राजधानीको सिनामङ्गल स्थित ब्रिजवाटर एजुकेसन फाउन्डेसनले गत शुक्रवार राष्ट्रिय नाचघरमा सम्पन्न एक भव्य समारोहका बिच नेपालको राष्ट्रिय जीवनमा उल्लेखनीय योगदान पुर्याउनु हुने तीन जना ख्यातिप्राप्त विशिष्ट व्यक्तित्वलाई अभिनन्दन गरेको छ। वार्षिक रूपमा गरिने सो अभिनन्दन समारोहको मुख्य अतिथि माननीय स्वास्थ्य एवं जनसङ्ख्या मन्त्री प्रदीप पौडेल हुनुहुन्थ्यो। माननीय मन्त्रीले आफ्नो मन्तव्यमा ब्रिजवाटर एजुकेसन फाउन्डेसनले अभिनन्दनको उत्कृष्ट परम्परा कायम गर्दै अगाडि बढेकोमा ब्रिजवाटर एजुकेसन फाउन्डेसनका लागि प्रशंसा र शुभेच्छा प्रकट गर्नु भएको थियो।
अभिनन्दित व्यक्तितवहरूमा शिक्षातर्फ: शिक्षाविद् प्रा. डा. मनप्रसाद वाग्ले, पत्रकारिता तर्फ वरिष्ठ टेलिभिजन पत्रकार एवं अन्तर्वार्ताकार श्री दीलभुषण पाठक एवं बैङ्किङ एवं वित्त तर्फ राष्ट्रिय वाणिज्य बैङ्कका मुख्य कार्यकारी अधिकृत …
