समाजमा देखिने प्रवृत्ति र व्यवहार नै समाजले गर्ने संवादहरू हुन् । यसैबाट बालबालिकाले सिक्छन् । त्यसैले बालबालिका सुधारगृह पुग्नुभन्दा अघि उसँग संवाद गरिरहेको समाजलाई सुधार्नु जरुरी छ ।
—
पोखरा सराङकोटस्थित बालसुधारगृहमा (बाल कारागार) पुग्दा बालबिजाइँको मुद्दामा कैद भुक्तान गरिरहेका बालकहरू कोही क्यारोमबोर्ड खेल्दै, कोही टिभी हेर्दै, कोही कक्षामा पढ्दै त कोही बरण्डाबाटै देखिने फेवातालतिर आँखा डुलाइरहेको भेटिए।
सुधारगृहमा रहेका ९९ जना बालकहरू जबरजस्ती करणी, कर्तव्य ज्यान, लागु औषध, डाँका, चोरी, सवारी ज्यानलगायतका मुद्दामा कैद सजाय भोग्दैछन्।
१८ वर्षभन्दा मुनिका बालबालिका जोे बालबिजाइँमा संलग्न भए उनीहरूको बानी बेहोरामा सुधार ल्याउन, उनीहरूको शिक्षालाई निरन्तरता दिन, स्वास्थ्यमा ख्याल राख्न र वयस्कको कारागारभन्दा …
