Home » Archives for May 2024 » Page 9
Monthly Archives

२०८१ जेष्ठ ६, आईतवार ०७:२२

तनहुँ आँबुखैरेनी गाउँपालिका–३ की रितु थापामगर  घरधन्दा सकेर ढाका बुन्नुहुन्छ। चार वर्ष अगाडि ढाका बुनाइसम्बन्धी तीनमहिने तालिम लिएर उहाँ व्यवसायमा लाग्नुभएको हो। “तालिम लिएपछि घरमै पाँच महिना कपडा बुनेँ। फेरि दुई महिना दमौली आएर थप तालिम लिएँ”, उहाँले भन्नुभयो, “त्यसपछि निरन्तर यही पेसामा छु।” फुर्सदको समय सदुपयोग गर्दा कामसँगै दाम कमाउन सकिने उहाँको भनाइ छ।

व्यवसाय थालेपछि अरुसँग पैसा माग्नुपर्ने बाध्यता हटेको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “पैसा चाहिँदा अरुसँग माग्नुभन्दा आफैले कमाउन थालेपछि धेरै सहज भयो। घरायसी कामसँगै ढाका बुन्न सकिने भएकाले अरुलाई पनि उद्यम गर्न आग्रह गर्छु।”

ढाका उत्पादनका लागि आवश्यक कच्चापदार्थ काठमाडौँबाट ल्याउने गरेको उहाँले बताउनुभयो। धागो …

0 comment
0 FacebookTwitterEmail

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल मन्दिर परिसरमा रहेका पोखरीका माछा मर्नेक्रम नरोकिएपछि क्षमापूजा गरिने भएको छ। गत सोमबारदेखि मन्दिर परिसरमा रहेका माछा धमाधम मर्न थालेपछि यहाँ क्षमापूजाको तयारी गरिएको हो।

आँधीमूल क्षेत्र संरक्षण समितिका अध्यक्ष हिमाल थापाको अध्यक्षतामा बसेको जनप्रतिनिधि र स्थानीयवासीको भेलाले सोमबार मन्दिर परिसरमा क्षमापूजा गर्ने निर्णय गरेको हो। मन्दिरमा परम्परागतरुपमा चली आएको रीतिरिवाज अनुसार बोका बलि दिइ क्षमापूजा गरिने उहाँले जानकारी दिनुभयो।

यस ठाउँका सबै स्थानीयवासीको सहभागितामा क्षमापूजा गर्ने निर्णय भएको थापाले बताउनुभयो। उहाँले भन्नुभयो, “मन्दिर परिसरमा रहेका थुप्रै माछा धमाधम मर्न थालेका छन्। माछा मरेपछि स्थानीय चिन्तित छन्। सोमबार सबैको सहभागितामा क्षमापूजा गर्दैछौँ।”

क्षमापूजाका लागि सबै …

0 comment
0 FacebookTwitterEmail

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—१७

हस्तिनापुरका अभिभावकका रुपमा रहेका भीष्म पितामहका धेरै कर्तव्यहरू थिए यस धराधाममा। सायद उनलाई पूर्व जन्मको पनि ज्ञान थियो, उनमा त्यस्तो क्षमता थियो भन्ने अनुमान गर्न सकिन्छ कि भविष्यको परिणामका बारेमा उनी जानकार हुन्थे। त्यो दैवी कृपा पनि हुन सक्थ्यो या उनमा रहेको विवेचनात्मक चेतका कारणले पनि हुनसक्थ्यो। उनी स्वयं द्यौ नामका वसुका अवतार थिए मृत्युलोकमा। उनको शिक्षादीक्षा श्रद्धेयमाता गङ्गाको रेखदेखमा भएको थियो र उनलाई आफ्नो कर्तव्य पूरा गर्नका लागि पनि दीक्षित गराइएको हो भन्ने कुरा उनले महाराज शन्तनुलाई युवा पुत्र हस्तान्तरण गर्दा भनेकी थिइन्—नासो फिर्ता गरेकी छु।

त्यसबेलामा यदि नासो फिर्ता नभएको भए भरतको भारत …

0 comment
0 FacebookTwitterEmail

करिब दश महिनाका अवधिमा पाँच हजार एक सय ३० वटा डढेलो सम्बन्धी घटना भएको छ। वन तथा भू–संरक्षण विभागको तथ्याङ्कानुसार गत वैशाख महिनामा मात्र तीन हजार दुई सय ७० वटा डढेलोको घटना भएको छ।

चालु आर्थिक वर्ष २०८०-८१ को साउनयताको तथ्याङ्क विश्लेषण गर्दा सबैभन्दा बढी यस वर्ष वैशाखमा डढेलोको घटना भएका छन्। विभागको तथ्याङ्कानुसार चालु आवका साउनमा डढेलोको घटना शून्य छ। वर्षात्को समयमा पानी पर्ने र वनजङ्गलको पातपतिङ्गर ओसिलो हुँदा डढेलो कम लाग्ने विभागले जनाएको छ।

यसैगरी विभागको तथ्याङ्कानुसार भदौमा एक, असोजमा तीन, कात्तिकमा पाँच, मङ्सिरमा ३५, पुसमा एक सय तीन आगलागीका घटना भएका थिए। यसैगरी माघमा जम्मा ८३ वटा …

0 comment
0 FacebookTwitterEmail

सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि फिनल्यान्ड सरकारबाट प्राप्त हुने १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने भएको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले गरेका निर्णयबारे जानकारी दिन जेठ ४ गते आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता  रेखा शर्माले जानकारी दिनुभयो।

त्यसैगरी, सरकारले फौजदारी कसुर (कैद कट्टा) (तेस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने, सङ्घीय संसद्को प्रतिनिधिसभामा विचाराधीन राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिन स्वीकृति दिनेसमेत निर्णय गरेको छ।

मन्त्री शर्माले सिङ्गापुरमा कार्यक्षेत्र रहने गरी हेलेन क्याम्पोस, इजरायलको रेहबोट सहरमा कार्यक्षेत्र रहने गरी नडभ बेन यहुदा, संयुक्त राज्य अमेरिकाको मासाचुसेट्स राज्यमा कार्यक्षेत्र …

0 comment
0 FacebookTwitterEmail

उच्च रक्तचापलाई नियन्त्रणमा राख्नसके यसबाट हुने दीर्घकालीन असरबाट बच्न सकिने चिकित्सकहरूले बताएका छन्। यो रोग नभएर रोगको कारक भएको भन्दै रक्तचापलाई नियन्त्रणमा राखेर सहज जीवनयापन गर्न सकिने बताएका हुन्। उच्च रक्तचापले शरीरका विभिन्न महत्वपूर्ण अङ्गमा असर पु¥याउने भएकाले नियमित परीक्षण गर्न चिकित्सकले सुझाव दिएका छन्।

चितवन मेडिकल कलेज शिक्षण अस्पतालका मुटुरोग विशेषज्ञ प्रा डा श्यामराज रेग्मीले उच्च रक्तचाप नियन्त्रण गर्नसकेमा दीर्घकालीन असरबाट बच्न सकिने बताउनुभयो। उच्च रक्तचापलाई हल्कारुपमा नलिन सुझाव दिँदै उहाँले नियमित परीक्षण गर्न आमनागरिक सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो।

डा रेग्मीले भन्नुभयो, “उच्च रक्तचाप नियन्त्रणमा लिन सकिएन भने मिर्गाैला, मुटु, मस्तिस्क, आँखालगायत अङ्गहरूमा असर गर्दछ।” वंशाणुगत र मोटोपनबाट …

0 comment
0 FacebookTwitterEmail

मानव–हात्ती द्वन्द्व न्यूनीकरण गरी वन क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणका लागि डिभिजन वन कार्यालय झापाले साइरनजडित अत्याधुनिक ड्रोनको प्रयोग गर्ने भएको छ।

रु १० लाख खर्च गरेर ड्रोन खरिद गरिएको कार्यालयका वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिनुभयो। उहाँका अनुसार दुई किलोमिटर वरपरको दृश्य कैद गर्नसक्ने गरी उक्त ड्रोनमा शक्तिशाली क्यामेरा जडान गरिएको छ। ड्रोनको तौल साढे सात किलोग्राम रहेको छ।

ड्रोनको प्रयोगले जङ्गली हात्तीको अवस्था अनुगमन गर्न र गाउँ पसेको स्थितिमा हात्तीलाई सुरक्षितरुपले जङ्गलतर्फ फर्काउन महत्वपूर्ण सघाउ पुग्ने उप्रेतीले बताउनुभयो। जङ्गल क्षेत्रमा बढिरहेको वन्यजन्तु चोरी तस्करी नियन्त्रणमा ड्रोन उपयोगी हुने वन कार्यालयको आशा छ।

ड्रोनलाई मोडिफाइ (परिमार्जन) गरेर नाइटभिजन (रातिकोदृश्य) …

0 comment
0 FacebookTwitterEmail

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी सम्झौता भएकाले निजी क्षेत्रलाई ढुक्क भएर विद्युत् उत्पादनमा लाग्न आग्रह गर्नुभएको छ।

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान) को २२ औँ वार्षिक साधारणसभाका अवसरमा जेठ ४ गते  आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले १० हजार मेगावाट विद्युत् निर्यात गर्ने अवस्था समृद्धिको यात्राका लागि ऐतिहासिक उपलब्धि हुने विश्वास व्यक्त गर्नुभयो।

“छिमेकी राष्ट्र भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातका लागि दीर्घकालीन सम्झौता गरेका छौँ। त्यसैगरी भारतको प्रसारण लाइन हुँदै बङ्गलादेशसँग विद्युत्‌ व्यापार गरिनेछ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “मेरो कार्यकालमा यति महत्वपूर्ण सम्झौता गर्ने अवसर मिलेको छ। यो नेपालको जलविद्युत् क्षेत्रको इतिहासमा …

0 comment
0 FacebookTwitterEmail

ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा टपरी गाँस्ने र धुपबत्ती बाट्ने प्रतियोगिता भएको छ। मौलिक हस्तकलालाई संरक्षण तथा प्रवर्द्धन गर्नका लागि ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा प्रतियोगिताको आयोजना गरिएको हो। धुपबत्ती बाट्ने प्रतियोगितामा सुकमाया फुरुम्बु प्रथम, कृष्णमाया कार्की दोस्रो हुनुभएका छ। त्यस्तै राधिका खवास तृतीय भएकी छन्। धुपबत्ती बाट्ने प्रतियोगिताका संयोजक अञ्जना कडरियाका अनुसार प्रतियोगितामा १७ जनाले प्रतियोगितामा भाग लिएका थिए।

त्यस्तै टपरी बुन्ने प्रतियोगितामा टीकादेवी भट्टराई प्रथम हुनुभएको आयोजकले जनाएको छ। विष्णुमाया गिरी दोस्रो हुनुभएको छ। त्यस्तै  दिलमाया तामाङ तेस्रो हुनुभएको छ। टपरी बुन्ने प्रतियोगिता संयोजक मात्रिकादेवी प्रर्साइंका अनुसार प्रतियोगितामा २२ जनाले सहभागी जनाएको थियो। नयाँ पुस्तालाई दैनिक जीवनमा आइपर्ने सीप पुस्तान्तरणको उद्देश्यसहित …

0 comment
0 FacebookTwitterEmail

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लामा रहेका सङ्घीय सरकार र प्रदेश सरकार मातहतका कार्यालयले १० महिनाको अवधिमा रु २० अर्ब ९५ करोड ८७ लाख ६४ हजार चार सय ५० राजस्व सङ्कलन गरेका हुन् ।

कोष तथा लेखा नियन्त्रक कार्यालय नवलपुरका सूचना अधिकारी कोष नियन्त्रक जीतनारायण महतोले जिल्लामा सङ्कलन भएको राजस्वमध्ये सङ्घीय सरकारलाई जाने राजस्वतर्फ रु २० अर्ब ५० करोड ६९ लाख ५५ हजार सात सय ७९ एवं गण्डकी प्रदेश सरकारको खातामा दाखिला हुने रु ४५ करोड १८ लाख आठ हजार छ सय ७९ …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved