स्थायित्व सम्भव छ।”

दुई: “भ्रष्टाचार र अनियमित कार्यलाई कडाइका साथ नियन्त्रण गरिनेछ। भ्रष्टाचारविरुद्ध जनचेतना र सक्रियता अभियान सञ्चालन गरिनेछ। पारदर्शिता र जवाफदेही प्रणालीलाई सदृढ तुल्याइनेछ।”

–एमाले–माओवादीको संयुक्त घोषणा पत्र २०७४ कार्तिक

प्रधानमन्त्री नियुक्ति भएपछि भ्रष्टाचार विरुद्ध ओलीका बोली

एक: “म ‘च्यालेन्ज‘ गर्छु, कसैले मेरो नेतृत्वको सरकार भ्रष्टचारी हो भनेर औँला ठड्याउन …

0 comment
0 FacebookTwitterEmail
Older Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved