शरीरमा जमेर रहेको अतिरिक्त बोसोलाई प्राकृतिक रूपमा काट्ने अद्भूत क्षमता पनि बेसारमा रहेको पाइएको छ। मोटोपन भएका व्यक्तिहरूले खानामा बेसारको नियमित सेवन गर्दा शरीरको अनावश्यक बोसो घटाएर शरीर सुडौल र सुन्दर बनाउँछ। यसले कोलेस्ट्रोल लेभल पनि नियन्त्रण गर्न सहयोग गर्दछ।
मसलाको रूपमा बेसार प्रायः सबैले खाएको हुनुपर्छ। बेसार अदुवाको ढाँचाको बोट हुने र जमिनमनि त्यस्तै छाँटले फल्ने कोट्याउँदा पहेंलो देखिने एक कन्द हो। यसको बोट नदेख्नेले पनि दाल तरकारीमा हाल्न राखिएको बेसारको धुलो त सबैले देखेकै हुन्छन्। सबैलाई यो कस्तो हुन्छ भन्ने थाहा छ तर यसको अदभूत औषधीय गुणको सत्यतथ्ययुक्त प्रमाणिक विवरण धेरैलाई थाहा नहुन सक्छ आज त्यही बेसार– प्रसङ्ग …
