Home » Archives for December 2024 » Page 9
Monthly Archives

२०८१ मंसिर २९, शनिबार १६:४०

राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप ‘एचपिभी खोप’ समावेश गरिएको छ । एचपिभी खोपले पाठेघरको क्यान्सर रोगबाट बचाउन सहयोग गर्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपिभी अर्थात् ‘ह्युमन प्यापिलोमा भाइरस’लाई मानिन्छ ।

सरकारले जापनिज इन्सेफ्लाइटिस, दादुरा र रुबेला, टाइफाइड, निमोनिया, पोलियो, भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपटाइटिस्–बी, हेमोफिलस इन्फ्लुएञ्जा बी, क्षयरोग गरी ११ वटा रोगविरुद्धको खोप निःशुल्क दिँदै आएकामा पाठेघरको मुखको क्यान्सरको खोप पनि थपिएको हो ।

एघार वटा रोगविरुद्धका खोपहरु शिशु जन्मेको १५ महिनाभित्र पूरा गरिसक्नुपर्छ भने थपिएको एचपिभी खोप कक्षा ६ मा अध्ययनरत छात्रा र विद्यालय नजाने १० वर्षकी किशोरीलाई लगाइनेछ । राष्ट्रिय खोप तालिकामा एचपिभी खोप …

0 comment
0 FacebookTwitterEmail

फिलिपिन्सको राजधानीमा शनिबार बिहान  भएको एक  आवासीय आगलागीमा पाँच जनाको मृत्यु भएको फिलिपिन्सको अग्नि सुरक्षा ब्यूरोले जनाएको छ ।

स्थानीय समय अनुसार बिहान ७ः१४ बजे सुरु भएको आगलागीले नाभोटास सहरको एउटा घर ४० मिनेटभन्दा कम समयमै ध्वस्त पारेको र त्यसमा ४१ वर्षीया महिला र १७ वर्षका चार युवतीसहित पाँच जनाको मृत्यु भएको ब्यूरोले जनाएको छ ।

घाइतेहरूलाई स्थानीय अस्पतालमा लगिएको थियो ।

आगलागीको कारणबारे अग्निनियन्त्रकहरूले अनुसन्धान गरिरहेका छन् ।

0 comment
0 FacebookTwitterEmail

महिनावारी एक प्राकृतिक प्रक्रिया हो, जसले सृष्टि र जीवनलाई चलाउन महत्वपूर्ण भूमिका निभाउँछ । महिनावारी विभेदका कारण र प्रभावका विषयमा दर्जनौँ प्रश्नहरु छन् । अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइरहँदा यो पवित्र प्रक्रिया, जसले सृष्टि चलाउँछ, उसैलाई किन अपवित्र बनाइयो ? शुद्धता र अशुद्धताको ट्याग कसले लगायो ? कल्पना गरौंँ, महिनावारी नै भएन भने के होला ? सृष्टि कसरी चल्ला ? सृष्टि चलाउने यो प्राकृतिक प्रक्रियालाई सम्मान गर्नुको सट्टा समाजले किन अपमान गरिरहेको छ ? महिनावारी हुने व्यक्तिलाई दोस्रो दर्जाको नागरिक किन बनाइएको होला ? के महिनावारी नभएको भए संसारमा जीवनको अस्तित्वमा रहन्थ्यो त ? महिनावारी र प्रजनन् प्रक्रियासँगै, जीवनको उत्पत्ति …

0 comment
0 FacebookTwitterEmail

नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन हुँदैछ । आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

केन्द्रीय अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाको उम्मेदवारी परेको छभने वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईँ, दीपक आचार्य र रोसन पुरीले उम्मेदवारी दिनुभएको छ ।

यसैगरी, महिला उपाध्यक्षमा गङ्गा पौडेल र नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साह, महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिनुभएको छ ।

आज केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ …

0 comment
0 FacebookTwitterEmail

शुक्लाफाँटा नगरपालिका चुरेफेदीको बस्तीमा विपद्जन्य गतिविधि बढ्दै जान थालेकामा बेलडाँडीका चन्द्रबहादुर चौधरी निकै चिन्तित छन् ।

बर्सेनि वर्षात्का बेला चुरे क्षेत्रमा निरन्तर जाने पहिरोबाट खोलामा बालुवा, गेग्रान, ढुङ्गालगायत भरिएर चौधरीको घरसम्म बाढीको पानी पुग्ने गरेको छ । खोला र जमिनको सतह बराबर भएपछि खोलाको पानी घरसम्म पुग्न थालेको उहाँ बताउनुहुन्छ ।

दुई वर्षदेखि बेलडाँडीमा वनहरा नदी र अनौखी खोलाको बाढी पस्न थालेको हो । “यस वर्ष भदौको अन्तिम साता बाढीको पानी गाउँमा पस्दा डुबान र पटानका कारण बालीनालीमा मात्र क्षति भयो, समयमै जानकारी पाइएपछि मानवीय क्षति हुन पाएन”, चौधरीले भन्नुभयो, “गत वर्ष चुरेमा वर्षा हुँदा राति १ः०० बजेको समयमा बाढी …

0 comment
0 FacebookTwitterEmail

गोलान हाइट्समा इजरायली र सिरियाली सेनालाई छुट्याउने संयुक्त राष्ट्रसङ्घद्वारा नियन्त्रित बफर जोनबाट पछि हट्न फ्रान्सले आग्रह गरेपछि इजरायलले बिहीबार ‘आफ्नो रक्षाका लागि कार्य जारी राख्ने’ बताएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार सिरियाली राष्ट्रपति बशर अल–असदलाई विद्रोहीहरूले सत्ताबाट हटाएपछि गोलान हाइट्सको सिरियाली नियन्त्रित भागमा रहेको असैन्यीकृत क्षेत्रलाई ‘कब्जा’ गर्न सेनालाई आदेश दिएको घोषणा गर्नुभएको थियो ।

इजरायलले बिहीबार आफ्नो रक्षा गर्ने उद्देश्यले कब्जा गरिएको बताएको थियो । “यो सीमा नजिकै सक्रिय जिहादी समूहहरूद्वारा उत्पन्न खतराहरूका कारण रक्षात्मक कारणले आवश्यक थियो”, विदेश मन्त्रालयका प्रवक्ता ओरेन मार्मोर्स्टेनले एक्समा भन्नुभयो, “इजरायलले आफ्नो रक्षा गर्न र आवश्यकता अनुसार आफ्ना नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न …

0 comment
0 FacebookTwitterEmail

टाइम म्यागजिनले बिहीबार अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई ‘पर्सन अफ द इयर’ घोषित गरेको छ । यसले उहाँको आश्चर्यजनक राजनीतिक पुनरागमनलाई स्वीकार गरेको छ ।

नोभेम्बर ५ को निर्वाचनमा उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्नुहुने ट्रम्पले आफ्नो विशिष्ट रातो टाई लगाएर र चिन्तनशील मुद्रामा पत्रिकाको शीर्षक आवरण सजाउनुभएको छ ।

“ऐतिहासिक पुनरागमनलाई सङ्गठित गर्न, एक पुस्ताको राजनीतिक पुनर्संरचना गर्न, अमेरिकी राष्ट्रपतिलाई पुनः आकार दिन र विश्वमा अमेरिकाको भूमिकालाई परिवर्तन गर्न डोनाल्ड ट्रम्प टाइमको २०२४–पर्सन अफ द इयर हुनुहुन्छ ।”

यस वर्ष ट्रम्पलाई व्यापारिक घोटालाको अभियोगमा दोषी ठहर गरियो र दुईपटक हत्याको प्रयास गरियो – र अन्त्यमा दुवै सदनमा रिपब्लिकन बहुमतका साथ …

0 comment
0 FacebookTwitterEmail

क्यालिफोर्नियास्थित भान्डेनबर्ग स्पेस फोर्स बेसमाथि ड्रोन उडाएको आरोपमा एक चिनियाँ नागरिकमाथि अभियोग लगाइएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ।

सान फ्रान्सिस्कोबाट चीन जाने विमानमा चढ्ने तयारीमा रहेका ३९ वर्षीय यिन पियाओ झोउलाई पक्राउ गरिएको अधिकारीहरूले बताएका छन्।

अमेरिकी महान्यायाधिवक्ता मार्टिन एस्ट्राडाले भन्नुभयो, “ती प्रतिवादीले अमेरिकी कानुनविपरीत सैन्य अखडामाथि ड्रोन उडाएका र शिवरको आधारको फोटो खिचेका थिए।”

उहाँले भन्नुभयो, “हाम्रो राष्ट्रको सुरक्षा सर्वोपरि महत्वको छ र मेरो कार्यालयले हाम्रो देशको सैन्य कर्मचारी र सुविधाहरूको सुरक्षामा वृद्धि गर्नेछ।”

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बिहीबार नियमित पत्रकार भेटमा यस सम्बन्धमा ‘सोधिएको प्रश्नमा आफूलाई जानकारी नभएको’ बताउनुभएको छ।

चार्जिंग डकुमेन्टका अनुसार भ्यान्डेनबर्गमा रहेको डिटेक्सन …

0 comment
0 FacebookTwitterEmail

हेटौँडा उपमहानगरपालिका–१४ का गोकुल ढुङ्गाना टाटा सुमोमा कोचिएर बल्खु–सिस्नेरीको बाटो हुँदै हेटौँडासम्मको धेरैपटक यात्रा गर्नुभएको छ । चाडपर्वको समयमा त चालकसहितको ११ सिटको टाटासुमोमा कोचिएर १३ जनाले पनि यात्रा गरेको उहाँलाई हिजो जस्तै लाग्छ । अहिले यही रुटमा भने सार्वजनिक विद्युतीय सवारीसाधन ‘इभी हाइस’ सञ्चालन भएदेखि उहाँजस्तै धेरै यात्रुले केही हदसम्म भए पनि सहज महसुस गर्दै आइरहेका छन् । ‘‘टाटा सुमोमा तीन जनाको सिटमा कोचिएर चार जना यात्रुले यात्रा गर्दा निकै सकस हुन्थ्यो,’’ यात्रु ढुङ्गानाले भन्नुभयो, ‘‘अहिले त छिटफुट रुपमा चल्ने इभी हाइसले तुलनात्मक रुपमा धेरै सहज बनाएको छ । यसले त कम्तीमा सिट सङ्ख्या अनुसारकै यात्रु ओसार्ने भएकाले पनि …

0 comment
0 FacebookTwitterEmail
के तपाईंले अध्यारो कोठामा आफ्ना नानीबाबुको तस्बिर खिच्दा आँखाको नानीको कालो भागमा सेतो टीका देखिन्छ ? यदि देखिन्छ भने सचेत हुनुहोला । यो सुझाव हो आँखाको क्यान्सर विशेषज्ञ डा पूर्णिमा राजकर्णीकार स्थापितको । उहाँ भन्नुहुन्छ, “यस्तो हुँदा सचेत रहनुहोला र अन्य लक्षणहरू पनि ख्याल गर्नुहोला !”

आँखा असामान्य रूपमा रातो हुने, दुख्ने, आँखाको आकार ठूलो हँदै जाने, बाहिरतिर आउने, आँखाको डेढोपन र आँखा सुक्दै जाने लक्षणहरू देखिन्छन् भने बालबालिकाको आँखामा हुने क्यान्सर जस्तो घातक रोग ‘रेटिनोब्लास्टोमा’ हुनसक्छ ।   “पाँच वर्षमुनिका बालबालिकामा यी लक्षणहरू देखिए तुरुन्त पहिचान र उपचार हुनुपर्छ”, तिलगङ्गा आँखा प्रतिष्ठानका ओकुलर ओन्कोलोजिस्ट र ओकुलोप्लास्टिक सर्जन डा स्थापित भन्नुहुन्छ,

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved