Home » Archives for October 2024 » Page 2
Monthly Archives

२०८१ कार्तिक ११, आईतवार १५:१३

कृत्रिम बुद्धिमत्ता (एआई) भनेको कम्प्युटरले मानिसजस्तै सोच्न र काम गर्न सिकेको प्रविधि हो । यसले जटिल समस्या समाधान गर्न र दैनिक जीवनका कामहरू सजिलै गर्न मानिसलाई सहयोग पुर्याउँछ । उदाहरणका लागि, फोनमा ‘सिरी’ वा ‘गुगल असिस्टेन्ट’ लाई प्रश्न गर्दा तुरुन्तै सही उत्तर दिन्छ, जसले समय बचाउँछ र काम सरल बनाउँछ । एआई प्रणालीहरूले तस्बिरहरू पनि चिन्न सक्छन्, जस्तै गुगल फोटोजले फोटोमा भएका साथीहरूलाई पहिचान गर्न सक्छ । स्वचालित गाडीहरू बिना ड्राइभर आफैंँ बाटो फेला पारेर सुरक्षित रूपमा चल्न सक्छन् ।

त्यस्तै, नेटफ्लिक्सले हाम्रा हेर्ने बानीअनुसार फिल्म र शोहरू सिफारिस गर्छ, जसले हाम्रो मनोरञ्जन अनुभवलाई अझ रमाइलो बनाउँछ । एआईमार्फत अनलाइन

0 comment
0 FacebookTwitterEmail
चाडपर्वको समय सुरु भएसँगै अधिकांश पर्यटकीय गन्तव्यस्थल आगन्तुकले भरिभराउ भइरहेका बेला दशकअघि घोषणा भएको यहाँको ‘गुरिल्ला ट्रेक’ भने सुनसान छ । ‘लुकेको हिरा’का रुपमा स्थानीयबीच परिचित उक्त पदर्माग संरक्षण, प्रवर्द्धन तथा पूर्वाधार अभावमा सुनसान बनेको हो ।

बागलुङ, म्याग्दी, रुकुम पूर्व र रोल्पा जिल्लालाई समेटेर विसं २०६८ मा ‘गुरिल्ला ट्रेक’को पहिचान र नक्साङ्कन गरिएको थियो । नेपाल पर्यटन बोर्ड, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत निकायको पहलमा विसं २०७२ मा उक्त पदमार्ग घोषणा गरिएको थियो । विसं २०७३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वको चुनुवाङमा गुरिल्ला ट्रेकको औपचारिक शुभारम्भ गर्नुभएको थियो ।

ट्रेकिङ एसोसिएशन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद

0 comment
0 FacebookTwitterEmail

फिलिपिन्समा उष्णकटिबन्धीय आँधी ‘ट्रामी’का कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुगेको उद्धारकर्मीले बताएका छन् ।

आँधीपछि आत्तिएर एउटा तालमा हाम फालेका दर्जनौँ मानिस अझै हराइरहेका छन् भने उनीहरूको खोजी भइरहेको छ । गत अक्टोबर २४ मा फिलिपिन्समा आएको ‘ट्रामी’ यस वर्षको सबैभन्दा घातक आँधीमध्ये एक थियो ।

राष्ट्रिय विपद् निकायका अनुसार भूकम्पका कारण पाँच लाखभन्दा बढी मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् भने कम्तीमा ३६ जना हराइरहेका छन् ।

सबैभन्दा बढी प्रभावित बिकोल क्षेत्रमा प्रहरीले ३८ जनाको डुबेर मृत्यु भएको जनाएको छ ।

बिकोलका क्षेत्रीय प्रहरी निर्देशक आन्द्रे डिजोनले एएफपीसँग भन्नुभयो, “हामीलाई अझै पनि धेरै फोन आइरहेका छन् …

0 comment
0 FacebookTwitterEmail
काम्पल्यमा स्वयंवर छ भन्ने कुरा उनीहरूले थाहा त पाएका थिए तर आफूहरू किन एकचक्रा नगरीबाट काम्पल्य जाँदैछन् भनेर अर्जुनले अरुलाई सुइँको पनि दिएका थिएनन्। अरु त अरु, छोराहरू ब्राह्मण कुमारहरूको भेषमा द्रुपद महाराजको दरबारमा जाँदैछन् भन्ने माता कुन्तीसम्मलाई पनि थाहा थिएन।

द्रौपदीको स्वयंवरले राजसभामा हलचल मच्चायो। स्वयंवरमा उपस्थित राजा महाराजा र क्षत्रिय कुमारहरूमा किन रिस उठ्यो त थाहा भएन तर हीनताबोध भने भयो। राजा महाराजाको क्षमतामा एउटा ब्राह्मण कुमारले व्यंग्य गरे। व्यंग्यमात्र गरेनन्, द्रौपदीजस्ती विश्व सुन्दरीमाथि वैधानिकरूपमा अधिकार जमाए अर्थात् विवाह गर्न पाउने अधिकार प्राप्त गरे। विवाद जतिसुकै भए पनि, आपसमा युद्ध नै गरे पनि भीम र अर्जुनको रणकौशलले सबै …

0 comment
0 FacebookTwitterEmail

शुक्लाफाँटा नगरपालिका–३ जोनापुर गाउँका बन्धुराम चौधरी मुसा मार्ने कार्यमा निकै निपूण छन् । उनी बिल (दुलो) हेरेर नै त्यसमा मुसा भए/नभएकोबारे जानकारी राख्छन् । मुसा मार्ने कला उनले सानै छँदादेखि सिकेका हुन् ।

धान भित्र्याएर अहिले उनीहरू फुसर्दिला छन् । फुर्सदमा बन्धुराम मुसा मार्न व्यस्त छन् । उनले मुसा मार्न तीन जनाको टोली नै बनाएका छन् ।

राजबहादुर, भागिराम पनि दिउँसोको खाना बोकेर मुसा मार्न काँधमा फरुवा राखेर बिहानै बन्धुरामसँगै निस्कन्छन् । साँझ अबेरसम्म मुसा मारेर तीनै जना घर फर्कने गर्छन् । थारू समुदायले मुसा मारेर त्यसबाट चटनी, टिना (तरकारी), पकुवा (ओगोमा पोलेको) लगायत परिकार बनाएर खाने गर्दछन् ।

पाहुनालाई …

0 comment
0 FacebookTwitterEmail

सन् २०२३ अक्टोबर ७ मा इजरायल माथि भएको आक्रमणको मास्टरमाइन्ड मानिने हमास नेता याह्या सिनवारको मृत्युले गाजामा युद्ध विराम र बन्धकहरूको रिहाइ र मध्यपूर्वमा भइरहेको हिंसाको डी-एस्केलेसनको लागि संयुक्त राज्य अमेरिकालाई नयाँ अवसर प्रदान गरेको छ ।

शान्ति सम्झौताको प्रतिरोध गर्ने सिनवार एक्लै थिएनन् – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुपनि महिनौँदेखि बारम्बार र खुला रूपमा युद्ध विराम प्रयासहरूलाई कमजोर परिरहेको छन् । सिनवारको मृत्युले यो विनाशकारी र निरन्तर बढिरहेको युद्ध अन्त्य गर्न नयाँ गति सिर्जना गर्न सक्छ र गर्नुपर्छ ।

सन् १९६२ मा गाजाको खान युनिस शरणार्थी शिविरमा जन्मेका सिनवार सन् १९८० को सुरुवात देखि उग्रवादमा सक्रियतापूर्वक लागे । साथै इजरायलले …

0 comment
0 FacebookTwitterEmail

सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित हुलाकी सडक खण्डमा फहराइरहेका राष्ट्रिय झण्डा । झण्डाले हुलाकी सडकको सुन्दरता बढाएको छ ।

0 comment
0 FacebookTwitterEmail

नर्सरी व्यवसायी सङ्घ नेपालले आजदेखि काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको ‘दोस्रो तिहार फ्लोरा एक्स्पो, २०८१’ स्टलमा राखिएका फूलहरुको अवलोकन गर्दै सर्वसाधरण ।

0 comment
0 FacebookTwitterEmail

चीनको साङ्घाइस्थित जेड बुद्ध मन्दिर र बुद्धको मूर्ति ।

 

0 comment
0 FacebookTwitterEmail

ललितपुर पाटनको दौवहालःमा रात्रिकालीन व्यापार मेला हुने भएको छ । वडा नं १६ कार्यालयले बिहीबार यहाँ पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार स्थानीय जात्रा, पहिरन, पहिचान र संस्कृतिलाई उजागर गर्नुका साथै स्थानीय उत्पादनलाई बजारीकरण गर्ने अभिप्रायका साथ ललितपुर महानगरपालिकाको वडा नं १६ महिला समितिको आयोजनामा यही कात्तिक ११ र १२ गते साँझ ४ देखि ९ बजेसम्म रात्रिकालीन व्यापार मेला गर्न लागिएको हो ।

वडा नं १६ का अध्यक्ष निर्मलरत्न शाक्यले पर्यटनको प्रचुर सम्भावना बोकेको सहरमा बसेका स्थानीयलाई आयआर्जनमा जोड्न यो प्रयास महत्त्वपूर्ण हुने बताउनुभयो । “यो मेलामा हस्तकला महासङ्घ, पाटन पर्यटन विकास संस्थाको पनि सहयोग रहने विश्वास छ, महानगरपालिकाको दीर्घकालीन योजनालाई …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved