देशभरिका ७५३ पालिकाहरूका पदाधिकारीहरूको चयन गर्न गत वैशाख ३० गते भएको निर्वाचनका परिणामहरू धमाधम आइरहेका छन्। अहिलेसम्म घोषित भइसकेका परिणामहरू र मतगणना भइरहेका ठाउँहरूमा विभिन्न दलहरूले लिइरहेको अग्रतालाई हेर्दा नेपाली जनता यस पटक गत निर्वाचनको भन्दा ठ्याक्कै फरक म्याण्डेट दिन चाहन्छन् भन्ने बुझिन्छ। जनताले व्यक्त गरेको परिवर्तनको यो चाहना देशैभरि प्रतिध्वनित भएको छ भन्ने कुरा मेची महाकाली सबैतिर त्यसका उमेदवारहरूको फजिती हुनुका साथै गत वर्षसम्म राज्यको ढुकुटी खेलाएर बसेको त्यस दलले अपरिमित परिमाणमा पैसा खन्याएको झापा जिल्लामा समेत त्यसको हालत त्यति राम्रो नदेखिनुले प्रमाणित गर्दछ। प्रधानमन्त्रीको विधायिका-क्षेत्रको नगरपालिका दमकमै पनि एमाले उमेदवारको जीत सुनिश्चित देखिँदैन।
नेपाली मतदाताहरूले यस साल एमालेविरुद्ध …
