मानवअधिकार विश्वका समस्त मानव जातिसँग सम्बन्धित कुरा भएकाले यो स्वत: विश्वव्यापी सरोकारको विषय बनेको हो । सबैको चासो रहेको यो विषय संवेदनशील छ । मानवअधिकार मानव भएर जन्मेपछि स्वत: प्राप्त हुने जन्मसिद्ध अधिकारको हो । लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘एप्लाइड बुद्धिज्म’ अन्तर्गत ‘बुद्धिस्ट एप्रोच टु ह्युमन राइट’ विषयमा विगत केही वर्षदेखि प्राध्यापन गर्दै आइरहेको छु । प्रत्येक वर्ष पढाउन थाल्दाका सुरुका दिनहरूमा विद्यार्थीहरू मानवअधिकारको अवधारणा पनि गौतम बुद्धबाटै सुरु भएको अनुमान गर्छन् । मेरो पुस्तक ‘बुद्ध र मानवअधिकार’ को गाता हेरेको वा शीर्षक मात्रै सुनेकाहरूमा पनि यही बुुझाइ रहेको पाइन्छ । बुद्ध र मानवअधिकार दुई बेग्लाबेग्लै विषय हुन् तर भिन्न पनि …
बसन्त महर्जन
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनीको भ्रमणमा आउने पर्यटकको संख्या ह्वात्तै बढ्ने नेपाली बुझाइले फेल खाएको छ। यो विमानस्थलको प्रयोजन लुम्बिनी आउने धार्मिक पर्यटकसँग मात्र सीमित त होइन तर यसको प्रमुख लक्ष्य भने धार्मिक पर्यटक नै रहेको पाइन्छ। यस अन्तर्राष्ट्रिय विमानस्थलका सम्बन्धमा भएका कागजात तथा विचारविमर्शहरूले यो कुराको पुष्टि गर्दछ। यसरी नै प्रचार गरिँदै आएको वर्षौवर्ष भइसक्यो पनि तर बौद्ध स्थलको भ्रमणमा आउने पर्यटकहरू मात्रै होइन, अन्यका लागि पनि यो विमानस्थल अपेक्षा गरिएजस्तो उपयोगमा आउन सकिरहेको छैन।
विमानस्थलको उद्घाटनका बेला दैनिक दशदेखि पन्ध्र वटासम्म उडान भर्ने अपेक्षा राखिएको थियो तर उद्घाटनको छ महिना बितिसक्दासमेत हप्तामा बल्ल एउटा उडान भरेर …
वर्तमान विश्वमा बौद्ध धर्म–दर्शन लोकप्रिय छ। आफ्नै प्रयासले सत्यको बोध गरी त्यही सत्यरूपी शिक्षालाई सर्वसुलभ गर्ने गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालभित्रै परेकाले नेपालीहरू उनीसँग भावनात्मक सम्बन्ध राख्न मन पराउँछन्। बुद्ध नेपालमा जन्मेको भनी गौरव गर्ने, मन परेको कुरा व्यक्त पनि गर्ने तर उनी र उनका शिक्षा वा धर्म–दर्शनबारे अनभिज्ञ हुनु एक खालको विरोधाभास हो। बौद्ध धर्म–दर्शनबाट विश्व लाभान्वित भइरहेको अवस्थामा आफू त्यसबारे अनभिज्ञ हुनु कतिपय नेपालीलाई निको लाग्दैन र अध्ययन तथा अभ्यास गर्नतिर लागेको पाइन्छ।
बौद्ध अध्ययन क्षेत्रमा भर्खरभर्खर मात्र प्रवेश गरेका होऊन् वा उचित मार्गदर्शन बिना नै लामो समयदेखि लागेका, धेरैले सामना गर्ने एउटा साझा समस्या हो, बौद्ध धर्म–दर्शन …
हिलो बाटोमा एक ऋषि लम्पसार परेर बुद्धलाई हिँड्न सहज बनाइरहेको दृश्य समेटिएको चित्रकला बौद्ध समाजमा निकै प्रचलित छ। यो चित्र देखेर कसैकसैको मनमा यस्तो कुरा खेल्न सक्छ, बुद्ध पनि कस्ता रहेछन्, कोही भक्त लम्पसार परे भनेर तिनैमाथि टेकेर हिड्न हुन्छ ?
कसैलाई यो पनि लाग्नसक्छ, उनी लुम्बिनीमा जन्मेका गौतम हुन्। उनका अगाडि लम्पसार पर्दै गरेका ऋषि कुनै अर्कै धर्मका हुन् र आफ्नो धर्म मन नपरेर बुद्धको शरणमा आएका हुन्। गौतम बुद्धको महिमा मण्डन र अन्य धर्मको मानमर्दन गर्नका लागि यो चित्रकलाको सिर्जना गरेको भन्ने पनि कसैकसैलाई लाग्छ सक्छ। बौद्ध धर्म दर्शनको आधारभूत ज्ञानसँग सम्बन्धित यो चित्रकलालाई नबुझी बौद्ध परम्पराको ज्ञान …
समाजका हरेक गतिविधि तथा चालचलनलाई हिजोआज लैंगिक दृष्टिबाट हेर्ने र लैगिक समानताको वकालत गर्ने सोचको विकास भएको छ। यो विस्तृत तवरले हेर्नुपर्ने विषयवस्तु हो। त्यसमा एउटा पक्ष छोरा र छोरीको भूमिका हो। कतिपय समाजमा आफैंले जन्माएको छोरीलाई कुनै खास महत्व नै दिइएको हुँदैन भने कतिपय समाजमा भूमिकाको मामिलामा विविधता पाइन्छ।
कुन समाजमा छोरीको भूमिका के कस्तो हुन्छ भन्ने अध्ययन समाजशास्त्रको महत्वपूर्ण विषय हो। यस लेखमा नेवार समाजमा छोरीको भूमिकामाथि केही संक्षिप्त चर्चा गरिन्छ, जसले विस्तृत अध्ययनका लागि ढोका खोल्नेछ। साथै, यसले नेवार समाज बुझ्न पनि सघाउने छ।
नेपाली समाजको बनावटबारे चर्चा गर्दा हामी प्राय: ब्राह्मण, क्षेत्री, तामाङ, मगर, गुरुङ, थारु, …
सत्यमोहन जोशीसँग अन्तर्वार्ता लिइरहेको थिएँ– उहाँकै घरको अध्ययन कक्षमा। यसैबीच हाम्रो सामु तात्तातो ‘योमरी’ आइपुग्यो– त्यो धान्यपूर्णिमाको दिन थियो।
यो पूर्णिमालाई नेवार समाजमा योमरीसँग जोडेर हेरिन्छ। यही भएर पूर्णिमाको नाम नै ‘योमरी पुन्हि’ रहेको हुनुपर्छ। वर्षको पहिलो धान बाली भिœयाई त्यही चामल पिँधेर तयार गरिने पिठोबाट विशेष प्रकारको योमरी बनाइ भकारीमा राखेर त्यसको पूजा गरिन्छ। यही अवसरमा घर घरमा पकाइने योमरी आफू मात्रै खाने गरिँदैन, अरुलाई पनि खुवाउने गरिन्छ।
तिहारताका देउसी र भैलो खेल्दा सेलरोटी मागे जस्तै यो दिन नेवारहरू योमरी कै गीत गाउँदै योमरी माग्न जाने चलन छ। नेवारहरूको साँस्कृतिक जीवनमा यसको विशेष स्थान रहेको छ।
अन्तर्वार्ता लिइराखेका बेला …
धामी झाँक्रीहरू ढ्वाङ्ग्रो ठोक्दै, नबुझिने भाषामा बर्बराउँदै आफ्नै तालमा नाचिरहेको देख्नुभयो र अगाडि बिरामी पनि छ भने बुझ्नुहोस् तिनीहरूले बिरामीको उपचार गर्ने प्रयत्न गरिरहेका छन्। यदि बिरामी छैन तर त्यस्तै गरी ढ्याङ्ग्रो ठोकेर केही गरिरहेका छन् भने चिन्ता बसेको पनि हुन सक्छ। केही समयअघि मोरङको बेलबारी ६ बोराबाँधस्थित स्कूलमा केही समय अघि स्कूलमा भूतप्रेत र आत्माले दु:ख दिएको भनेर लक्ष्मीमार्गबाट लगिएका धामी चिन्ता बसेको समाचार सार्वजनिक भएको थियो।
नियमित रूपमा गर्नुपर्ने काम गरेको भए त्यसलाई साधना भन्न सकिन्थ्यो तर त्यस्तो पनि होइन। यस्तै विविध घटना र धामीझाँक्रीको क्रियाकलापबारे बुझ्न उनीहरूसँग अन्तरंग हुनु आवश्यक थियो। २०६३ सालतिर यो पंक्तिकार रुकुम जिल्लाको …
नेपाली जनजीवनको धार्मिक तथा सांस्कृतिक क्षेत्रमा प्रचलित अनेकौं चाडपर्वमध्ये सर्वाधिक चर्चित र विवादास्पद पर्व दसैं हो भन्दा कतिपयलाई चित्त नबुुझ्न सक्छ। सामाजिक सद्भाव तथा पारिवारिक मिलनको रूपमा यसलाई लिन मनपराउनेहरूलाई विवादको कुरा चित्त नबुुझ्नु स्वाभाविक पनि हो तर नेपाली समाजलाई सरसरती मात्र हेर्दा पनि दसैंको बेला अनेकौं विरोधाभासहरू छचल्किने गरेको पाइन्छ। नेपाली समाज बुुझ्न यसतर्फ ध्यान दिनै पर्दछ– बेवास्ता गरेर उम्कनै सकिदैन।
कुनै बेला यसलाई राज्यले राष्ट्रिय स्तरमै ‘सम्पूर्ण नेपालीको महान पर्व’ भन्थ्यो तर जनजाति समुदायको एक तप्काले आफ्नो चाड नभएर र राज्यले जबर्जस्ती लादेको भन्दै बहिष्कारको अभियान थाल्यो। त्यसपछि भाष्य परिवर्तन गरेर ‘सम्पूर्ण हिन्दू धर्मावलम्बीको महान पर्व’ भन्न थाल्यो। …
काठमाडौंमा ‘हराएको टुकुचा भेटिएको’ भन्ने उदेक लाग्दो समाचारले ३० भदौ (२०७९) देखि झ्याली पिट्यो। हराएको कुरा खोजेर भेटिएको अर्थात् ‘डिस्कभरी’ नै भएजस्तो गरी प्रचारप्रसार गर्ने पारा र सर्वसाधारणमा देखिएको उत्साहलाई झट्ट हेर्दा हाम्रा सञ्चारमाध्यम मात्रै नभएर सबै क्षेत्र सम्पदाका मामिलामा निकै सचेत र अत्यन्तै जागरुक देखिए तर वास्तविकता यस्तो छैन। बरु यसले हामी प्राकृतिक तथा सांस्कृतिक सम्पदाका मामिलामा सामान्य ज्ञान पनि नराख्ने र उदासीन रहने गर्दा रहेछौं भन्ने जनाउँछ। काठमाडौं महानगरपालिकालाई पनि टुकुचाको बारेमा भर्खरै मात्र थाहा भएको कुरा होइन। अतिक्रमित ठाउँका संरचना हटाउन विगतका दिनमा पटक पटक सूचना जारी गर्ने तथा पुनर्निर्माणका लागि बजेट नै छुट्याउने काम नभएको होइन …
आर्थिक वर्ष २०७५/७६ को बजेट भाषणमा लिच्छविकालीन कैलासकूट भवनको सन्दर्भ पनि उल्लेख गरिएको थियो। जेठ १५ को उक्त भाषण वक्तव्यको बुँदा १२६ मा उल्लिखित यो कैलासकूट भवनसम्बन्धी अध्ययन अनुसन्धान गर्न मन्त्रालयले विज्ञहरूको एउटा कार्यटोली गठन गरी कार्य प्रारम्भ गर्न पुरातत्व विभागलाई जिम्मेवारी दिने निर्णय गर्यो। मन्त्रालयले गरेको निर्णय अनुसार विभागले ३० जेठमा विज्ञहरूलाई डाकेर छलफल पनि चलायो।
नेपालको लिच्छविकालीन इतिहासमा कैलासकूट भवनको खुबै चर्चा हुन्छ। राजा शिवदेव (शासनकाल ५९०–६०४) को शासनकालमा श्रीसामन्त (इ.सं. ५९४) का रूपमा देखा परेका अंशुवर्माले सोही वर्ष शक्ति सञ्चय गर्दै ‘श्रीमहासामन्त’ र पछि राजासँग मिलेर द्वैध शासन समेत चलाएका थिए। ती लिच्छवि राजा राजकाजबाट अवकाश लिई …