द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी- ३२
जेठी राजकुमारी अम्बा पीडित भइन्- न माइतीले स्वीकार गर्ने, न शाल्वले स्वीकार गर्ने, न हरण गर्ने पक्षले स्वीकार गर्ने। कता जाने ? कहाँ गएर जीवन यापन गर्ने ? अनि उनी गइन् भीष्म प्रतिज्ञ राजकुमारका गुरु परशुरामसँग अनुनय विनय गर्न र आफ्नो अधिकारको सुरक्षाका लागि। परशुरामले जब सुने कि यो अन्याय हस्तिनापुरको तर्फबाट भयो, झन त्यसमा पनि कहिल्यै विवाह नगर्ने भनेर प्रतिज्ञा गरेको ब्रह्मचर्याश्रममा बस्ने प्रण गरेको देवब्रतबाट। परशुरामको अत्यन्त अनुशासित शिष्य देवब्रत त उनले भनेको मान्ने भएकाले उनी सम्झाउन भनेर हस्तिनापुर आए र अम्बाले न्याय पाउने कुरामा वकालत गर्न थाले र भने- यो अबलामाथि …
