Home » Archives for May 2024 » Page 14
Monthly Archives

२०८१ वैशाख २८, शुक्रबार ०५:४९

वन क्षेत्रमा बर्सेनि लाग्ने डढेलोका कारण जैविक विविधतामा ह्रास पुगेको भन्दै नियन्त्रणका लागि सरोकारवालाले वन व्यवस्थापनमा जोड दिएका छन्। देशभरका सामुदायिक वन उपभोक्ताको छाता सङ्गठन सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन)ले २७ वैशाखमा काठमाडौँमा आयोजना गरेको डढेलोसम्बन्धी अन्तरक्रियामा उहाँहरुले वन डढेलो नियन्त्रणका लागि वन क्षेत्रको व्यवस्थापनमा जोड दिनुभएको हो।

वनविद् विजयराज पौडेलले पछिल्लो समय गाउँ बस्तीबाट मानिस बसाइँ सरेको वन क्षेत्रमा पातपतिङ्गर, दाउराजस्ता जैविक पदार्थ थुप्रिएका कारण वन डढेलो फैलिरहेको बताउनुभयो। “पहिलापहिला वनको पातपतिङ्गर सोरेर जैविक मल बनाइन्थ्यो, घाँस, दाउरा सङ्कलन हुन्थ्यो र वन क्षेत्र पनि सफा हुन्थ्यो”, उहाँले भन्नुभयो, “अब अहिले ती सब क्रियाकलाप नहुँदा वनमा बल्ने चिज थुप्रँदै

0 comment
0 FacebookTwitterEmail

रातारात बथानका बथान भारतबाट नेपाल प्रवेश गरेर यहाँका सामुदायिक वनमा बस्दै आएका जङ्गली हात्ती नियन्त्रण गर्न झापामा थुप्रै काम गरिएका छन्।

वर्षौदेखि झापामा देखिएको मानव– हात्ती द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले हात्ती प्रवेश गर्ने गौँडामा सोलार अफसेट फेन्स (विद्युतीय सौर्य तारबार) जडान गर्दै हात्ती नियन्त्रण गर्न खोजिएको छ भने सामुदायिक वन क्षेत्रभित्र हात्तीको आहारका लागि केरासहित विभिन्न प्रजातिको घाँससमेत लगाइएको छ। यति गर्दा पनि जङ्गली हात्तीले बस्ती प्रवेश गरेर मच्चाउने उपद्रो भने रोकिएको छैन।

हात्ती नियन्त्रणकै लागि हालसम्म झापाका विभिन्न ठाउँमा ७६ दशमलव ३९ किलोमिटर सोलार अफसेट फेन्स जडान गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषको रेखदेखमा जडान गरिएको सोलार अफसेट फेन्सले …

0 comment
0 FacebookTwitterEmail
0 comment
0 FacebookTwitterEmail

अस्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सीका अन्वेषकहरूले दक्षिणी महासागरमा रहेका तरल बादलहरूले पृथ्वीको मौसमलाई कसरी असर गर्छ भनेर बुझ्नका लागि एउटा परियोजना सुरु गरेका छन् ।

राष्ट्रमण्डल वैज्ञानिक र औद्योगिक अनुसन्धान सङ्गठन (सिसरो) ले सोमबार वैज्ञानिकहरूले जलवायु मोडेलमा रहेको खाडललाई सम्बोधन गर्नका लागि तस्मानियाको टापु राज्यको ‘केनाओक÷केप ग्रिम बेसलाइन वायु प्रदूषण स्टेशन’मा वायुमण्डलीय एयरोसोल अध्ययन गर्न १७ महिना बिताउने घोषणा गरेका छन् ।

उच्च पानी शुद्धताको कारण दक्षिणी महासागरमा बन्ने बादल प्रायः बरफको सट्टा अति–चिसो (सुपर–कुल्ड) तरल पानीले बनेको हुन्छ । सुपर–कूल्ड तरल पानीको बादल बरफको बादलको तुलनामा धेरै सूर्यको प्रकाशलाई अन्तरिक्षमा प्रतिबिम्बित गर्दा समुद्रको सतहलाई चिसो पार्न मद्दत गर्दछ ।

सिसरोका

0 comment
0 FacebookTwitterEmail

काठमाडौँ, २७ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शीता र सुशासन एकअर्काका पूरक भएको बताउनुभएको छ । उहाँले न्यायोचित ढङ्गबाट कार्यसम्पादन गरिरहनुभएका लेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार रहेको बताउनुभयो ।

नेपाल चार्टर्ड एकाउन्टेन्टस् सङ्घ (एक्यान) द्वारा आज यहाँ आयोजित राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले भन्नुभयो, “मुलुकभर सक्रिय लेखापरीक्षककै कारण भएका स्पष्ट हिसाबलाई हामीले आर्थिक सुरक्षाको एउटा पाटोका रुपमा लिन सकेका छौँ, हरबखत चनाखो रहेर हिसाब मिलान गर्नु गराउनु नै लेखापरीक्षकको उच्चतम धर्म हो, आफ्नो कर्ममा धर्म नबिर्सनु नै न्याय हो, तसर्थ, न्यायोचित ढङ्गबाट कार्यसम्पादन गरिरहनुभएका लेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार हुनुहुन्छ ।”

लेखापरीक्षकको सक्रियताका कारण मुलुकमा हुने आर्थिक क्रियाकलापमा पारदर्शिता कायम गर्न

0 comment
0 FacebookTwitterEmail

विश्व थालेसीमिया दिवसमा २६ वैशाखमा नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ। यस दिवसका अवसरमा थालेसीमिया बिरामी एवं  चिकित्सकहरूले सबैका लागि समान र पहुँचयोग्य उपचारका लागि जोड दिएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा दीपेन्द्ररमण सिंहले वीर अस्पताल,हेमाटोलोजी एकाइद्वारा यहाँ आयोजित कार्यक्रममा थालेसीमिया रोगसम्बन्धी उपचारलाई सातै प्रदेशका स्वास्थ्य संस्थामा जोड्न सक्नुपर्ने बताउनुभयो। यस रोगको रोकथाम र उपचारको सहच पहुँचका लागि मन्त्रालयले प्राथमिकता दिएको उहाँको भनाइ छ।

उक्त कार्यक्रममा थालेसीमियाका बिरामी दीपा केसीले आफ्नो अनुभव सुनाउँदै महँगो औषधि र उपचारबारे सरोकारवाला निकायको ध्यानार्कषणसमेत गराउनुभयो। “वीर अस्पतालभित्रै सबै औषधि उपलब्ध छैनन्। औषधि र उपचार खर्चिलो भएका कारण यस रोगका …

0 comment
0 FacebookTwitterEmail

दाङको राप्ती गाउँपालिका–५ पहरूवास्थित बालकल्याण आधारभूत विद्यालयको कक्षा ७ को बोर्ड (कालोपाटी) फुटेको तीन वर्ष भयो। १२ वर्षअघि खरिद गरेको त्यो बोर्ड फुटेको तीन वर्ष हुँदा पनि नयाँ ल्याइएको छैन। त्यही पुरानै बोर्डमा कक्षा सञ्चालन भइरहेको छ। कक्षा ८ सम्म सञ्चालित उक्त विद्यालयमा एक सय ५५ विद्यार्थी छन्।

सोही पालिकाको वडा नं. ४ स्थित जनज्योति आधारभूत विद्यालय नयाँ गाउँमा एउटै कक्षामा कम्प्युटर ल्याब र सोही कोठामा शिक्षकहरू बस्ने कोठा छ। यसले गर्दा विद्यार्थीहरूलाई पठनपाठनमा समस्या भएको छ।  कक्षा ८ सम्म सञ्चालित यस विद्यालयमा दुई सय ४६ विद्यार्थी अध्ययनरत छन्।

राप्ती गाउँपालिका–८ पिपरीस्थित शङ्कर मावि पिपरीमा पनि समस्या उस्तै छन्।  कक्षा …

0 comment
0 FacebookTwitterEmail

लामो समयसम्म खडेरी परेपछि चितवन राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुका लागि पानी पोखरी निर्माण गरिएको छ। खडेरीका कारण निकुञ्जभित्रका प्राकृतिक पानीका स्रोतमा सतह घटेपछि दुईवटा पानी पोखरी निर्माण गरिएको हो।

निकुञ्जका सूचना अधिकारी एवं वन संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले नयाँ पोखरी निर्माणसँगै पुराना पोखरीको मर्मत एवं व्यवस्थापन गरिएको बताउनुभयो। “यस वर्ष विगतको तुलनामा निकुञ्जभित्रका ताल तथा पोखरीमा पानीको सतह घटेको छ”, उहाँले भन्नुभयो, “हामीले नियमित कार्यक्रमअन्तर्गत दुईवटा नयाँ पोखरी निर्माण गर्नाका साथै पाँचवटा पुराना पोखरी मर्मत गरेका छौँ।”

वन्यजन्तुलाई पानी खानका लागि समस्या नहोस् भनेर पोखरी अभाव भएका स्थानमा नयाँ पोखरी निर्माण गरिएको भन्दै तिवारीले झारहरु आएर पुरिन लागेका तालको व्यवस्थापन र …

0 comment
0 FacebookTwitterEmail

अर्गानिक तरकारीको माग बढ्दै गएपछि ग्रामीण क्षेत्रका थारु महिला बिहानै तरकारी लिएर नेपालगञ्ज आउने गरेका छन्। अर्गानिक तरकारीको माग दिनदिनै बढ्दै गएपछि बाँके र बर्दियाका ग्रामीण भेगका थारु महिलाले आफ्नै खेतबारी उत्पादित तरकारीबाट प्रशस्त कमाइ गर्न थालेका हुन्।

नेपालगञ्ज ल्याइएका तरकारी तत्काल बिक्री भई राम्रो आम्दानी हुन थालेपछि उत्पादनतर्फ अधिकांश थारु महिला आकर्षित भइरहेका बाँके खजुरा–४ की रामदुलारी थारुले बताउनुभयो। उहाँले विभिन्न किसिमका तरकारी बिक्री गरेर मासिक रु १५ देखि रु २० हजारसम्म आम्दानी गरिरहेको जानकारी दिनुभयो।

बाँकेको नौबस्तामा घर वरिपरी तरकारी खेती गरिरहेकी वसन्ती थारुले उत्पादित तरकारी एकाबिहानै नेपालगञ्ज ल्याएर बिक्री गर्ने गरेको बताउनुभयो। त्यस्तै, कोहलपुर मैटहवाकी सुनिता चौधरीले …

0 comment
0 FacebookTwitterEmail

जिल्लाको पैयुँ गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई रु ५० हजार अनुदान दिने भएको छ ।

किसानलाई व्यावसायिक बनाउन तथा दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउन प्रतिभैसी रु ५० हजारका दरले अनुदानको व्यवस्था गरिएको हो ।

यसअघि राँगा पालेका प्रत्येक किसानलाई रु २० हजार अनुदान दिएको पालिकाले भैँसीपालन गर्ने किसानलाई पनि अनुदान दिन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालले बताउनुभयो । सातवटा वडा रहेको पैयुँका प्रत्येक वडाका किसानले तीनदेखि चार वटासम्म राँगा पालेका छन् । गाउँपालिकाले यसपटक २० वटा राँगा पाल्ने किसानलाई रु चार लाख अनुदान वितरण गरेको छ ।

गाउँपालिकाले वार्षिक स्वीकृत कार्यक्रमअनुसार भैँसीपालन गरेका गाउँपालिकाका …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved