सन् २०२३ अक्टोबर ७ मा इजरायल माथि भएको आक्रमणको मास्टरमाइन्ड मानिने हमास नेता याह्या सिनवारको मृत्युले गाजामा युद्ध विराम र बन्धकहरूको रिहाइ र मध्यपूर्वमा भइरहेको हिंसाको डी-एस्केलेसनको लागि संयुक्त राज्य अमेरिकालाई नयाँ अवसर प्रदान गरेको छ ।
शान्ति सम्झौताको प्रतिरोध गर्ने सिनवार एक्लै थिएनन् – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुपनि महिनौँदेखि बारम्बार र खुला रूपमा युद्ध विराम प्रयासहरूलाई कमजोर परिरहेको छन् । सिनवारको मृत्युले यो विनाशकारी र निरन्तर बढिरहेको युद्ध अन्त्य गर्न नयाँ गति सिर्जना गर्न सक्छ र गर्नुपर्छ ।
सन् १९६२ मा गाजाको खान युनिस शरणार्थी शिविरमा जन्मेका सिनवार सन् १९८० को सुरुवात देखि उग्रवादमा सक्रियतापूर्वक लागे । साथै इजरायलले सन् १९८० को दशकमा सिनवारलाई कम्तीमा तीन पटक जेलमा राख्यो । सिनवारलाई इजरायली सिपाही र चार प्यालेस्टाइनीको हत्या गरेको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको थियो । इजरायली सिपाही गिलाड शालितको रिहाइको लागि कैदी साटासाटको रूपमा २०११ मा सिनवार जेलबाट रिहा भएका थिए ।
सन् २०१७ देखि हमासका प्रमुख नेता बनेका सिनवारले गएको अक्टोबर ७ को आक्रमणबाट इजरायल विरुद्ध व्यापक युद्ध सुरु गर्ने आशा गरेका थिए । सुरुमा युद्धको स्थायी अन्त्यको लागि सम्झौताहरूलाई समर्थन गरिरहने सिनवारले त्यसपछिका महिनाहरूमा कुनै पनि नयाँ इजरायली सर्तहरू सहितको सम्झौताहरूको लागि अस्वीकार गर्ने थाले ।
हमासका धेरैजसो वरिष्ठ नेतृत्व अब गाजाबाहिर बस्छन्, प्रायः दोहा, कतारमा । जसले गर्दा सम्भावित रूपमा सम्झौता गर्न सजिलो बनाउँछ। तर सम्झौता दिगो हुनको लागि कुनै पनि सम्झौताले गाजामा इजरायली सैन्य उपस्थितिको नयाँ अध्याय सुरु गर्नुभएन, युद्धको अन्त्य गर्न आवश्यक छ ।
अमेरिकी अधिकारीहरू र राष्ट्रपति बाइडेन लगायतले दाबी गरे अनुसार यदि साँच्चै सिनवार युद्ध विराम सम्झौताको अवरोध भएको भए त्यो अवरोध अब हटेको छ । संयुक्त राज्य अमेरिका र यसका साझेदारहरूसँग क्षेत्रीय द्वन्द्व बढेर जान नदिन लागि एउटा अवसर आएको छ । अमेरिकी बाइडेन प्रशासन, इजरायली नेतन्याहु सरकार र बाँकी हमास अधिकारीहरूले अब गाजामा युद्ध अन्त्य गर्नुका साथै बन्धकहरूलाई उनीहरूको घर फर्काउन कार्यमा कदम चाल्नु पर्छ । साथै सो क्षेत्रमा मानवीय सहायता पुर्याउन र जाडो मौसम नजिकिएसँगै गाजावासीहरूलाई पर्याप्त आश्रय, आपूर्ति र उनीहरूको सुरक्षा सुनिश्चित गर्न तुरुन्तै अन्य कदमहरू अगाडि बढाउनुपर्छ ।
यस सबैका लागि दुवै पक्षबाट नयाँ कूटनीतिक पहलको आवश्यकता पर्दछ । सहकार्य नगरेमा अमेरिकी बाइडेन प्रशासनले इजरायललाई हतियारहरू तथा अन्य सहयोग पनि नगर्न तयार हुनुपर्छ । अमेरिकाले एकै साथ लेबनानमा तत्काल युद्ध विरामको लागि पहल गरेर सिमानाको दुवै तर्फका नागरिकहरूलाई सुरक्षित रूपमा आफ्नो घर फर्कने वातावरण बनाउने तर्फ कार्य गर्नुपर्छ । माथिका उद्देश्यहरूमा अगाडि बढ्न बाइडेन प्रशासनले इजरायललाई इरानमा सम्भावित आक्रमणहरूबाट टाढा राख्नुपर्छ ।
जेरुसेलम र वाशिंगटन दुबैमा उठिरहेको नयाँ आवाजहरूले इजरायलले युद्धलाई अझ फराकिलो बनाएर आफ्नो फाइदा उठाउनु पर्छ भन्ने तर्कहरू अगाडी ल्याइरहेका छन् । तर अमेरिका र इजरायली नेताहरू र नीति निर्माताहरूमा ती अतिक्रमणहरूका प्रलोभनको प्रतिरोध गर्ने रणनीति हुनुपर्छ । वास्तवमा उपराष्ट्रपति कमला ह्यारिस र अन्य प्रशासनिक अधिकारीहरूको अहिलेको कथनले यही सङ्केत गरेको छ ।
झन्डै पाँच महिना राष्ट्रपति बाइडेनले आफ्नो युद्ध विराम प्रस्ताव घोषणा गर्दा अक्टोबर ७ जस्तो अर्को आक्रमण गर्न हमास सक्षम नभएको र इजरायलले आफ्नो प्रमुख सुरक्षा उद्देश्य हासिल गरिसकेको भनेका थिए । दुर्भाग्यवश महिनौँको कूटनीतिक प्रयास पछि, इजरायली नेताले आफ्नो घरेलु राजनीतिक उद्देश्यका लागि युद्धलाई लम्ब्याएको कुरा जान्दाजान्दै बाइडेन सरकारलेले नेतान्याहूमाथि कुनै पनि जबाफदेहिता लगाउन अस्वीकार गरेको कारण त्यो सम्झौता आंशिक रूपमा ओइलियो । साथै क्षेत्रीय सुरक्षा अवस्थालाई फेरबदल गर्नेछ भन्ने गलत धारणाले प्रेरित सैन्य हिंसाले इजरायल र अन्य अमेरिकी सहयोगीहरूलाई फाइदा हुने आशामा लेबनानमा इजरायली घुसपैठको लागि बाइडेन प्रशासनको मौन समर्थन अझ बढी चिन्ताजनक छ ।
यो मूर्खता हो भन्ने इतिहासले देखाउँछ । यस बाटोमा थप मृत्यु, विनाश र अराजकता आउँछ भन्ने निश्चित कुरा हो ।
हालैका समयमामा लेबनानमा इजरायलले हिजबुल्लाहको नेतृत्वको समाप्त गर्नु प्रभावशाली रणनीतिक उपलब्धि थियो भन्ने कुरामा कुनै शङ्का छैन । यद्यपि गाजामा भने ठुलो विनाश, मृत्यु र आम मानिसहरूको विस्थापन भयो। नेतन्याहुले मध्य पूर्वको तथाकथित प्रतिरोध समूह र यसको केन्द्र मानिएको तेहरानमा निर्णायक प्रहार गर्न सक्ने विश्वास गरेको देखिन्छ । इजरायलको रणनीतिक क्षमतामा कसैले शङ्का गरेको छैन तर ती जीतहरूलाई रणनीतिक जीतमा परिणत गर्न नसक्नु नै इजरायलको सधैँको समस्या रहँदै आएको छ ।
अर्कोतर्फ गम्भीर र अपमानजनक पराजयको सामना गरिरहँदा इरानले यी साना असफलताहरूलाई सधैँ रणनीतिक क्षेत्रीय लाभमा परिणत गर्ने गरेको छ । ऐतिहासिक रूपमा इरानले आफ्ना शत्रुहरूको गल्तीबाट फाइदा लिन सक्षम भएको छ । जस्तै – सन् १९८० दशकको प्रारम्भमा लेबनानमा इजरायल, सन् २००० को दशकमा इराकमा अमेरिका, सन् २०१० मा यमनमा साउदी अरब र संयुक्त अरब इमिरेट्स । यी सबै हस्तक्षेपहरूले इरानलाई नयाँ साझेदारी निर्माण गर्न र आफ्नो रणनीतिक अवस्थामा सुदृढ गर्ने अवसर प्रदान गर्यो ।
अक्टोबर ७ र गाजा युद्धबाट फैलिएको विनाश, पीडा र घृणा निको हुन सायद एक पुस्ता भन्दा बढीको समय लाग्नेछ । दसौँ हजारको ज्यान लिने र लाखौँ विस्थापित, घाइते, बिरामी, अनाथ वा भोकै बनाएको यो युद्धको अन्त्य गर्नु नैतिक र रणनीतिक दुवै आवश्यकता हो ।
यो क्षणलाई सदुपयोग गर्दै अहिलेको अन्तर्निहित द्वन्द्वहरूको वर्तमान मार्गबाट हटेर समाधान खोज्नतर्फ लाग्नु आवश्यक छ । नत्र भने यी द्वन्द्वहरूले लाखौँ मानिसहरूलाई खतरामा पार्न सक्ने ठुलो द्वन्द्वतर्फ धकेल्नेछ । संयुक्त राज्य अमेरिकासँग मात्र त्यो बाटोतर्फ डोर्याउने शक्ति, कूटनीतिक सम्बन्ध र सैन्य तथा आर्थिक प्रभाव छ। यस क्षेत्रमा भइरहेको अराजकता र विनाशको बिचमा राष्ट्रपति बाइडेनले यस अवसरलाई प्रयोग गर्नै पर्छ ।
म्याथ्यु डस सेन्टर फर इन्टरनेशनल पोलिसीका कार्यकारी उपाध्यक्ष हुन् । उनी सिनेटर बर्नी स्यान्डर्सका विदेश नीति सल्लाहकार पनि थिए ।
स्रोत: न्यूयोर्क टाइम्स्
श्रोत: आइएनएस-स्वतन्त्र समाचार