विकिलिक्सका संस्थापक जुलियन असान्जले अमेरिकी न्याय विभागसँगको सम्झौतापछि उनी जेल मुक्त हुने भएका छन् । अमेरिकी गोप्य कागजातहरूको प्रकाशनमा केन्द्रित लामो समयदेखि चलिरहेको कानुनी लडाइँलाई समाधान गर्न भएको सम्झौता अनुसार असान्जले आफू दोषी रहेको मान्ने भएपछि उनी जेलबाट मुक्त भई स्वतन्त्र हुन पाउने भएका छन् ।
असान्जले सोमबार बेलायती जेल छोडेका छन् र पश्चिमी प्रशान्त क्षेत्रमा रहेको अमेरिकी उत्तरी मारियाना टापुस्थित अमेरिकी सङ्घीय अदालतमा यस हप्ताको अन्त्यमा उनी उपस्थित हुनेछन् । उनले गैर कानुनी रूपमा वर्गीकृत राष्ट्रिय प्रतिरक्षा जानकारी प्राप्त गर्ने र फैलाउने षड्यन्त्र गरेको आरोपमा दोषी स्वीकार गर्ने अपेक्षा गरिएको छ, न्याय विभागले अदालतमा दर्ता गरेको पत्रमा भनेको छ …
