निर्वाचनहरू आउँदै छन्, एक–एक गर्दै।संवत् २०७९ निर्वाचनमय हुनेछ।स्थानीय तहको निर्वाचन वैशाख ३० लाई तोकी सकिएको छ।प्रदेश र संघका चुनाव यसै वर्षभित्र सम्पन्न भइसक्नुपर्ने छ।मतदाता संख्या १ करोड २२ लाखबाट ह्वात्तै बढेर करिब १ करोड ७७ लाख पुगेको छ।थपिएका मतदातामा निश्चय नै अधिकांश, २०७४ सालपछि, यही चार वर्षबीचमा उमेर पुगेका तन्नेरीहरू पर्दछन्।तन्नेरीहरूबाट नेतृत्वमा पात्र परिवर्तन र कार्यप्रदर्शनको आशा धेरै गरिए पनि विगतका परिणाम हेर्दा त्यस्तो देखिएको छैन।
जनस्तरमा पुस्ता परिवर्तन भइसक्दा पनि परिवर्तित पुस्ताले नयाँ नेतृत्व ल्याउन नसक्नु विचारणीयमात्र होइन, गम्भीर चिन्ताको विषय हो।ऊर्जाशील जनशक्तिले नित्य सृजनको मार्ग अवलम्बन गर्नुपर्ने तर यो जनशक्ति अनिर्णय र गलत निर्णयको बन्दी बन्नु, निहित स्वार्थसिद्धिमा …
