Home » Archives for December 2024 » Page 10
Monthly Archives

२०८१ मंसिर २६, बुधबार १६:१९

बेथानचोक गाउँपालिका–३ पानटेखोलाका फडिन्द्रप्रसाद तिमल्सिनाले गत असोज दोस्रो साता घर बगाएपछि छिमेकीको शरणमा बसेको अढाई महिना भइसक्यो । घरमा भएको १० मुरी मकै, १० मुरी तोरी र रु ३२ हजार नगदसहित एकतले पक्की घर बाढीले बगाएपछि आफूसहित पाँच जनाको परिवारसहित छमेकीको घरमा बस्दै आउनुभएको हो । “छिमेकीको घरमा दुई परिवार बस्न निकै कठिनाई छ, छाप्रो हालेर बसौँ जाडो बढेकोबढ्यै छ, घर बनाउन सक्ने क्षमता छैन, बनाउन पनि कहाँ बनाउने घर बगाएको स्थानमा बनाउनहुन्छ कि, हुन्न कसैले हेरिदिएका छैनन्” तिमल्सिनाले भन्नुभयो ।

 

तिमल्सिनाले जाडोकै कारण पाल हालेर घर बगेकै ठाउँमा बस्न नसकिएकाले एक दुई महिना शरणमै बस्नुपर्ने बाध्यता रहेको सुनाउनुभयो …

0 comment
0 FacebookTwitterEmail

बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत मङ्सिर ६ गते बिहान कास्की र मनाङको सीमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दु बनाएर चार दशमवल दुई रेक्टरस्केलको भूकम्प गएको थियो ।

पछिल्लो समय नेपालमा भूकम्प जाने क्रम जारी रहेको केन्द्रले जनाएको छ ।

नेपाल हिमालय क्षेत्र भएकाले भूकम्पको जोखिमपूर्ण क्षेत्रका रूपमा लिने गरिन्छ ।

0 comment
0 FacebookTwitterEmail

सिरियामा राष्ट्रपति बशर अल–असदलाई अपदस्थ गरी अहिले सत्तामा रहेका विद्रोहीहरूले मङ्गलबार मार्च १ सम्म देश चलाउनका लागि सङ्क्रमणकालीन सरकार प्रमुख नियुक्त गरेका छन् ।

“सामान्य कमान्डले हामीलाई मार्च १ सम्म सङ्क्रमणकालीन सरकार चलाउने जिम्मा दिएको छ”, सरकारी टेलिभिजनको टेलिग्राम अकाउन्टमा मोहम्मद अल–बशिरको नाममा जारी गरिएको विज्ञप्तिमा भनिएको छ । उहाँलाई ‘नयाँ सिरियाली प्रधानमन्त्री’ का रूपमा सम्बोधन गरिएको छ ।

इस्लामिक नेतृत्वको विद्रोही गठबन्धनले आफ्नो वंशको पाँच दशक लामो क्रूर शासनको अन्त्य गर्दै आइतबार राजधानी दमास्कसमा प्रवेश गरेपछि असद सिरियाबाट भागेको थिए ।

असदलाई जबरजस्ती बाहिर निकाल्ने आक्रमणको नेतृत्व गर्ने इस्लामिक नेता अबु मोहम्मद अल–जोलानीले सत्ता हस्तान्तरणका लागि वार्ता सुरु गरेका …

सिरियाली विद्रोहीहरूद्वारा सङ्क्रमणकालीन सरकारका प्रमुख नियुक्त
0 comment
0 FacebookTwitterEmail

नेपाल र भारतबीच समान प्रकृतिका कर प्रणाली लागू नहुँदा चोरी–तस्करी निरन्तर बढीरहेको छ । सार्वभौमसत्ता सम्पन्न देशका आ–आफ्नै शासन एवं राज्य सञ्चालनका प्रणाली पृथक भए पनि खुला सिमाना भएका कारण तस्करी रोक्न एकल प्रकृतिको कर प्रणाली नै उपयुक्त हुने आर्थिक क्षेत्रका जानकारहरूले दिएका छन् ।

वीरगञ्जका उद्योगी–व्यवसायीले पनि खुला सीमानाकाबाट हुने तस्करी नियन्त्रण गर्न भारतले लागू गरेको वस्तु तथा सेवा कर (जिएसटी) र हाम्रो भन्सार मूल्याङ्कन प्रणालीबीच तालमेल हुनुपर्ने माग गरेका छन् ।

भारत सरकारले कार्यान्वयन गरेको वस्तु तथा सेवा कर (जिएसटी) र हाम्रो भन्सार मूल्याङ्कन प्रणालीमा एकरूपता नहुँदा सीमावर्ती क्षेत्रमा चोरी तस्करीका घटना बढेकाले उनीहरूले त्यस्तो माग गरेका हुन् …

0 comment
0 FacebookTwitterEmail
यस वर्षको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आज मङ्गलबार सम्पन्न हुँदैछ । यसबीचमा सरकारी र गैरसरकारी सङ्घसंस्थाले ‘हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ विविध कार्यक्रम गरी यस अभियानमा ऐक्यबद्धता जनाएका छन् । योबीचमा औपचारिक वा अनौपचारिक कार्यक्रम मात्रै होइन नेपालमा हिंसाको स्थितिबारे थुप्रै अध्ययन प्रतिवेदनसमेत प्रकाशन गरिएका छन् । त्यसमध्ये दलित महिला सङ्घ (फेडो) सँगको सहकार्यमा पङ्क्तिकारले पनि यसै अभियानलाई लक्षित गरी ‘जातीय तथा लैङ्गिक आधारमा महिला र बालिकामाथि हुने हिंसासम्बन्धी अध्ययन’ गरेको थियो । यो र अन्य निकायका प्रतिवेदन हेर्दा महिलामाथि हुने हिंसाको ‘मूल कारक’ नै परिवार रहेको थाहा हुन्छ ।
अध्ययनमा
0 comment
0 FacebookTwitterEmail
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ सोमारेकी ३४ वर्षीया शेर्पा थरकी एक महिलाको अनुभवले सगरमाथा क्षेत्रका महिलाहरूमा जलवायु परिवर्तनको असरलाई उजागर गरेको छ । उहाँको महिनावारी अनियमित भएको मात्र होइन, काठमाडौँमा उपचारपछि सामान्य भए पनि गाउँ फर्किंदा समस्या पुनः दोहोरिन थाल्यो । “यहाँको हावापानीले गर्दा यस्तो भएको हो कि भन्ने लागेको छ”, उहाँले बताउनुभयो । प्रजनन्मै आएको समस्याले केही समय आफ्नो गाउँ छोडेर काठमाडौंमा बस्न थालेको अनुभव समेत शेर्पाले सुनाउनुभयो ।
उच्च हिमाली भेगमा बसोबास गर्ने महिलाहरूमा महिनावारी अनियमित र बाँझोपनको समस्या सामान्य जस्तै हुँदै गएको छ । खुम्बु क्षेत्रका स्वास्थ्यकर्मी ङिमडोमा शेर्पाका अनुसार धेरैजसो महिलाहरू स्वास्थ्य संस्था पुग्दा प्रजनन्सम्बन्धी समस्या लिएर
0 comment
0 FacebookTwitterEmail
चार वर्षदेखि ठेक्का लिएर काम नगरेको भन्दै पूर्वाधार विकास कार्यालय जाजरकोटले ठेक्का तोड्न अन्तिम पत्र लेखेको छ । पटकपटक काममा फर्कन आग्रह गरे पनि निर्माण व्यवसायी सम्पर्कमा नआएको भन्दै ‘किन ठेक्का नतोड्ने’ भन्दै अन्तिम पत्र लेखेको हो ।

विसं २०७८ साउन २९ गते लिएको ठेक्काको हालसम्म काम नभएपछि कार्यालयले अन्तिम पटक सार्वजनिक रूपमा पत्रिकामा सूचना निकालेर काम नगर्नुको कारणसहित स्पष्टीकरण माग गरेको कार्यालय प्रमुख एवं इञ्जिनियर भूपेन्द्रप्रसाद जैसीले बताउनुभयो ।

उहाँका अनुसार विसं २०७८ साउन २९ गते भएको सम्झौता अनुसार बारेकोट गाउँपालिका–८ सागुतरा र नलगाड नगरपालिका–५ सिर्के जोड्ने मोटरेबल पुल निर्माण नगरेको भन्दै नेपाल मेगा–सिस्ने जेभी नेपालगञ्ज–२ बाँकेलाई अन्तिम पत्र

0 comment
0 FacebookTwitterEmail

मध्य फिलिपिन्समा सोमबार ज्वालामुखी विस्फोट भएको छ ।

ज्वालामुखीका कारण आकाशमा व्यापक खरानी उडिरहेको छ भने सरकारले आसपासका गाउँहरूबाट सुरक्षितस्थलमा जान स्थानीयहरूलाई आदेश दिएको छ ।

नेग्रोसको टापुमा समुद्र सतहबाट दुई हजार ४०० मिटरभन्दा माथि उठेको कान्लाओन पहाड ज्वालामुखीका लागि फिलिपिन्सका २४ सक्रिय स्थानमध्ये एक हो ।

‘फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एण्ड सिस्मोलोजी’ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “स्थानीय समयअनुसार अपराह्न ३:०३ बजे ज्वालामुखी विष्फोट भएको हो ।

“सबै स्थानीय सरकारी एकाइहरूलाई ज्वालामुखी बिस्फोट भएको पहाडबाट छ किलोमिटरको क्षेत्र खाली गर्न सल्लाह दिइएको छ र गतिविधि आवश्यक भएमा थप टाढा जान तयार रहनुपर्नेछ,” विज्ञप्तिमा भनिएको छ।

ज्वालामुखीको दक्षिणपश्चिम क्षेत्रमा रहेको

0 comment
0 FacebookTwitterEmail

धौलागिरि गाउँपालिका–३ मुनाको बञ्चरेडाँडा जङ्गलमा सङ्कटापन्न जङ्गली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ ।

समुद्री सतहबाट दुई हजारदेखि चार हजार आठ सय मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ । मुना मालिका पुगेर फर्कने क्रममा आइतबार धौलागिरि गाउँपालिका जनप्रतिनिधि र कर्मचारीको टोलीले समुुद्री सतहदेखि तीन हजार एक सय मिटर उचाइमा रेडपाण्ड भेटाएका हुन् ।

धौलागिरि गाउँपालिकाका कर्मचारी तेजिन्द्र पुनले रेडपाण्डाको तस्वीर र भिडियो खिचेर वन प्राविधिकलाई उपलब्ध गराउनुका साथै सार्वजनिक गर्नुभएको थियो । साविक मुना गाविसको जङ्गलमा पहिलोपटक रेडपाण्डा भेटिएको स्थानीय पुनले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णुप्रसाद अधिकारीले बञ्चेडाँडामा भेटिएको उक्त जनावर रेडपाण्डा …

0 comment
0 FacebookTwitterEmail

भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयासहरू परिणाममुखी हुन नसक्दा देशमा सुशासनको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको छ । आज ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ मनाइरहँदा नेपालमा भ्रष्टाचार निवारण तथा सुशासन कायम गर्न भएका प्रयास र त्यसको उपलब्धिबारे गम्भीर समीक्षा गर्नुपर्ने जानकार तथा सरोकारवाला बताउँछन् ।

भ्रष्टाचार निवारणमा सरकार असफल देखिएको, कमजोर न्याय प्रणाली, नीतिगत अस्पष्टता एवं तिनको कार्यान्वयनमा देखिएका उल्झनले सुशासन कायम हुन नसकेको ट्रान्सपरेन्सी इन्टरनेसनललगायत संस्थाहरुले औँल्याउँदै आएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन, महालेखा परीक्षकको प्रतिवेदनजस्ता सरकारी निकायकै आधिकारिक दस्तावेज र तथ्य–तथ्याङ्कले मुलुकमा भ्रष्टाचार बढिरहेको पुष्टि गर्छ ।

मुलुकको हालको अवस्थाले भ्रष्टाचार कम भएको सङ्केत र सुधार हुने …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved