Home » Archives for बसन्त महर्जन » Page 2
Author

बसन्त महर्जन

स्थानीय नेवार समाजमा ‘यँया:’ नामबाट चिनिएको साँस्कृतिक पर्व इन्द्रजात्राले राज्य स्तरबाट ठूलै मान्यता पाएको छ। यो पर्व एक दिनमा सीमित छैन। यस पर्वका अवसरमा निकालिने जीवित देवी कुमारीको रथयात्राको एक झलकलाई नै इन्द्रजात्राको रूपमा बुझ्ने र बुझाउने ‘अचम्म लाग्दो अर्को जात्रा’ पनि देख्न पाइन्छ। यो ‘अचम्म लाग्दो अर्को जात्रा’ अनावश्यक त हो नै तर यसैलाई आवश्यक कुराको रूपमा लिइनु सांस्कृतिक ज्ञान नहुनु हो। अझ भनौं, ‘जसको बिहे उसैलाई हेर्न नदे’ भनेजस्तो क्रियाकलाप यति बेला हुन्छ।
यँया: नेवार समाजमा प्रचलित एक भव्य र रमाइलो पर्व हो। यस अवसरमा अनेक खालका सांस्कृतिक गतिविधिहरू बडो हर्षोउल्लासका साथ सम्पन्न हुन्छन्। एक समय धार्मिक तथा …

सांस्कृतिक अनभिज्ञताको प्रतीक यँया: (इन्द्रजात्रा)
0 comment
0 FacebookTwitterEmail

राजा वीरेन्द्र शाहले आफ्नो सम्बोधनमा ‘पछौटेपन’ शब्दलाई विशेष रूपमा प्रयोग गर्थे। धन नभएर हामी गरीब भएका होइनौं, हाम्रो प्रमुख समस्या ‘पछौटेपन’ हो भन्ने सन्दर्भमा यो शब्दको प्रयोग भएको पाइन्छ। यसको शब्दकोशीय अर्थ त उहिल्यै बुझिएको हो तर सिन्धुपाल्चोकको एउटा गाउँमा पुगेपछि अझ गहिरोसँग बोध भयो।

एउटा अनुसन्धानका लागि केही वर्षअघि सिन्धुपाल्चोक पुगेको समूहमा म पनि सहभागी थिएँ। अनुसन्धानको विषयवस्तु बेग्लै थियो तर जुन घरमा वास बसियो, त्यो घर नै पनि हाम्रा लागि अनुसन्धानको विषयवस्तु बन्यो। दुई तले ठूला दुई वटा घर सँगसँगै थियो। पूरै पाखा खेतीयोग्य जमीन, ठूलै बारी, भेडाबाख्रा पनि आठ दशवटा अनि गोठमा दुई वटा गाई पनि थिए। …

0 comment
0 FacebookTwitterEmail

नेपाली इतिहास, सभ्यता र समाज निर्माणमा पालि भाषाको कुनै सम्बन्ध नरहेको बुझाइ नेपालका थुप्रै अध्येताहरूमा पाइन्छ। संभवत: यही भएर अध्येताहरूको ध्यान यतातिर कहिल्यै गएको पाइएन। यो प्राचीन भारतमा बोलिने एक प्रमुख जनभाषा हो। गौतम बुद्ध (ईपू ५६३–४८३) ले यसै भाषालाई माध्यम भाषाको रूपमा उपयोग गरी उपदेश दिनुका साथै प्रारम्भिक बौद्ध साहित्यको लेखन पनि यही भाषामा गरेको देखिन्छ। कतिपय भाषाको विकासमा यसको पनि प्रभाव रहने संभावनालाई नकार्न सकिँदैन। अध्ययनका लागि यो महत्त्वपूण पाटो हो भन्ने कुरा बिर्सनु मनासिब हुँदैन।

मानव सभ्यताको इतिहासमा गौतम बुद्धको सन्दर्भ पौराणिक नभएर एउटा ऐतिहासिक पाटो भएको कुरामा असहमति जनाउने अवस्था छैन। यसैगरी उनको जन्मस्थल लुम्बिनी वर्तमान …

नेपाली समाजमा पालि भाषाको प्रभाव
0 comment
0 FacebookTwitterEmail

राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना भइसकेपछि पनि पुन: राजतन्त्र नै फर्काउन भइरहेको कसरतलाई नजरअन्दाज गर्न मिल्दैन। राजतन्त्रवादीहरूको एउटा जिकिर छ, धर्म, संस्कृति र परम्परा बचाउने हो भने राजतन्त्र नै चाहिन्छ। यसरी नै एक तप्काका हिन्दू धर्मावलम्बीहरू हिन्दू धर्मको संरक्षक राजा हुन्छन्, राजा विष्णुको अवतार हुन् र राजतन्त्र मासिएपछि हिन्दू धर्ममा खतरा आइपर्छ भन्ने मान्यता राख्छन्। नेपाललाई हिन्दू राज्य बनाउन चाहनेहरू पनि यसका लागि राजतन्त्र नै चाहिने मनसाय राख्छन्। मान्यता एक ठाउँमा छ तर तथ्यले ती मान्यताहरूको समर्थन गर्दैन। तथ्यमा आधारित विचार निर्माण भए मात्रै समाजलाई अगाडि बढाउन सक्छ।
विधानत: नेपाल हिन्दू राज्य भएको २०१९ सालदेखि हो, त्यो पनि गणतन्त्रको स्थापनासँगै …

पञ्चायतमा चोरिएका मूर्ति र नासिएको गुठी
0 comment
0 FacebookTwitterEmail

काठमाडौं उपत्यका र यससँग सम्बन्धित नेवार बौद्ध समाजमा साउन महिनातिर एउटा विशेष रौनक देखिन्छ। एक महिना लामो यो रौनक धार्मिक तथा सांस्कृतिक दृष्टिले निकै महत्वपूर्ण मानिन्छ। यो समाजमा यसलाई ‘गुंला पर्व’ वा ‘गुंला धर्म’ भनिन्छ।

श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्मको एक महिना नेपाल संवत्अनुसार दशौं महिना हो र यसलाई ‘गुंला’ भनिन्छ। ‘गुण’ वा ‘गुन’ शब्दको संक्षेपीकरण गरी महिनाको नामकरण गरेर गुंला (गुनमहिना) भनिएकोमा गलत हिज्जे प्रयोग हुँदा अर्थको अनर्थ हुने गरी बुझ्ने गरेको पनि पाइन्छ। स्वयम् नेवार भाषामा प्रकाशित हुने एउटै पुस्तक तथा पत्रपत्रिकामा पनि कहिले ‘गुंला’ त कहिले ‘गुँला’ शब्दको प्रयोग हुने गरेको पाइन्छ। शीरविन्दु र चन्द्रविन्दुको भेदमा …

काठमाडौं बौद्ध संस्कृतिको पर्यायः ‘गुंला पर्व’
0 comment
0 FacebookTwitterEmail

राष्ट्रपति विद्यादेवी भण्डारी जेठ १७ गते बाजुराको बडिमालिका जाने क्रममा सुर्खेत उपत्यका पुगी वीरेन्द्रनगर नगरपालिका–९ लाटिकोइलीस्थित काँक्रेविहारको अवलोकन गर्नपुग्नुभयो। आजभोलि यो एक पर्यटकीय स्थलको रूपमा विकसित र चर्चित भएको छ। पूर्व–पश्चिम लाम्चो परेको डाँडाको पश्चिमी थुम्कोमा छरपस्टिएका पुरातात्विक अवशेषहरू जम्मा गरेर मन्दिरको पुनर्निर्माण गरिएको छ। सर्वसाधारणदेखि बौद्धिक वर्ग पनि यो निर्माणकार्य भएबाट खुसी देखिन्छन् तर यसलाई पुरातत्वको दृष्टिकोणबाट पर्गेल्ने काम खासै भएको पाइएन। यो पुरातात्विक महत्वको क्षेत्र हो र यसलाई पुरातत्वको दृष्टिकोणबाट हेर्ने कुरामा चुक्नु धेरै कुरा गुमाउनु हो। यसतर्फ खासै चर्चा नहुनुले नेपालमा पुरातत्व विज्ञान कति उपेक्षित रहेछ भन्ने दर्शाउँछ। साथै, पुरातत्व विज्ञानका क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने वर्गले पनि …

काँक्रेविहारबाट सिक्नुपर्ने पाठ: यस्तो गल्ती अन्यत्र नगरौं
0 comment
0 FacebookTwitterEmail

काठमाडौं उपत्यकाको दक्षिण–पश्चिम मातातीर्थक्षेत्रको एउटा डाँडालाई पर्यटकीय स्थलको रूपमा विकास गर्ने योजनाअनुसार केही वर्षअघि काम अगाडि बढाउने क्रममा बुद्धको मूर्ति स्थापना गर्ने भनी चन्दा संकलन गर्न थालियो। कुनै पनि धार्मिक आस्थासँग खासै सरोकार नभएको उक्त समूहले बुद्ध मूर्ति राख्ने सोच बनाउनुको अन्तर्य बुद्धको मूर्ति राख्ने भन्यो भने निर्माण कार्यमा चन्दा उठाउन सजिलो हुन्छ भन्ने मनसाय मात्रै थियो। चन्दा उठायो पनि तर पछि बुद्धको मूर्ति नभएर महादेवको मूर्ति राख्ने सोच बन्यो। बुद्ध वा महादेवको मूर्ति के राख्ने भन्ने सवालमा तिनीहरू दुबै धर्म–दर्शनसँग खासै लगाब राख्नेहरू भने थिएनन्। बुद्ध वा महादेवमध्ये जसको मूर्ति राखे पनि केही फरक नपर्ने सोच राख्ने अर्को समूह …

धर्मको बर्काेमा पर्यटनकाे खेला
0 comment
0 FacebookTwitterEmail

पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एउटा विशाल मूर्ति बनेको छ, गौतम बुद्धको हाउभाउ वा आकृति दर्शाउने गरी। बनाइएको मूर्ति गौतम बुद्धकै हो तर बेढङ्गको। आजभोलि नेपालमा बुद्धको बेढङ्गका मूर्तिहरूको निर्माण गर्ने प्रवृत्ति देखिएको छ। एक समय सुन्दर र कलात्मक मूर्ति निर्माणमा कहलिएको नेपाली कला अहिले ह्रासोन्मुख छ। केही अघिबाट अर्को प्रवृत्ति पनि देखिएको छ– बुद्धले मूर्तिपूजाको विरोध गरेका थिए तर विश्वमा उनकै मूर्ति बढी बन्छ भन्ने पाण्डित्याइँ छाँट्ने। यिनीहरू यसो भन्न पनि बाँकी राख्दैनन्– बुद्धले ‘मेरो मूर्ति नबनाउनू, पूजा पनि नगर्नू। भगवान्‌को मात्रै मूर्ति बनाएर पूजा गर्ने हो, म भगवान् होइन’ भनेका थिए रे!

बुद्ध र भगवान् बारेको यो भनाइ सर्वथा गलत …

मिक्लाजुङमा बेढङ्गको मूर्ति: छैनन् बुद्ध बुद्धजस्ता
0 comment
0 FacebookTwitterEmail

विश्व सम्पदा सूचीमा रहेको काठमाडौं उपत्यकाका सातै सम्पदा स्थल अलि खुला केन्द्रको रूपमा रहेका छन्। सातमध्ये तीन मध्यकालीन ऐतिहासिक दरबार क्षेत्र भए पनि ती मन्दिर तथा कलाकृतिले भरिपूर्ण छन्। मानव बस्ती भित्रै रहेका यी सम्पदा स्थलमा एका बिहानैदेखि स्थानीय जनजीवनको चहलपहल सुरु हुन्छ र यो क्रम राति अबेरसम्म कायम रहन्छ। स्वदेशी तथा विदेशीहरूको घुमफिर तथा अध्येताहरूको अध्ययनले यी स्थलहरूको महत्ता दर्साउँछ। यी सम्पदा स्थलमा अनेक क्रियाकलाप भइरहेका हुन्छन् जसले सम्पदा क्षेत्रलाई जीवन्त राख्छन् तर कतिपय क्रियाकलाप अवाञ्छनीय हुन्छन्– तिनलाई रोक्नु अति आवश्यक छ।

पाटन दरबारक्षेत्रमा (२०७९ साल असार १४ गते मंगलबार) केही किशोरहरूको एउटा समूह पार्कर गर्न आए। दौडधुप गर्ने, …

सम्पदास्थल पार्कर खेल्ने ठाउँ होइन
0 comment
0 FacebookTwitterEmail

काठमाडौं महानगरपालिकाले फूटपाथमा पसल थापेर व्यवसाय गर्न नदिने भन्दै पसलहरू हटाउन थालेपछि मेयर बालेन्द्र शाहको खुबै आलोचना हुन थालेको छ। स्थानीय निकायको निर्वाचनअघि उनको देवत्वकरण गर्न हौसिनेहरू अहिले दानवीकरण गर्न तम्सिएका छन्। निर्वाचनका बेला कतिपयको नजरमा उनी कार्यकारी अधिकारप्राप्त राष्ट्रपति पदका उम्मेदवारजस्तै आश गरिएका व्यक्तित्व थिए। देश विकास हुन नसक्नाको सम्पूर्ण दोष राजनीतिक दल र त्यसका नेताहरू हुन् भन्ने भाष्य त्यो बेला तयार पारिएको थियो र बालेन्द्र शाहले जिते नेपालको कायापलट हुने बुझाइ बनेको वा बनाइएको थियो।

देशमा रोजगार नभएर वैदेशिक कामदार हुनुपरेको भन्दै विदेशबाटै उनको लबिङ गर्नेहरूको पनि कमी थिएन। आफ्नो गाउँ ठाउँको भन्दा काठमाडौं महानगरपालिकाकै चिन्ता थियो। स्थानीय …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved