Home » Archives for December 2024 » Page 11
Monthly Archives

२०८१ मंसिर २४, सोमबार ०९:४५

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार दमास्कसमा बशर अल–असदलाई सत्ताच्यूत गरेपछि सिरियासँगको सीमामा रहेको असैन्यीकृत बफर जोन ‘कब्जा’ गर्न इजरायली सेनालाई आदेश दिएको बताउनुभएको छ ।

उहाँले दुवै देशबीच ५० वर्षको ‘विच्छेदन सम्झौता’ भत्किएको र ‘सिरियाली सेनाले आफ्नो स्थान त्याग्ने’ बताउनुभयो ।

उहाँले भन्नुभयो, “फलस्वरूप मैले हिजो आइडिएफ (सेना) लाई बफर जोन र नजिकैको कमान्डिङ स्थानहरू कब्जा गर्न निर्देशन दिएँ । हामी कुनै पनि शत्रु शक्तिलाई हाम्रो सीमामा स्थापित हुन दिनेछैनौँ ।”

इजरायली कब्जामा रहेको गोलान हाइट्सको भ्रमण गर्दा नेतान्याहुले गर्नुभएको यो घोषणा सेनाले यस क्षेत्रमा सेना तैनाथ गरेको बताएपछि आएको हो ।

इस्लामिक नेतृत्वको विद्रोहीहरू सिरियाभरि द्रुत गतिमा अघि बढ्दै …

0 comment
0 FacebookTwitterEmail

सन् २००० मा आफ्ना पिता हफेज अल–असदको मृत्युपछि सिरियाली राष्ट्रपति बसर अल असद सत्तामा आएदेखि नै उहाँको सत्ताविरूद्धको आन्दोलन गर्न सिरियाली विपक्षीहरूले गठबन्धन गर्न थालेको पाइन्छ ।

सन् २००० जुलाई १७ मा, असद आफ्ना ६९ वर्षका पिताको मृत्युपछि सिरियाको नयाँ राष्ट्रप्रमुख बन्नुभएको थियो । असदका पिता हफेजले ३० वर्षसम्म सिरियामा शासन गर्नुभएको थियो ।

सन् २००० जुन १० मा हफिजको मृत्यु भएको दिन संसद्ले राष्ट्रपति बन्नका लागि आवश्यक पर्ने न्यूनतम उमेर घटाउन संविधान संशोधन गरी असदलाई राष्ट्रपति बन्ने मार्ग प्रशस्त गरेको थियो ।

पिताको मृत्युलगत्तै उहाँलाई सशस्त्र बलको कमान्डर इन चिफ र सत्तारुढ बाथ पार्टीको नेता नियुक्त गरिएको थियो ।…

0 comment
0 FacebookTwitterEmail

पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण फेरोका २७ गाउँमा घरबास (होमस्टे) व्यवसाय सञ्चालनमा छ । बर्सेनि ठूलो सङ्ख्यामा देशविदेशका पर्यटकलाई ती घरबासले न्यानो आतिथ्यता प्रदान गर्दै आएका छन् । चित्रमय भूगोल, गाउँले रहनसहन, रैथाने खाना र आत्मीय आतिथ्य संस्कार घरबासका विशेषता हुन् ।

हिमाली काखमा सजिएका ती घरबास गाउँ पर्यटकीय याममा आगन्तुकले भरिभराउ हुन्छन् । त्यहाँ पुग्ने जोकोहीले जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिको पनि आनन्द बटुल्न पाउँछन् । कोही पदयात्रा र कोही सडकमार्ग भएर घरबास गाउँ पुग्छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार उक्त क्षेत्रका चार सयभन्दा बढी घरले घरबास सेवा दिइरहेका छन् । कतिपय घरबास एकल रुपमा …

0 comment
0 FacebookTwitterEmail

जहाँ स्वास्थ्यकर्मी हुन्छन्, त्यहाँ स्वास्थ्य संस्था हुन्छ र बिरामी वा सेवाग्राही उपचारका लागि जान्छन् । रोगको परीक्षण, पहिचान, निदान र स्वास्थ्य उपचारका लागि एक अनिवार्य शर्त स्वास्थ्यकर्मीको उपस्थिति हुनु हो । त्यसैले स्वास्थ्यकर्मीहरु स्वास्थ्य संस्थाको मरुदण्ड मात्रै हैनन्, मुख्य पात्र र अभिन्न अङ्ग नै हुन् । स्वास्थ्यकर्मीहरू हाम्रो समाज, सेवाग्राही, बिरामी, उनीहरुका परिवार र स्वास्थ्य संस्थाहरुका लागि धेरै अर्थमा नायकहरू हुन् ।

हाम्रो समाजका यिनै नायक स्वास्थ्यकर्मीहरु बिरामीको सेवामा अनवरत रुपमा चौबिसै घण्टा खटी हरेक सेवाग्राहीका लागि जस्तोसुकै अवस्थामा पनि सेवा उपलब्ध गराउँदा बिरामी वा बिरामीका आफन्तहरुबाट हिंसाको सिकार हुनु परेको कुरा तथ्यांकले देखाएको छ । यो हाम्रो आजको समाजको …

0 comment
0 FacebookTwitterEmail

सिरियाली विद्रोही हयात तहरीर अल–शाम (एचटीएस) र सहयोगी समूहले सिरियाको सरकारी नियन्त्रणमा रहेको राजधानी दमास्कसलाई घेरेर आक्रमण केन्द्रित गरिएको बताएका छन् ।

सन् २०११ मा सिरियाली राष्ट्रपति बसर अल असदले प्रजातान्त्रिक प्रदर्शनमा दमन गरेसँगै सुरु भएको सिरियाको गृहयुद्ध सुषुप्त अवस्थामा पुगेपछि नोभेम्बर २७ देखि एचटीएस नेतृत्वको गठबन्धनले राष्ट्रपति बशर अल असदको सत्ताका लागि सबैभन्दा ठूलो खतराको प्रतिनिधित्व गरेको छ ।

विद्रोही कमाण्डर हसन अब्देल घानीले सरकारविद्धको लडाई सफल भइरहेको दावी गर्दै भन्नुभयो, “हाम्रा सेनाले राजधानी दमास्कसलाई घेर्ने अन्तिम चरण सुरु गरेका छन् ।”

यसअघि उहाँले दमास्कसको ग्रामीण इलाकामा रहेको सासा (सुरक्षा) शाखालाई सेनाले नियन्त्रणमा लिएको बताउनुभएको थियो ।

एचटीएसका नेता …

0 comment
0 FacebookTwitterEmail

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । साथै तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु पनि लागेको छ । देशभरको मौसम मुख्यता सफा रहने छ ।

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षाका साथै हिमपातको पनि सम्भावना छ ।

त्यसैगरी आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भागमा साधारणतयादेखि पूर्णतया …

0 comment
0 FacebookTwitterEmail

लोकापवादका लागि पनि तर भन्न कोही पनि सक्दैनथे किनभने पितामह आफू हस्तिनापुरको रक्षक हुँ भन्ने कुरा बारम्बार भनिरहन्थे। तर पितामहलाई थाहा थियो भविष्यमा के हुनेवाला छ ……….

हस्तिनापुरका प्रमुख पात्रहरू बोल बोल मछली मुखभरी पानी भएका थिए। स्पष्ट बोल्ने मात्र महामन्त्री विदुर थिए। उनी धर्मका अवतार नै थिए। उनको कमजोरी भनेको हस्तिनापुरप्रतिको आस्था थियो, अब त्यो पनि मधुरो मधुरो हुँदै गएको उनी आफैँ पनि भ्रम र यथार्थको भुमरी थिए। महाराजका रुपमा शासन गरिरहेका दाजु धृतराष्ट्र आफैँ राज्य मोहको भुमरीमा यसरी फसेका थिए, जस्तो कि ठुलो नदीको भुमरीमा कुनै सिकारु धीवरको डुङ्गा फसेको हुन्छ। त्यस्तै मानसिक अन्तद्वन्द्वमा परेका थिए विदुर। उनलाई …

0 comment
0 FacebookTwitterEmail
देशको राजधानी, सिन्धुपाल्चोककी शान्तिमाया लामाका लागि कुनै बेला सपनाको सहर थियो । रङ्गहीन जीवनमा रङ्ग भर्ने सपनाका कारण यो सहर उहाँका लागि अन्तिम गन्तव्य बन्यो । अनि सुरु भयो उमेरले १४ नकट्दै सपना पछ्याउने यात्रा । “हो, जीन्दगी रङ्गहीन नै थियो, बुबाले अर्को बिहे गरेर हामीलाई जीवित भएर पनि टुहुरो बनाउनुभयो । लालनपालन, पठनपाठनको ठेगान थिएन, आर्थिक अवस्था कमजोर भएपछि यस्तै हुँदोरहेछ”, शान्तिमायाले भन्नुभयो, “त्यसैले सिन्धुपाल्चोकमा पूरा हुन नसकेका सपना काठमाडौँमै पूरा गर्ने अभिलाषासहित बाल्यकालमै घरको आँगन छोड्नुपर्यो ।”

कलिलो उमेर, कलिलै सपना । पुग्नु धेरै पर थियो तर उडान भर्ने कसरी ? उत्तर थिएन उहाँसँग । “धेरैले भन्ने गर्थे

0 comment
0 FacebookTwitterEmail

पछिल्लो २४ घण्टामा देशका विभिन्न १६ ठाउँमा आगलागीका घटना भए । ती आगलागीका घटनाबाट चार जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्सिर लागेपछि आगलागीका घटना बढ्न थालेको छ । दैनिक आगलागीका घटना भइरहेका छन् ।

वर्षा नभएको र चिसो मौसम बढिरहेकाले पनि अबको समय आगलागीको उच्च जोखिम हुने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउनुहुन्छ । एक त ज्वलनशील वस्तु जम्मा हुन थालेको र अर्काे जाडोमा आगो ताप्ने चलनले आगलागी र डढेलो बढ्छ । त्यहीअनुसार तयारी थालिएको पनि उहाँले बताउनुभयो ।

अबको केही समयपछि डढेलोको जोखिम पनि उत्तिकै हुने भएकाले अहिलेदेखि नै तयारी …

0 comment
0 FacebookTwitterEmail

 विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर गर्दै तत्कालीन महाप्रबन्धक सुगतरत्न कङ्साकारसहित चार जनालाई जेल सजाय सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायणसिंह राई तथा रितेन्द्र थापाको इजलासले निजहरूलाई दोषी ठहर गरेको हो ।

अदालतले निगमका तत्कालीन महाप्रबन्धक कङ्साकारलाई दुई वर्ष नौ महिना कैद हुने फैसला गरेको छ । त्यसमा बिगो रु एक अर्ब ४७ करोड १० लाखको दामासाही हुने रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवाना गरिएको छ । निजले ज्येष्ठ नागरिक ऐनअनुसार ५० प्रतिशत सजाय छुट पाउने छन् ।

निगमका सञ्चालक समितिका तत्कालीन अध्यक्ष एवं पर्यटन …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved