Home » Archives for June 2024 » Page 2
Monthly Archives

२०८१ असार १३, बिहीबार १०:२८

जर्मनीमा जारी १७औँ संस्करणको  युरोकप फुटबलमा नकआउट चरणको समीकरण पूरा भएको छ । २४ देशले भाग लिएको युरोकपमा ८ देश बाहिरिएका छन् भने १६ देश नकआउट चरणमा पुगेका छन् ।

जसमा हरेक समूहका समूह विजेता र उपविजेता गरि १२ देश र हरेक समुहका तेस्रो स्थानमा रहेका शिर्ष चार देश नकआउट चरणमा पुगेका छन् ।

जस अन्तर्गत समूह ‘ए’ बाट जर्मनी विजेता र स्वीट्जरल्याण्ड उपविजेता बन्दै नकआउटमा पुगेका छन् । हंगेरी र स्कटल्याण्ड समूह चरणबाटै बाहिरिएका छन् ।

यस्तै, समूह ‘बी’ बाट स्पेन समुह विजेता र इटाली उपविजेता हुँदै नकआउटमा पुगेका छन् । क्रोसिया र अल्बानिया बाहिरिएका छन् ।

समूह ‘सी’

0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थी  मात्रै उच्च शिक्षा हासिल गर्न पाउने भएका छन्।  ४७.८६ प्रतिशत विद्यार्थीमात्रै कक्षा ११ पढ्न पाउनेछन्।

परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । उनीहरुले ग्रेड वृद्धि परीक्षा नदिई उच्च शिक्षा हासिल गर्न पाउने छैनन् ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरिएको छ। सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक–फरक रुपमा गर्ने व्यवस्था अनुसार बहुसंख्यक विद्यार्थी कक्षा …

0 comment
0 FacebookTwitterEmail

जारी टी- २० विश्वकपको सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई हराएको छ । बिहीबार बिहान भएको खेलमा अफगानिस्तानले दिएको ५७ रनको लक्ष्य दक्षिण अफ्रिकाले सहजै पूरा गर्न सक्यो । योसँगै दक्षिण अफ्रिका फाइनलमा पुगेको छ ।

अफगानिस्तान ११.४ ओभरमा ५६ रन बनाएर अल आउट भएको थियो । उक्त लक्ष्यलाई पछ्याएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेटको क्षतिमा ६० रन बनाएको थियो ।

त्यस्तै दक्षिण अफ्रिकाका बलर मार्को जानसेन र ताब्रिज शाम्सीले सर्बाधिक ३-३ विकेट लिए भने कागीसो रबाडा र एनरिच नोकियाले २-२ विकेट लिएका थिए ।

दोस्रो सेमिफाइनलमा आज राति इंग्ल्यान्ड र भारतबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल शनिबार हुनेछ ।

 

0 comment
0 FacebookTwitterEmail

जारी टी- २० विश्वकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । सेमिफाइनलमा भारत, अफगानिस्तान, दक्षिण अफ्रिका र इङ्‌ल्याण्ड पुगेका छन् ।

सुपर आठको समुह एक बाट भारत र अफगानिस्तान सेमिफाइनलमा पुगेका छन् भने अस्ट्रेलिया र बंगलादेश बाहिरिएका छन् । त्यस्तै समुह २ बाट दक्षिण अफ्रिका र इङल्याण्ड सेमिफाइनलमा पुगेका छन् भने वेस्ट इन्डिज र अमेरिका बाहिरिएका छन् ।

अब सेमिफाइनलका दुवै खेल बिहीबार हुने छन् । बिहीबार बिहान पहिलो सेमिफाइनल खेल दक्षिण अफ्रिका र अफगानिस्तानबीच हुने छ । ट्रीनाडस्थित ब्रायन लारा स्टेडियममा हुने पहिलो सेमिफाइनल खेल नेपाली समय अनुसार विहान ६:१५ बजेदेखि शुरु हुने छ ।

दक्षिण अफ्रिका सुपर आठमा तिनै …

0 comment
0 FacebookTwitterEmail

लमजुङमा पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन्।

मृत्यु हुनेमा बेसीशहर नगरपालिका–११ चितिका १६ वर्षीय विकल सुनार र क्व्होलासोथार गाउँपालिका–३ बगुमका रुद्रमान गुरुङ रहेका छन्।

चितिका विकल र उनका दाजु मिलन सुनार पहिरोमा परेर घाइते भएपछि उपचारका लागि जिल्ला अस्पताल बेसीशहर लैजाँदै गर्दा विकलको बाटोमा मृत्यु भएको लमजुङ प्रहरी प्रमुख डिएसपी मिनबहादुर घलेले जानकारी दिए।

यता, क्व्होलासोथार गाउँपालिका बगुमका रुद्रमानसहित ४ जना पहिरोले पुरिएर बेपत्ता भएका थिए।

पहिरो पन्छाएर उनीहरूको खोजी गर्दा ६९ वर्षीय रुद्रमानको शव भेटिएको डिएसपी घलेले बताए। पहिरोमा पुरिएका ३६ वर्षीय पञ्चकुमारी गुरुङ, ७ वर्षीय इच्छा गुरुङ र ५ वर्षीय नम्रता …

0 comment
0 FacebookTwitterEmail

विकिलिक्सका संस्थापक जुलियन असान्जले अमेरिकी न्याय विभागसँग सम्झौतामा अमेरिकी सैन्य गोप्य सूचनाहरू प्राप्त गरेको र प्रकाशित गरेको दोष स्वीकार गरेसँगै उनी स्वतन्त्र भएका छन् । यसका साथै उनी र अमेरिकी सरकारबिच चलिरहेको लामो कानुनी झमेला पनि निष्कर्षमा पुगेको छ ।

बुधवार बिहान असान्जले उत्तरी मारियाना टापुको राजधानी साइफनको सङ्घीय अदालतमा उपस्थित भएर यस कारबाहीमा भाग लिएका थिए । प्रशान्त महासागर बिच रहेको अमेरिकी भूभागमा सुनवाइ भएको थियो ।

सम्झौता अनुरूप असान्जलाई यस अपराधमा दोषी स्वीकार गर्न आवश्यक थियो । तर उनलाई कुनै पनि अमेरिकी जेल सजाय भने हुने थिएन। यसका साथै उनी सिधै आफ्नो जन्मभूमि अस्ट्रेलिया फर्किन पनि पाउँथे । …

0 comment
0 FacebookTwitterEmail

सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजना बन्द भएपछि बागमती सुधार आयोजनाअन्तर्गत धाप ड्यामबाट उपत्यकामा पानी वितरण सुरु गरिएको छ । मेलम्ची खानेपानी आयोजनालाई मनसुनजन्य विपत्तिबाट जोगाउन मेलम्ची  खानेपानी आयोजना बन्द गरिएको हो ।

बागमती सभ्यता-एकीकृत विकास समितिसँग धाप ड्यामको पानी ल्याएर उपत्यकावासीलाई वितरण गर्ने सहमति भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए । उनले हिजोबाट मेलम्ची खानेपानी आयोजना बन्द भएपछि धाप ड्यामको पानी वितरण सुरु भएको बताए ।

राईका अनुसार उपत्यकामा मेलम्चीको खानेपानी बन्द भएपछि खानेपानी अभाव बढ्ने भएकाले आपूर्ति व्यवस्थापनलाई केही सहज गर्न धाप ड्यामबाट दैनिक तीनदेखि चार करोड लिटर पानी ल्याउने सहमति भएको हो ।

‘मेलम्ची …

0 comment
0 FacebookTwitterEmail

वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेतको माझगाउँ बस्ती पानीले काकाकुल छ । स्थानीयको घरमा इनार छ तर, पानी आउँदैन । रित्तो गाग्री, जर्किन, जार र बोतल समातेर पानीका लागि घण्टौँ लाइनमा बस्नु उनीहरूको दैनिकी बनेको छ ।

पानीको हाहाकार भइरहेका बेला वीरेन्द्रनगर नगरपालिका–३, माझगाउँस्थित विश्वासी मण्डली नामक चर्चले बोरिङ गरेर पानी वितरण गरेपछि स्थानीयले राहत पाएका हुन् । माझगाउँ टोल विकास समितिले भने बोरिङबाट पानी निकाल्न एक सय दुई मिटर खन्दासमेत पानी भेटिएन ।

मण्डलीले ४० मिटर गहिराइबाटै पानी निकालेको छ । पानीको हाहाकारका बेला चर्चले ठूलो राहत प्रदान गरेको टोलकी स्थानीय भगवतीकुमारी थापाले बताइन् । ‘पानी अभावले व्याकुल बनेको यो बस्तीका लागि …

0 comment
0 FacebookTwitterEmail

जुलियन असान्ज चढेकोको विमान मङ्गलवार बैंककमा अवतरण गरेको छ । विकिलिक्सका संस्थापक अमेरिकी सरकारसँग भएको सम्झौता अनुरूप आफूलाई अमेरिकी अदालतमा हाजिर गर्न अमेरिकाको मेरियाना टापु जाँदै थिए।

चार्टर्ड उडान थाईल्याण्डको राजधानीको उत्तरमा रहेको डोन मुआङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । एयरपोर्टका अधिकारीहरूले विमान इन्धन भर्नको लागि मात्र बैंककमा रोकिएको एसोसिएटेड प्रेसलाई जानकारी दिएकाे बताइएकाे छ । साथै विमान मङ्गलवार साँझ पश्चिमी प्रशान्तमा रहेको अमेरिकी उत्तरी मारियाना टापुको राजधानी साइपन लागि प्रस्थान गर्ने कार्यक्रम छ, जहाँ उनी स्थानीय समय अनुसार बुधवार बिहान अदालतमा उपस्थित हुनेछन् ।

असान्जका वकिलहरूले टिप्पणीको लागि अनुरोधहरूको केही जवाफ दिएका छैनन् । एक्समा पोस्ट गरिएको एक …

0 comment
0 FacebookTwitterEmail

सप्तरीको बोदेबरसाइन नगरपालिकाले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई २० हजार रुपैयाँ प्रदान गर्ने भएको छ ।

नगरपालिकाले ११औं नगरसभामा बालविवाह न्यूनीकरणका लागि उक्त निर्णय गरेको जनाएको छ ।

बालविवाहविरुद्धको साझा अभियानलाई सफल बनाउन उक्त कार्यक्रम सहयोग हुने विश्वास व्यक्त गरिएको छ ।

‘यहाँका अधिकांश स्थानमा बालविवाह गर्ने चलन छ, यस अभियानले बालविवाह कम हुने अपेक्षा गरेका छौं,’ नगरप्रमुख आतेशकुमार सिंहले भने, ‘उमेर नपुगी विवाह गर्ने चलन अन्त्यका लागि यो अभियानलाई जिल्लाभर लैजान जरुरी छ ।’

दलित समुदायका उमेर पुगेर विवाह गर्ने महिलालाई रु बीस हजार नगद दिने तथा स्नातक पास गरी विवाह गर्ने महिलालाई पनि सहयोग गर्ने उनको …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved