Home » Archives for March 2025
Monthly Archives

२०८१ चैत्र १७, सोमबार १६:०५

प्रतिनिधिसभाको आजको बैठकले नागरिकता विधेयकसहित तीनवटा विधेयक छलफलका लागि समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।

आजको बैठकमा गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव पेस गर्नुभएको थियो। उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ।

आजै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेस गर्नुभएको उक्त प्रस्ताव पनि सर्वसम्मत्तिले स्वीकृत भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ लाई दफावार छलफलका …

नागरिकतासहित तीनवटा विधेयक छलफलका लागि समितिमा पठाइयो
0 comment
0 FacebookTwitterEmail

धुलिखेलको महाभारत गाउँपालिका–५ मुख्य टोलका नीरज पुलामीले कफीखेतीबाट आम्दानी लिन थाल्नुभएको तीन वर्ष भयो । मकैको तुलनामा कफी खेतीबाट धेरै आम्दानी हुने भएपछि अहिले उहाँ मकै छाडेर कफी खेतीमा लाग्नुभएको छ ।

यसअघि उहाँ मकै खेतीको भरमा हुनुहुन्थ्यो । तीन वर्ष अगाडि छ सय बोट कफी रोपेर खेती सुरु गर्नुभएका उहाँले हाल नयाँ बोटहरु रोप्ने तयारीमा बारीभरि खाल्डो खन्नुभएको छ । “यसवर्ष मात्रै चार सय किलो फल्यो”, उहाँले भन्नुभयो, “केही बिक्री भयो, केही बाँकी छ ।” दाजुभाईकोसहित गरेर उहाँहरुले १८ रोपनीमा कफी लगाउनुभएको छ । कफी काँचो प्रति केजी रु एक सय ३० र सफा गरेर सुकाएपछि रु आठ सय …

0 comment
0 FacebookTwitterEmail

ईरानी राष्ट्रपति मसौद पेजेश्कियनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गर्नुभएको छ। उहाँले ईरान वार्ताको विपक्षमा नभए पनि अमेरिकासँग सिधै बस्न नचाहने बताउँदै, केवल अप्रत्यक्ष वार्ताका लागि तयार रहेको स्पष्ट पार्नुभयो। ट्रम्प प्रशासनले यदि तेहरानले सम्झौतामा सहमति नगरे बम आक्रमण र थप आर्थिक नाकाबन्दीको चेतावनी दिनुभएको छ ।

राष्ट्रपति पेजेश्कियनले मन्त्रिपरिषद् बैठकपछि भन्नुभयो कि अमेरिका पहिले आफ्नो गल्ती सुधार्नुपर्छ। उहाँका अनुसार, जबसम्म अमेरिका विश्वास जित्न सक्दैन, तबसम्म प्रत्यक्ष वार्ता सम्भव छैन। ईरानले अमेरिकी राष्ट्रपतिको पत्रको जवाफ ओमानमार्फत पठाएर प्रत्यक्ष वार्ताको प्रस्ताव अस्वीकार गरेको जानकारी दिनुभयो।

यसबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले एनबीसीलाई दिएको अन्तर्वार्तामा भन्नुभयो कि यदि ईरानले सम्झौतामा सहमति …

0 comment
0 FacebookTwitterEmail

महत्व नबुझेर अहिलेसम्म वनजङ्गलमा खेर गइरहेको चुत्रो र गुर्जोले बजार पाउन थालेको छ । चुत्रो र गुर्जो प्रशोधन गरेर औषधि निर्माण गर्ने उद्योग स्थापना भएपछि अहिलेसम्म वनजङ्गलमा खेर गइरहेको चुत्रो र गुर्जो सङ्कलन गर्न किसानलाई भ्याइनभ्याइ भएको हो ।

कुश्मा नगरपालिका–५ स्थित कालीगण्डकी किनारमा सञ्चालनमा आएको चिनियाँ कम्पनी छिफु बायोटेक्नोलोजी प्रालिले चुत्रोको जरा, डाँठ र गुर्जो प्रशोधन गर्न थालेको हो । रु आठ करोड लगानीमा साढे ४२ रोपनी जमिन भाडामा लिएर कम्पनी सञ्चालन गरिएको छ । यस कम्पनीमा तीन चिनियाँ र ३१ नेपाली कार्यरत छन् ।

कम्पनीले गुर्जो र चुत्रो सङ्कलन गरेर बिक्री गर्न ल्याउने सङ्कलकलाई चुत्रोका डाँठको प्रतिकिलो रु …

0 comment
0 FacebookTwitterEmail

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरु भएको छ । दोस्रो याममा १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार हुने भएको हो । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार गर्नका लागि बोलपत्र आह्वान गरेको थियो ।

दोस्रो याममा सिकार खेल्न हिमालयन वाइल्डलाइफ आउटफिर्टस प्रालि, ट्रयाक्स एण्ड ट्रेल्स प्रालि, हिमालयन सफारिज प्रालि, ग्लोबल सफारिज नेपाल, नेपाल ट्राभल एक्सपिडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिज गरी छवटा कम्पनीले अनुमति पाएका छन् । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागबाट अनुमति पाएका सिकारी ढोरपाटन सिकार आरक्षको विभिन्न ब्लकमा सिकार खेल्न आउन थालेका छन् ।…

0 comment
0 FacebookTwitterEmail

म्यान्मामा गएको ठूलो भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ६४४ पुगेको छ भने तीन हजार ४०८ जना घाइते भएका छन् । खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

मध्य म्यान्माको सागिङ सहरको उत्तरपश्चिममा शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको र त्यसको केही मिनेटपछि ६.७ म्याग्निच्युडको पराकम्प आएको थियो ।

भूकम्पले म्यान्मामा भवन, पुल र सडकका साथै १७ लाखभन्दा बढी मानिसहरूको घरमा क्षति पुगेको थियो ।

म्यान्मामा कम्तीमा एक हजार ६४४ जनाको मृत्यु भएको र करिब तीन हजार ४०८ जना घाइते भएको म्यान्मा सरकारले विज्ञप्तिमा जनाएको छ । उक्त भूकम्पको कारण बैङ्ककमा थप १० जनाको मृत्यु भएको र कम्तीमा १०० …

0 comment
0 FacebookTwitterEmail

रुपन्देहीको मर्चवार लिफ्ट सिंचाइ जल उपभोक्ता संस्था मूल समितिको निर्वाचनमा उपाध्यक्ष पद निर्विरोध भएको छ भने तीन पदका लागि प्रतिस्पर्धा हुने भएको छ ।

संस्थाको मूल समिति चयन प्रक्रिया अन्तर्गत वरिष्ठ उपाध्यक्षमा राम अवध मिश्र र महिला उपाध्यक्षमा मन्सादेबी गुप्ताको एकल उम्मेदवारी परेकाले उक्त पद स्वतः निर्विरोध घोषित भएको हो ।

निर्वाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्ष पदका लागी भने प्रतिस्पर्धा हुने भएको निर्वाचन समितिले जनाएको छ । आइतबार दिउँसो ३ देखी ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय सीमा तोकिएको छ ।

संस्थाको अध्यक्ष पदमा वर्तमान अध्यक्ष नजीर अहमद खाँ, फिरोज अहमद खाँन र राजेन्द्र प्रसाद यादवले उम्मेदवारी दिनुभएको छ । …

0 comment
0 FacebookTwitterEmail

जिल्ला प्रहरी परिसर काठमाडौँले तीनकुने क्षेत्रमा भएको मानवीय र भौतिक क्षतिको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पूर्वराजाका समर्थकद्वारा तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको लागि पूर्वअनुमति लिई भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्रसमेत तोडी निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्रलगायत यातायातका सवारी साधनमाथि तोडफोड भएको प्रहरीले जनाएको छ ।

प्रहरीले मानवीय र भौतिक क्षति भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै क्षतिको विवरणसमेत सार्वजनिक गरेको छ । तीनकुने घटनामा परी कीर्तिपुर–४ का सविन महर्जनको उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको घोषणा गरिएको प्रहरीले जनाएको छ । तीनकुनेस्थित मार्बल हाउसमा सुरेश रजक मृत अवस्थामा फेला परेको प्रहरीले …

0 comment
0 FacebookTwitterEmail

पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका पत्रकार तथा सञ्चारकर्मी सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

नेपाल पत्रकार महासङ्घको अगुवाइमा पत्रकार रजकको मृत्युको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारबाहीको माग गर्दै आज बिहान माइतीघरमा विरोध प्रदर्शन गरिएको छ ।

शुक्रबार पूर्वराजा समर्थकहरूको समूहले गरेको आन्दोलनको भिडिओ खिच्ने क्रममा एभिन्युज टेलिभिजनका क्यामेरापर्सन रजकको शव जलेको अवस्थामा भेटिएको थियो ।

पत्रकार महासङ्घका कार्यबाहक अध्यक्ष दीपक आचार्यले पत्रकारको जिउधनको सुरक्षाका लागि सम्पूर्ण पत्रकारहरू एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले मृतक पत्रकार रजकलाई न्याय दिलाउन महासङ्घ निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विरोध प्रदर्शनमा पत्रकार महासङ्घका पूर्वअध्यक्षहरू तारानाथ दाहाल, धर्मेन्द्र झा, शिव …

0 comment
0 FacebookTwitterEmail

नेपालमा राजतन्त्र पुनर्स्थापना गर्ने मागसहित केही मानिसहरू आन्दोलनमा उत्रिएका छन् ।  विशेष गरी पछिल्लो समय देशका विभिन्न स्थानमा “राजा आऊ देश बचाऊ” जस्ता नारासहित प्रदर्शनहरू भएका छन् । आज राजधानीमा यस्तै नारा लागिरहेको छ । देशमा फैलिँदै गएको राजनीतिक अस्थिरता, भ्रष्टाचार र वर्तमान गणतान्त्रिक व्यवस्थाप्रतिको असन्तुष्टिलाई यी नाराहरूले झल्काएको छ तर यो नारा सफल हुने सम्भावना छ त? यस आन्दोलनले नेपालमा कस्तो असर पार्ला भन्ने प्रश्नको जवाफ विभिन्न पक्षबाट विश्लेषण गरिनुपर्दछ । यसका लागि कम्युनिस्ट विद्रोहबाट अपदस्थ भएका विभिन्न तीन देशका राजतन्त्र पुनर्स्थापनाका माग र अनुभवबारेका उदाहरणहरू हेरौँ ।

सन् १९९० पछिको समयमा कम्बोडिया नै एक मात्र देश हो, जहाँ …

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved