Home » Archives for केदार सुवेदी
Author

केदार सुवेदी

जुन बेला नेपालमा राज्यलाई ढाँटेको, फर्जी कागजपत्र मार्फत सरकारी सुविधा प्राप्तगरेको विषयमा छानविन गरेर कारबाही गर्नु पर्ने दायित्व भएका राज्यका सम्बन्धित निकाय अभियोगी बहावलाला नेपालका गृहमन्त्रीलाई जोगाउन लागि परेका बेलामा अमेरिकाका वहालवाला राष्ट्रपति भने यस्तै निकायबाट कारबाही भोगी रहेका थिए।

नेपालमा सुशासन कस्तो छ भन्ने सन्दर्भमा यो उदाहरण प्रस्तुत भएको हो। माघको पहिलो र दोस्रो हप्ता नेपालका वहालवाला उपप्रधान तथा गृहमन्त्री (रवि लामिछाने) माथि दुइवटा नागरिक र दुइवटा राहदानी प्रयोग गरेको आरोपले औपचारिक रुप पायो। तर यो कुराको पुष्टी छानविन गर्ने प्रमुख दायित्व भएको निकाय गृहमन्त्रालय मार्फत होइन। साधारण नागरिकको सूचनाले गृहमन्त्री आफैले आफुबाट यस्तो फर्जी काम भएको स्वीकार्न वाध्य …

0 comment
0 FacebookTwitterEmail

सार्वभौमसत्ता सम्पन जनताले चुनेको संसदको प्रमुख काम देशको विधान बनाउनु हो।  त्यसै कारण सांसदहरूलाई विधायक भनिन्छ। संसदको अर्को काम हो प्रधानमन्त्री बनाउने र हटाउने।

संविधानले यी दुइवटै काम गर्न संसदको कर्तव्य मानेको  र अधिकार दिएकोछ। संसदबाट  विधान अर्थात कानुन बनाउने र प्रधानमन्त्री नियुक्त गर्ने काममा संसदमा निहित रहेको सार्वभौमसत्ता यतिबेला  संसदसँग  छैन। पहिले यी कामका लागि संसद आफैमा स्वतन्त्र थियो तर केही पहिले राष्ट्रपतिबाट संसदको यो अधिकार अर्थात यसको सार्वभौमसत्ता अपहरणमा पर्‍यो। त्यस्तो अवस्था यथावत छ।

एक: संसदका दुइवटा सदनले विधिवत रुपमा दोस्रो  पटक पारित गरेर राष्ट्रपति समक्ष पठाइएको विधेयक त्यहाँबाट फिर्ता नभएको समय पाँचौं महिना भयो। यो १५ दिनभित्र …

0 comment
0 FacebookTwitterEmail

संसदको तेस्रो दलका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा संसदको ९९.२६ प्रतिशतको संख्याले विश्वासको मत पाए। बलियो प्रधानमन्त्रीका लागि यो ऐतिहासिक नै थियो। प्रधानमन्त्री जन्माउने र हटाउने संसदले नै हो।
प्रचण्डले प्रधानमन्त्रीमा यस्तो समर्थन पाउँदा यो सरकारको समर्थक मध्येको ठूलो घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जलन भयो। केपीबाट त्यस दिनको संसदमा नै भने ‘ढोसा थाप्ने’ र ‘जाल हाल्ने’ काम भयो।
यस अघि सरकार जसरी गठन भयो, प्रधानमन्त्रीले प्रधानमन्त्री बाहेक अरु केही गर्न नपाउने भए, त्यसले नै शासन कतै अन्यत्रबाट चल्ने हो कि भन्ने शंका जन्माएको थियो। सरकार र निकायहरूले पूर्णता पाउँदै जाँदा त्यस्तो देखियो।
मन्त्रीपरिषद् र संवैधानिक परिषद्

0 comment
0 FacebookTwitterEmail

निर्वाचनमा मतदातासमक्ष  कम्तीमा पन्ध्र वर्ष यताउता नहुने भनी प्रतिवद्धता जनाइएको पाँचदलीय गठवन्धन निर्वाचनको परिणाम आएर सरकार बनाउने क्रममा टुटयो। पन्ध्र वर्ष यताउता नहुने भनिएको गठवन्धन नेतृत्वको धोकाधडीका कारण परिणाम आएको (मंसिर ३०) दश दिन पनि टिेकेन।

गठवन्धको दोस्रो ठूलो दलका नेता  माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनावमा आफैले  प्रतिस्पर्धा गरिएको अर्को गठवन्धनको नेतृत्व गरेका एमाले अध्यक्ष केपीशर्मा ओलीको शिविरमा पुगे र उतै बाट प्रधानमन्त्री बने।

नेपाली कांग्रेसले यसलाई ठूलो राजनीतिक धोका भएको भन्यो। पुस १० देखि पुस २५ सम्म प्रचण्डबाट आफुलाई ठूलो धोका भएको भन्ने उसको भनाइ दोहोर्‍याइनै रह्यो। तर प्रधानमनत्रीमा नियुक्त भएका सत्रौं दिन पुस २६ मा तिनै प्रचण्डलाई …

0 comment
0 FacebookTwitterEmail

राजनीतिक दल र तिनका नेताले  देशको विकास निर्माणमा कसरी खेल्छन् भन्ने प्रत्यक्ष उदाहरण हो अहिले सम्मकै सबैभन्दा ठूलो जलविद्युत आयोजना बुढिगण्डकी। नेताहरूले – १२ सय मेगावाट क्षमताको बुढिगण्डकी बहुउद्धेश्यीय जलविद्युत् आयोजना समयमै सुरु गरेर र सम्पन्न हुन दिएका भए यसले मात्रै देशलाई वर्षको ६५ अर्ब आम्दानी दिन्थ्यो। २०६९ मा नै विस्तृत ‘डिजाइन‘ हुँदाको हिसाब हो यो।

तर विस्तृत अध्ययन सम्पन्न भएको दश वर्ष वित्न लाग्दा पनि दशकभरी यो आयोजना आफैले बनाउने कि विदेशीलाई दिने भन्ने नेतृत्त्वको मल्लयुद्ध र त्यसभित्र कमिशनको लोभमा परेर निर्माण थालनीको कुनै आकार समेत देखिन सकेको छैन। अघिल्लो ओली सरकारले एउटा चिनियाँ कम्पनीलाई जिम्मा लगाएको थियो। अहिलेको …

0 comment
0 FacebookTwitterEmail

महाभियोगको २१ बुँदे आरोपपत्रमा कतै पनि संसद् पुन:स्थापना फैसलाको चर्चा छैन। साथै निलम्बित प्रधान न्यायाधीशसँंग सोधिने भनी तयार पारिएका ४३ वटा प्रश्नमा पनि यसको उल्लेख छैन तर महाभियोगी निलम्बित प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले भने संसदीय समितिमा उनीसँग नसोधिएको त्यो फैसलाकै बारे लामोसमय बताइरहे। जसमा विपक्षी नेताको ‘अति स्तुति गान’ र सत्तापक्षको ‘अति उछितो काडिएको अवस्था बन्यो। यसले उनीलाई लागेको महाभियोग र त्यसमा प्रकटभएको भ्रष्टाचारको भारी गह्रौं हुँदै गएकाले बोकिदिने त्यतिकै ‘बलियो भरिया’ खोजिरहेका छन् भन्ने बुझाउँछ।
संसदीय सुनुवाई समितिमा सांसदका प्रश्न एकातिर र जबराका उत्तर अर्कातिर हुन गए। महमाभियोगको मूलआरोप भ्रष्टाचार हो। त्यसमा कतियप जानकारहरूले दिएका प्रमाणयुक्त विवरण थपिदै जाँदा …

महाभियोगमा भ्रष्टाचारको पोको: भारी बोकिदिने भरिया खोज्दै चोलेन्द्र
0 comment
0 FacebookTwitterEmail

कुल लागतको झण्डै चालीस प्रतिशत (छ अर्बमा दुई अर्ब) हुने गरी भ्रष्टाचारको योजना बनाउँदा सबैले प्रतिष्पर्धा नै हुन नपाउने तरिका अपनाए। त्यसबारे प्रश्न उठेर प्रष्टीकरण दिनुपर्दा कसैले विदेशी मुद्रा जोगाइदिएको बताए भने कसैले प्रुफमिस्टेक भएको भने। ‘मैले गम्भीर भएर सोचें– ७०० करोडको ठेक्कामा प्रतिष्पर्धा हुँदा र नहुँदा १५० देखि २०० करोडको क्षति हुनसक्ने अनुमानसहित देशप्रति गद्दारी गर्नुभन्दा मान्छे भएर बस्नु उचित ठानेंं’– एक सीईओ।
जसले जस्तो प्रष्टीकरण दिएपनि भ्रष्टाचारको चाहिँ यो स्तरोन्नति नै भएको हो। कुनै निकायको एउटा साधारण भवन निर्माण गर्दा लागत अनुमान बढाउने, ठेक्कामा मिलोमतो गरेर खुला प्रतिष्पर्धा हुन नदिने र छ अर्बको काममा सोझै दुई अर्बको भ्रष्टाचार …

भ्रष्टाचारको स्तरोन्नति ६ अर्बको काममा २ अर्बको चलखेल
0 comment
0 FacebookTwitterEmail

प्रतिनिधिसभाका एक तिहाइ सदस्यले प्रधानन्यायाधीशमाथि लगाएका २१ बुँदे महाभियोगमा करिव ३० अर्बको भ्रष्टाचारका योजना र घटना छुटेको देखिएको छ। त्यसमा भवन निर्माणमा २ अर्ब एनसेललाई कर छुट  २२ अर्ब र निर्णय सुनाउने मिति तोकेर दुई वर्षसम्म  निर्णय नसुनाइएको  घटनामा १ अर्बलगायतका एक दर्जन जति विषय पनि छुटेको छ।

निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध गएको फागुन १ मा  प्रतिनिधिसभामा दर्ता भएको महाअभियोग प्रस्तावमा  लगाइएका २१ बुँदाको आरोप माथि संसदीय समितिमा विधिवत छानबिन सुरुभएको छ। यो छानबिनबाट आएको प्रतिवेदन नै महाभियोग लाग्ने नलाग्ने निर्णायक हुनेछ।

संसदीय समितिले राणाका कर्तुतहरू जति बढी संकलन र छानबिन गर्न सक्यो त्यतिनै बढीमात्रामा यो महाभियोग अकाट्य बन्दै …

महाभियोगमा  नपरेका अर्बौँका भ्रष्टाचारः फुस्स हुने त होइन?
0 comment
0 FacebookTwitterEmail

अस्वाभाविक रूपमा करका दर हेरफेर भएको सङ्ख्या: ५५०

आयातित वस्तुमा ९० प्रतिशत छुट

स्वदेशी वस्तुका कच्चा पदार्थमा ३० प्रतिशत भन्सार

जग्गामा लागेको  हदबन्दी फुकुवा

अर्थमन्त्रीका आर्थिक ‘अपराध’ को छानबिन नगरी सुनपानी।

बजेट निर्माणका बेला अर्थ मन्त्रालयकै सबै व्यक्तिले प्रवेश नपाउने ठाउँ र समयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराई करका दर हेरफेर गराएको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रालय छाड्न राजीनामा दिएर पनि धर पाउनुभएन। एउटा अपुरो छानबिनका नाममा सत्तापक्ष र विपक्ष सबै मिलेर चोख्याइयो र राजीनामा दिएको पच्चिसौ दिनमा पुनः अर्थमन्त्रीमा नियुक्त गरियो। अब यो दिनदेखि यी अर्थमन्त्रीले कसको हितमा काम गर्लान् भन्ने गम्भीर प्रश्न उठेको छ

पछिल्लो हप्ता देशमा सर्वाधिक …

स्वार्थका लागि सत्ताधारी विपक्षी सबै मिले, अधुरो छानबिन गरेर चोख्याए जनार्दन शर्मालाई    
0 comment
0 FacebookTwitterEmail

सर्वोच्च अदालत राज्यका विकास निर्माणका कुनै परियोजना (भवन निर्माण आदि ) सञ्चालन गर्ने निकाय हो?  प्रधानन्यायाधीश त्यसको व्यवस्थापन ( लागत इस्टमेट तोक्ने, ठेक्कापट्टा लगाउने ) गर्ने सम्बन्धित विभागका आधिकारिक पदाधिकारी हुन्?

यी प्रश्न भ्रष्टाचारजन्य विषयको अनुसन्धान गर्ने र अदालतमा मुद्दा हाल्ने संवैधानिक निकाय  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  सर्वोच्च अदालतसमक्ष लिखित पत्र मार्फत सोधेका हुन। छ अर्ब हाराहारीको लागत इस्टमेट गराएर र कुनै एउटा व्यवसायीले मात्रै निर्माणको अवसर दिलाएर प्रधानन्यायाधीशको अग्रसरतामा दुई अर्बको हाराहारीमा भ्रष्टाचार हुनलागेको भनी परेको उजुरीमा अख्तियारले सर्वोच्चलाई यस्तो प्रश्न सोधेको हो।

यसको जवाफ झनै आपत्तिजनक छ। सर्वोच्च अदालत र त्यसका प्रधानन्यायाधीशलाई संविधानले केही विशेष अधिकार दिएको छ। …

चोलेन्द्र श्रीमान्‌को अर्को ‘चमत्कार’: आफूखुशी ठेक्कापट्टाः २ अर्बको चलखेल
0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved