Home » Archives for May 2024 » Page 13
Monthly Archives

२०८१ वैशाख ३१, सोमबार ०८:५०

चितवनमा ५२ विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरिएको छ । ‘सपना भिलेज सोसल इम्प्याक्ट’ले स्थानीय सरकारसँग सहकार्य गरी उनीहरुका लागि घर निर्माण गरिदिएको हो ।

‘विपन्नलाई सपनाको घर’ कार्यक्रमअन्तर्गत घर बनाउनै नसक्ने आर्थिक अवस्था कमजोर भएका परिवारको पहिचान गरी सुरक्षित आवास निर्माण गरिएको सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले बताए । उनका अनुसार रत्ननगर, खैरहनी र राप्तीमा घर निर्माण गरिएको हो ।

रत्ननगर–७ राउत टोलमा चार घर निर्माण गरी आइतबार चार परिवारलाई हस्तान्तरण गरिएको अध्यक्ष गिरीले बताए । वडा कार्यालय र सपना भिलेजको संयुक्त लगानीमा घर निर्माण गरिएको हो ।

झुप्रोमा बस्दै आएका सुदमिया राउत, केसिया महतो, इतोरिया महतो र …

0 comment
0 FacebookTwitterEmail

संयुक्त राष्ट्र सङ्घको महासभाले गत शुक्रवार भएको मतदानमा ठुलो मतान्तरले प्यालेस्टाइनलाई नयाँ र विशेष अधिकारहरू प्रदान गर्न प्रस्ताव पारित गरेको छ। यसका साथै राष्ट्रसङ्घको सभाले प्यालेस्टाइनलाई १९४ औँ सदस्य बनाउन सुरक्षा परिषद‌्लाई आह्वान पनि गरेको छ।

संयुक्त राष्ट्र सङ्घको सभाले अरब र प्यालेस्टानीको प्रस्तावलाई १४३ मतसहित पारित गरेको हो । यस प्रस्तावको विपक्षमा ९ परेको थियो भने २५ सदस्य राष्ट्र अनुपस्थिति रहे। अमेरिका, इजरायल, अर्जेन्टिना, चेक रिपब्लिक, हँगेरी, माइक्रोनेसिया, नाउरु, पलाउ र पापुवा न्युगिनीले यसको विपक्षमा मतदान गरे।

यस मतदानले संयुक्त राष्ट्रसङ्घमा प्यालेस्टाइनको पूर्ण सदस्यताको लागि व्यापक विश्वव्यापी समर्थनलाई प्रतिबिम्बित गरेको छ। धेरै सदस्य राष्ट्रहरूले युद्धका कारण गाँजामा बढ्दो मृत्युबारेमा …

0 comment
0 FacebookTwitterEmail

कोलकाता नाइट राइडर्स भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ ।

यो सिजन उत्कृष्ट लयमा रहेको कोलकाताले शनिबार राति वर्षाले प्रभावित खेलमा मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गर्दै प्लेअफमा पुगेको हो । इडेन गार्डेनमा भएको खेलमा कोलकाताले मुम्बई इन्डियन्सविरुद्ध जीत निकाल्दै प्ले अफको स्थान सुरक्षित गरेको हो ।

कोलकाताले १२ खेल खेल्दा ९ खेलमा जितका साथ १८ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सको ११ खेलबाट १६ अंक रहेको छ । पराजित भएको मुम्बई भने पहिला नै प्लेअफ होडबाट बाहिर थियो । शनिबार कोलकातामा वर्षाका कारण यो खेल …

0 comment
0 FacebookTwitterEmail

‘कुस्ती’को जन्म छ, तर व्यवस्थापन छैन, पहलवान जोगेन्द्र यादव भन्नुहुन्छ, “परम्परागत रूपमा जरा गाडेको यो खेलले आफ्नो ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई खतरामा पार्ने चुनौतीसँग जुधिरहेको छ ।”

सम्मरीमाई–४, रुपन्देहीका पहलवान रामचन्द्र यादवले दशक अघिका अखडाहरू देखिन छोडेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आजका युवाहरूमा खेलको शौक छ, तर सरोकारवालासँग संरक्षणको चाहना छैन ।”

पहलवान घनश्याम मिश्रले कुस्तीको जीवन्त विगत सम्झिँदै सार्वजनिक चासोमा आएको ह्रासप्रति दुःख व्यक्त गर्नुहुन्छ । उहाँका भन्नुहुन्छ, “कुस्तीको सार अनुसार संस्कृतिको ह्रास रोकिनुपर्छ ।” मिश्रका अनुसार यसले स्वास्थ्य, शक्ति र स्फूर्तिलाई बढवा दिन्छ, आत्म नियन्त्रण र व्यक्तित्व विकासमा पनि लाभ पुर्याउछ ।

कुस्ती एक अनुशासनको खेल हो । …

नेपालमा कुस्ती: चुनौतीहरू बिच संस्कृतिको संरक्षण
0 comment
0 FacebookTwitterEmail

पर्सा प्रहरीले नै दलित बालिका बलात्कार घटना दबाउने प्रयास गरेको आरोप लागेको छ । बिचौलियाको सक्रियता प्रहरी अधिकारीले बलात्कारको मुद्दा दर्ता गर्न आनाकानी गरेको पीडित पक्षको आरोप रहेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल बिदा गएको वेला निमित्त प्रमुख बसेका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापा बिचौलियाको प्रभावमा परेर घटना दबाउन चलखेल गरेको पीडित पक्षको आरोप छ ।

गत २२ गते पर्साको कालिकामाई गाउँपालिकामा एक दलित युवतिको बलात्कार भएको थियो । वडा नम्बर ३ हरिहरपुर बिर्ताकी १३ बर्सिया बालिकालाई उनकै छिमेकका ५० वर्षीय बनारसी महतो केवटले वैशाख २२ गते राति बलात्कार गरेको घटना शनिवार सार्वजनिक …

0 comment
0 FacebookTwitterEmail

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी-१६

वास्तवमा गङ्गालाई पृथ्वीमा गर्नु पर्ने काम सिद्धिएको थियो तत्कालका लागि। उनी पवित्रताकी प्रतीक थिइन्। उनी शिवजीको जटामा बसेर संसारलाई शुद्ध पार्ने काममा खटिएकी थिइन् स्वर्गमा। ती पवित्रताकी प्रतीक गङ्गाकै कोखबाट नै वसुहरूले जन्म लिन चाहेका थिए। धेरै पहिले नै श्रापमुक्त हुन चाहने वसुहरूमध्ये कान्छा वसुको लागि गङ्गा चिन्तित हुने नै भइन्। आखिर जे जस्तो परिवेशले वसुहरू जन्मनु परेको भए पनि आमाको कोखबाट जन्मने र जन्माउने काम त यही मत्र्यलोकमा नै भएको थियो। महाराज शन्तनुका सन्तानका रुपमा त जन्मिएकै थिए। त्यसमध्ये आठौँ वसुले कुरुवंशका लागि यो धरामा केही काम गर्नु नै थियो। तर वसुमध्ये द्यौ वसुको …

0 comment
0 FacebookTwitterEmail

तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित माउण्टेन तनहुँ सामुदायिक बेल तथा फलफूल प्रशोधन उद्योग बन्द भएको छ । कच्चा पदार्थको अभावमा उक्त उद्योग विगत एक वर्षदेखि बन्द भएको हो ।

सामुदायिक वनमा बेलको अभाव भएपछि उद्योग सञ्चालन गर्न नसकिएको उद्योगका सञ्चालक विष्णुकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बेल पाउन छाडियो, बेल नै नभएपछि उद्योग सञ्चालन गर्न सकिएन । एक वर्षदेखि उद्योग बन्द छ ।

सामुदायिक वनमा त्यसै खेर गइरहेको बेललाई सदुपयोग गर्दै उद्योग स्थापना गरी बेलको जुस उत्पादन गरेर बिक्री वितरण थालिएको थियो । श्रेष्ठका अनुसार अहिले व्यक्तिले नै सामुदायिक वनमा बेल रोपण गरेका छन् । उहाँले भन्नुभयो, “वनमा पहिला बेल …

0 comment
0 FacebookTwitterEmail
पर्सा राष्ट्रिय निकुञ्ज हुँदै प्रतिबन्धित लागुऔषध गाँजा तस्करी गरिरहेका अवस्थामा वैशाख २४ गते मकवानपुर प्रहरीले तीन युवकलाई पक्राउ गर्यो ।

मनहरी गाउँपालिका-७ माइगङ्गा खोलाबाट लागुऔषध गाँजासहित मकवानपुरको कैलाश गाउँपालिका-३ निवासी २३ वर्षीय राजेन्द्र घिसिङ, सोही गाउँपालिका-४ निवासी २७ वर्षीय विवेक प्रजा र हेटौँडा उपमहानगरपालिका- १८ निवासी २२ वर्षीय उत्तम पाख्रिनलाई पक्राउ गरिएको हो । पर्सा राष्ट्रिय निकुञ्जको बाटो प्रयोग गरी लागुऔषध तस्करी गरिरहेको सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय मनहरीको टोलीले ३६ किलो गाँजासहित उनीहरुलाइ पक्राउ गरेको हो ।

त्यसको दुई दिन नबित्दै वैशाख २६ गते हेटौँडा उपमहानगरपालिका-१० बसपार्कबाट गाँजासहित दुई युवक पक्राउ परे । पक्राउपर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका-१ सानोभाबर

0 comment
0 FacebookTwitterEmail
दुई शीर्ष इजराइली अधिकारीले भीडभाडयुक्त सहर रफाहमा आक्रमण गरे इजराइललाई केही हतियार आपूर्ति रोक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको धम्कीको आलोचना गरेका छन् ।

“यो ती राष्ट्रपतिबाट सुन्न कठिन र अत्यन्त निराशाजक कथन हो जसको हामी युद्धको प्रारम्भदेखि नै आभारी छौँ”, संयुक्त राष्ट्रसङ्घका लागि इजराइलका राजदूत गिलाड एर्डनले बाइडेनको चेतावनीमा इजराइलको पहिलो प्रतिक्रिया दिँदै सार्वजनिक रेडियोमा भन्नुभयो ।

इजराइलले रफाहको पूर्वी क्षेत्रमा ट्याङ्क पठाएर र ‘लक्षित आक्रमण’ गरेर अन्तर्राष्ट्रिय आपत्तिहरूलाई अस्वीकार गरेको छ । रफाह हमासको अन्तिम बचेको बटालियनहरूको घर भए पनि इजिप्टको सीमामा रहेको यो सहर विस्थापित प्यालेस्टिनीहरूले भरिएको छ ।

“यदि उनीहरू रफाहमा गए भने म सहरहरूसँग सामना गर्नका

0 comment
0 FacebookTwitterEmail

पूर्वसभामुख तथा संविधानविद् दमननाथ ढुङ्गानाले संविधानमा रहेका कमजोरीको समीक्षा र सुधार हुनुपर्ने बताउनुभएको छ।  प्रदीप गिरी समाजवादी अध्ययन संस्थाले २७ वैशाखमा काठमाडौँ आयोजना गरेको ‘राजनीति, साहित्य, पत्रकारिता र सामाजिक सञ्जाल’ विषयक गोष्ठीमा उहाँले संविधानको रक्षाका लागि यसमा भएका दोष र कमजोरीको समीक्षा हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो,“संविधानले आकार नै लिनसकेको छैन, बरु थप गिजोलिँदै गएको छ। २००७ सालदेखि नै हामीले महत्वपूर्ण समय खेर फालिसकेका छौँ। हामीले परिवर्तन त ल्यायौँ तर त्यसले काम गरिरहेको छ त? स्वदेशमा भविष्य नै छैन भनेर युवाहरु विदेशीने क्रम किन बढ्दो छ ? त्यसैले अब यि सबै विषयमा हामीले गम्भीर समीक्षा गर्नु जरूरी छ।”  उहाँले राजनीतिक दलबीच …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved