पोखरा महानगरपालिका–१६ अर्मलाका महिलाहरू सामूहिक कृषितर्फ आकर्षित भएका छन्। प्रगति कृषि समूह गठन गरी जग्गा भाडामा लिएर महिलाहरू सामूहिक कृषिखेतीमा लागेका हुन। समूहकी अध्यक्ष चिनमाया सुवेदी श्रेष्ठले दुई रोपनी जग्गामा मौसमअनुसार आलु, मुला, केराउ, काँक्रोलगायतका नगदेबाली गर्दै आएका र वर्षाको समयमा सोही जग्गामा परीक्षणकारूपमा विभिन्न छ जातका धान रोप्ने तयारी भइरहेको बताउनुभयो। “स्यालघारी फाँटको जग्गामा यतिखेर लटरम्म काँक्रा फलेका छन्। फागुन महिनामा लगाएका भक्तपुरे जातको काँक्राका एक सय ३२ वटा बिरुवाले उत्पादन दिन सुरू गरेका छन्। वैशाखको अन्तिम सातादेखि उत्पादन सुरू भएको काँक्रा बिक्रीबाट रु १५ हजारभन्दा बढी आम्दानी गर्न सफल भएका छौँ”, अध्यक्ष सुवेदीले भन्नुभयो। हाल प्रतिकेजी ८० मा …
