Home » Archives for May 2024 » Page 12
Monthly Archives

२०८१ जेष्ठ २, बुधबार ०८:३०

कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ। सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरियाका राजदूत तेयोङ पार्क र अर्थसचिव मधुकुमार मरासिनीले मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गर्नुभयो।

कोरियाली अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका)मार्फत उक्त रकम पोखरा महानगरपालिकालाई प्रदान गरिनेछ। महानगरपालिकासँगको सहकार्यमा फोहरमैला व्यवस्थापनका माध्यमबाट हरित रोजगारी सिर्जना गरिनेछ। हरित रोजगारी परियोजना राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)मार्फत सञ्चालन हुनेछ।

त्यस अवसरमा अर्थसचिव मरासिनीले नेपालको सामाजिक–आर्थिक विकासमा कोरियाबाट निरन्तर सहयोग प्राप्त भएकामा कृतज्ञता व्यक्त गर्नुभयो।

राजदूत पार्कले परियोजनाका माध्यमबाट नेपालको आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष …

0 comment
0 FacebookTwitterEmail

राष्ट्रपति रामचन्द्र पौडेलले १ जेठमा सङ्घीय संसद्को संयुक्त बैठकमा नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ। नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राख्दै सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको पुनरुत्थान, आन्तरिक उत्पादन वृद्धि तथा रोजगारी सिर्जनामा जोड दिएको छ। तर यथार्थमा यो पुराना कार्यक्रमलाई नयाँ शब्दजालमा प्रस्तुत गरिएको विपक्षीको आरोप छ।

(राष्ट्रपति पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको पूर्णपाठः)

प्रतिनिधि सभाका सम्माननीय सभामुख,

राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष,

सङ्घीय संसद्का माननीय सदस्यहरू,

१)सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिको हैसियतले सम्मानित सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा मलाई …

0 comment
0 FacebookTwitterEmail

सर्वोच्च अदालतमा १ जेठ देखि अनलाइनमार्फत मुद्दा दर्ता र पेसीको सूचना स्वचालितरुपमा पठाउने प्रणालीको शुभारम्भ भएको छ। प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले आज उक्त सेवाको शुभारम्भ गर्दै अनलाइनबाट मुद्दा दर्ता गर्न पाउँदा दुरदराजका मानिसलाई सहज, सरल र सुविधा हुने विश्वास व्यक्त गर्नुभयो।

सर्वोच्च अदालतको सूचना प्रविधि शाखाले तयार गरेको अनलाइनबाट मुद्दा दर्ता प्रणालीको बिस्तारै उच्च र जिल्ला अदालतमा पनि लागू गर्ने तयारी रहेको उल्लेख गर्दैै प्रधानन्यायाधीश श्रेष्ठले यो उपलब्धिलाई सफल पार्नका लागि सबैले सहयोग गर्न आग्रह गर्नुभयो।

“सूचना प्रविधिले हामीलाई पारदर्शी बनाउँछ, सर्वसाधारण र दुरदराजका मानिसलाई न्यायमा पहुँचमा पुर्‍याउन यो प्रविधिको प्रयोग गरिएको हो”, उहाँले भन्नुभयो, “अनलाइनमा अब सबै रिट तथा मुद्दा …

0 comment
0 FacebookTwitterEmail

झापाको डिभिजन वन कार्यालयका दुई वटा कोठामा रक्तचन्दन थन्किएको सत्र वर्ष भयो। विसं २०६३ र २०६४ मा भारतबाट तस्करी हुँदै टाघनडुब्बालगायतका सीमावर्ती क्षेत्रबाट  बरामद भएका १९ हजार आठ सय ३२ केजी रक्तचन्दन त्यसयता  यहाँस्थित वन कार्यालयमा थन्किएका छन्।

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले भण्डारणमा रहेको रक्तचन्दनलाई चौबिसैघण्टा पहरा दिएर सुरक्षित राखिएको बताउनुभयो। “खुला ठाउँमा राख्दा हराउने जोखिम रहने भएकाले कार्यालयको कोठामै भण्डारण गरिएको रहेछ”, उहाँले भन्नुभयो, “पालोपालो गरेर कोठा बाहिर वन रक्षकले अटुट पहरा दिइरहेका छन्।” रक्तचन्दन भारतबाट तस्करी गरेर चीन लैजाने क्रममा विभिन्न जिल्लामा बरामद भएको थियो।

काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, सप्तरी, सर्लाही, नवलपरासी, कपिलवस्तु, रुपन्देहीलगायत २० …

0 comment
0 FacebookTwitterEmail

जलदेवताका रुपमा पुजिने तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूलमा रहेका माछा मरेका छन्। मन्दिर परिसरमा रहेको पोखरीमा अवस्थित हजारौँ माछा सोमबार एकैसाथ मरेका छन्। मंगलबार पनि पोखरीमा रहेका माछा मर्ने क्रम रोकिएको थिएन।

आँधीमूल धार्मिक तथा पर्यटकीय व्यवस्थापन समितिका अध्यक्ष हिमाल थापाका अनुसार के कारणले माछा मरेका हुन् भन्ने खुलेको छैन। उहाँले भन्नुभयो, “मन्दिर परिसरमा अवस्थित पोखरीमा खेल्ने माछा यहाँको मुख्य आकर्षण हो, एकैपटक थुप्रै माछा मरेका छन्, कसरी माछा मरेको हो हामी अचम्मित भएका छौँ।”

आँधीमूलमा मरेका माछा र पोखरीको पानी परीक्षणका लागि मत्स्य विकास केन्द्र पोखरामा नमूना पठाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख राजेश चौधरीले जानकारी दिनुभयो। …

0 comment
0 FacebookTwitterEmail
नेपालको प्राचीन तथा मध्यकालीन इतिहासबारे गहिरो अध्ययन-अनुसन्धान गरेका श्रद्धेय इतिहासकार ज्ञानमणि नेपालको ९२ वर्षको उमेरमा मङ्गलवार  निधन भएको छ ।

उहाँले,  इतिहासका अनुसन्धाता प्रा. नयराज पन्तको संयोजनमा चलेको ‘इतिहास संशोधन मण्डल’ मा आबद्ध रही नेपालको ऐतिहासिक तथ्य र इतिहास लेखनमा दूरगामी महत्त्वको अद्वितीय योगदान पुर्‍याउनु भएको छ। इतिहासका विविध विषयमा उहाँले लेखेका अनुसन्धानपूर्ण पुस्तक तथा अनेकौँ लेख-रचनाहरू प्रकाशित छन् ।

लामो समयदेखि मुटुको रोगलगायत समस्या झेल्दै आएका नेपालको मनमोहन कार्डिओभास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार चलिरहेको थियो ।गत शुक्रवार उहाँलाई सिभिल अस्पतालबाट गङ्गालाल हुँदै मनमोहनमा भर्ना गरिएको थियो ।

नेपालले एक उच्च कोटिको प्राज्ञ गुमाएकोले गम्भीर क्षति भोग्नुपरेको छ । स्वतन्त्र

0 comment
0 FacebookTwitterEmail
चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट खर्च ६० प्रतिशत हाराहारी देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्ममा वार्षिक विनियोजनको ६० दशमलव ३५ प्रतिशत अर्थात् रु १० खर्ब ५६ अर्ब ८९ लाख २४ हजार बराबर खर्च भएको जनाएको छ ।  सरकारले चालु आर्थिक वर्षका लागि रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो ।

वैशाख मसान्तसम्ममा चालुगततर्फ वार्षिक विनियोजनको ६५ दशमलव ९१ प्रतिशत खर्च भएको छ । चालु शीर्षकमा रु ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर वार्षिक विनियोजन भएकोमा हालसम्म रु सात खर्ब ५२ अर्ब ५५ करोड ७३

0 comment
0 FacebookTwitterEmail

भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति आएको विशाल आँधीबेहरी र वर्षाका कारण कम्तिमा १४ जनाको मृत्यु हुनुका साथै करिब ७५ जना घाइते भएका छन् ।

आँधीबेहरी र वर्षाका कारण ठूलो विज्ञापन बोर्ड खस्दा उक्त घटना घटेको नागरिक एजेन्सीका अधिकारीले फोनमा पुष्टि गरेका छन् । उक्त घटना देशको आर्थिक राजधानी मुम्बईको घाटकोपर क्षेत्रमा भएको हो । सामाजिक सञ्जालमा साभार गरिएका श्रव्यदृश्य सामग्रीहरूमा हावाहुरीबाट बच्न ठूलो विज्ञापन बोेर्डको मुनि धेरै कार तथा अन्य सवारी साधनहरूमा मानिसहरु आश्रय लिएरहेका देखाइएको छ ।

इन्धन स्टेसनको छेउमा जडान गरिएको उक्त विज्ञापन बोर्ड तीव्र गतिको हावाहुरीका कारण क्षतिग्रस्त भइ खसेको थियोे । पीडितहरू आँधी र वर्षाको …

0 comment
0 FacebookTwitterEmail

कैलालीको चुरे गाउँपालिका–५ लिसवेली गाउँका किसान नजिकको मुहानबाट ल्याएको पानी पोखरीमा सङ्कलन गरेर खेतीपातीमा जुटेका छन् । हिउँदेबालीका लागि उनीहरूले निजी तथा सामुदायिक पोखरीबाट खेतबारी सिँचाइ गर्दै आएका छन् ।

लिसवेली गाउँका सबै किसान अन्नबालीभन्दा सागसब्जीको अधिक खेती गर्छन् । गोलभेँडा, खुर्सानी, बन्दाकोभी, काउली, आलु, प्याज, लसुन, धनियाँलगायत तरकारी बाली लगाउने गर्छन् । यहाँका १२ किसान परिवारले सामूहिक र व्यक्तिगत रूपमा बनाइएका पोखरीमा सङ्कलन भएको पानीबाटै प्रशस्त आम्दानी गर्दै आएका किसान खेमराज सापकोटाले राससलाई बताउनुभयो । उनीहरूले बारीमा पानी लगाउने समयसारिणी पनि बनाएका छन् ।

“खेतीका लागि पानीको समस्या भएकाले पोखरीमा मुहानको पानी सङ्कलन गरिरहेका छौँ, पोखरीको पानीको किफायती प्रयोगमा …

0 comment
0 FacebookTwitterEmail

नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर वर्ल्डलिङ्क कम्युनिकेसनले प्रालिले विभिन्न समयमा दर्ता गरेका आठ वटा मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतले आइतबार रिट खारेजको फैसला गर्‍यो ।

दूरसञ्चार नियमावली, २०५४ को व्यवस्थाअनुसार दूरसञ्चार सेवा प्रदायकहरुले प्रत्येक आर्थिक वर्षको कूल आम्दानीको चार प्रतिशत रोयल्टी र दुई प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) वापतको रकम सरकारलाई दाखिला गर्ने विषयमा नियामक दूरसञ्चार प्राधिकरण र सेवा प्रदायकहरुबीच करिब १२ वर्षदेखि विवाद कायम थियो ।

सर्वोच्चको आइतबारको फैसलापछि उक्त विवादको निरुपण भएको छ । सर्वोच्च अदालतका न्यायाधशिद्वय हरिप्रसाद फुयाल र डा नहकुल सुवेदीको संयुक्त इजलासले सरकार र दूरसञ्चार प्राधिकरणको पक्षमा फैसला गर्दै वर्ल्डलिङ्क कम्युनिकेसनले दायर गरेका आठ …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved