Home » कृषि » Page 6
Category:

कृषि

रसुवाको उच्च हिमाली तथा पहाडी क्षेत्रमा उत्पादन भएको बर्खे आलु बजारमा पुग्न थालेको छ। असारको अन्तिम सातादेखि आलु खन्न सुरु भएसँगै व्यापारीहरू किसानको घरघरमै पुगेर आलु खरिद गर्न थालेका छन्।

आलु उत्पादक किसान योपासाङ थोक्रा तामाङका अनुसार किसानले प्रतिपाथी रु १२० का दरले आलु बिक्री गरिरहेका छन्। यस वर्ष बजारमूल्य राम्रो रहेकाले किसान उत्साहित भएका छन्। अर्का किसान रामकाजी थोक्राले फागुनमा रोपिएको आलु यस वर्ष हिउँदे वर्षा राम्रो भएकाले उल्लेख्य उत्पादन भएको बताए। उत्पादन बढेसँगै किसानले राम्रो आम्दानीको अपेक्षा गरेका छन्।

नुवाकोटका उपभोक्ता जनार्दन न्यौपानेका अनुसार प्राङ्गारिक मल प्रयोग गरी उत्पादन गरिने आलु स्वादिष्ट र गुणस्तरीय हुने भएकाले वर्षभर नै …

0 comment
0 FacebookTwitterEmail

‘कालो सुन’का रूपमा परिचित अलैँचीले लमजुङका किसानको जीवनस्तर सुधारमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। विसं २०४१ देखि लमजुङ जिल्लामा विस्तार हुन थालेको सो खेती अहिले प्रमुख नगदे बालीका रूपमा स्थापित भएको छ।

पहाडी भूगोल, चिस्यानयुक्त वातावरण तथा खोल्सा–खोल्सी र छाया पर्ने जमिन अलैँची खेतीका लागि उपयुक्त मानिन्छ। यही कारण जिल्लामा यसको खेती विस्तार हुँदै गएको छ। वैदेशिक रोजगारीबाट फर्किएका युवा त्यस खेतीतर्फ आकर्षित हुन थालेपछि लमजुङ अलैँची उत्पादनको महत्त्वपूर्ण क्षेत्रका रूपमा परिचित बन्दै गएको छ।

मर्स्याङ्दी गाउँपालिका–७ छिनखोलाका अजय तामाङ दुबईबाट फर्किएर नगदेबालीमा लागेका छन्। उनले ४० रोपनीमा अलैँची खेती विस्तार गरेका छन्। दाना र बिरुवा बिक्रीबाट उहाँले वार्षिक करिब …

0 comment
0 FacebookTwitterEmail

सोमबार परेको अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा मौरीपालन व्यवसायमा ठूलो क्षति पुगेको छ।

पालिकाको मनिखोला र लालपर्सा क्षेत्रमा चरनका लागि राखिएका सयौँ मौरीघार बगाउँदा तथा मौरीगोला नष्ट हुँदा करिब रु ६० लाखबराबरको प्रारम्भिक क्षति भएको अनुमान गरिएको छ।

रत्ननगर नगरपालिकाको कृषि विकास शाखाका प्रमुख प्रवीण लामाका अनुसार वडा नं ११ अन्तर्गत पन्कन्या सामुदायिक वन क्षेत्रस्थित मनिखोला र वडा नं ९ को लालपर्सामा राखिएका मौरीघार बाढीले बगाएको तथा मौरीगोला नष्ट गरेको हो। अधिकांश घारमा मह निकाल्ने समय भइसकेकाले थप आर्थिक क्षति भएको उनले बताए।

मनिखोला क्षेत्रमा शङ्कर भट्ट (रत्ननगर–१२) का २५० घार, रोशन विक (रत्ननगर–४) का ७० घार …

0 comment
0 FacebookTwitterEmail

इलामको चुलाचुली गाउँपालिका–३ का किसान प्रविण इङनामलाई आजकल फुर्सद छैन। उनको अधिकांश समय ड्रागन फ्रुटको स्याहारसुसार गर्दै बगानमा बित्ने गरेको छ। श्रीअन्तुमा घाम उदाएदेखि साँझ घाम नडुब्दासम्म उनी ड्रागनको रेखदेख गर्न लागिपर्छन्।

सात वर्षअघि स्थापना गरिएको ‘भिलेज एग्रो फार्म’ आज जिल्लामै धैरै ड्रागन फल उत्पादन तथा बिक्रीवितरण गर्ने फार्मका रूपमा परिचित छ। उनले उक्त खेतीबाट वार्षिक १२ लाख रुपैयाँ बराबरको आम्दानी गरेका छन्।

दुई बिघामा लगाइएका दुई हजार ८०० बिरुवाबाट उत्पादन भएको फल बिक्री गरेर प्रसन्न देखिएका इङनामले यस वर्ष उत्पादन बढ्ने भएकाले आम्दानीसमेत बढ्ने अपेक्षा रहेको बताए। उनले आफ्नै जमिन र ३८ कट्ठा लिजमा लिएर मलेसियन प्रजातिको रातो ड्रागन …

0 comment
0 FacebookTwitterEmail

तीन वर्ष अघिसम्म बडिगाडका महिला चुलोचौको र खेतबारीकै काममा सीमित थिए । वर्षभरि बारीमा लगाएको धान, गहुँ, मकै र कोदोले छ महिना खान पुग्दैनथ्यो।

चुरा, पोते र सामान्य शृङ्गारका सामान किन्न पनि श्रीमान् र परिवारमै भर पर्नुपर्ने अवस्था थियो। तर अहिले उनीहरू खाद्यबालीमात्रै खेती गर्दैनन्। मकै, कोदो गहुँ फलाउने बारीमा आजकल लटरम्म गोलभेँडा, अकबरे फल्छन्। गाईभैँसी बाँध्ने गोठ आधुनिक खोरका रूपमा विकास भएका छन्।

खोरमा रहर लाग्दा बाख्राका पाठापाठी र बोका रमाइरहेका देखिन्छन्। व्यावसायिक कृषि र पशुपालनमा लागेका महिला सामान्य खर्चको जोहो गर्न अरुमा निर्भर हुनु पर्दैन। बाह्रै महिना परम्परागत खेतीपाती गर्दै आए पनि परिवार चलाउन समस्या हुन्थ्यो। तर, अहिले …

0 comment
0 FacebookTwitterEmail

आधुनिक कृषि प्रविधिको प्रयोग गरी चितवनका ससन देवकोटा र उनकी श्रीमती राधिका रिजाल (देवकोटा) ले रङ्गीन भेडेखुर्सानीको खेती गरी सन्तोषजनक आम्दानी गरेका छन्।

कृषि विकास कार्यालयको अनुदान तथा प्राविधिक सहयोगमा निर्माण गरिएको ग्रीनहाउसमा भरतपुर महानगरपालिका–५ मा सञ्चालन गरिएको हिमालयन बेरी प्रालिका सञ्चालक देवकोटा दम्पतीले रु २७ लाखको लगानीमा सेब्राइल रेड (रातो) र भोलान्टे (पहेँलो) जातका रङ्गीन भेडेखुर्सानीको टनेल खेती गरेका हुन्।

अमेरिकामा उच्च शिक्षा हासिल गरी नौ वर्षअघि नेपाल फर्किएका दम्पतीले खेतीमा कृषि पर्यटन (एग्रो–टुरिजम) को अवधारणा अवलम्बन गरेका छन्।

कृषि पर्यटन भनेको कृषि र पर्यटनलाई गाभेर तयार पारिएको अवधारणा हो। यसअन्तर्गत पर्यटक कृषि फर्ममा पुग्छन्। त्यहाँको दिगो कृषि प्रणाली, …

0 comment
0 FacebookTwitterEmail

परम्परागत रूपमा हिलोमा उत्रिएर धेरै जनशक्ति र समय खर्च गरेर गरिने धान रोपाइँ अहिले आधुनिक प्रविधिको प्रयोगसँगै सहज बन्दै गएको छ।

कृषि क्षेत्रमा बढ्दो श्रमिक अभाव, उत्पादन लागतमा भएको वृद्धि र बदलिँदो मौसमको चुनौतीबीच धान रोप्ने मेसिनको प्रयोग किसानका लागि प्रभावकारी विकल्प बन्दै गएको छ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा पछिल्ला केही वर्षयता कृषि यान्त्रीकरणले गति लिँदै जाँदा किसानको आकर्षण पनि बढ्न थालेको छ। मध्यविन्दु नगरपालिका–१ मा प्रकृति कृषि सहकारी संस्थामार्फत सञ्चालनमा रहेको धान रोप्ने मेसिनले केही घण्टामै ठूलो क्षेत्रफलमा रोपाइँ सम्पन्न गरिरहेको छ।

परम्परागत विधिबाट दिनौँ लाग्ने काम मेसिनमार्फत छोटो समयमा सम्पन्न हुन थालेपछि किसान उत्साहित भएका छन्। मेसिनको …

0 comment
0 FacebookTwitterEmail

अधिकांशका लागि सामाजिक सञ्जाल युट्युब मनोरञ्जन र समय बिताउने माध्यम बन्ने गरेको छ। तर दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरियाकी सुलोचना शेर्पाले त्यही युट्युबलाई आफ्नो जीवन बदल्ने पाठशाला बनाएकी छन्।

पाँच वर्षअघि मोबाइलको पर्दाबाट सुरु भएको सिकाइले आज उनलाई व्यावसायिक कागती कृषकका रूपमा स्थापित गरेको छ। कुनै औपचारिक तालिम नलिई र कृषि विज्ञको ढोका नढकढक्याई सुलोचनाले युट्युबमा उपलब्ध सामग्री हेरेरै कागतीखेतीका आधुनिक विधि सिकेकी हुन्।

त्यसपछि घरसँगै जोडिएको ११ कट्ठा जग्गामा ३०० वटा कागतीका बिरुवा रोपेर उनले व्यावसायिक खेती सुरु गरेकी थिइन्। उनले भनिन्, ‘मैले युट्युबबाट धेरै कुरा सिकेँ, त्यसबाट आत्मविश्वास बढ्यो र खेती सुरु गर्ने निर्णय गरेँ।’

सुरुआती वर्षमा उत्पादन कम …

0 comment
0 FacebookTwitterEmail

 मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा रुपन्देहीका अधिकांश किसान यस वर्ष बोरिङ र पम्पसेटको भरमा धान रोप्न बाध्य भएका छन्।

जिल्लाका कोटहीमाई, मर्चवारी, सम्मरीमाई, गैडहवा र ओमसतिया गाउँपालिका तथा लुम्बिनी सांस्कृतिक नगरपालिकालगायतका क्षेत्रमा भूमिगत पानी तानेर धान रोपाइँ भइरहेको छ।

विगतका वर्षमा आकाशे पानी र कुलोको सिँचाइमा निर्भर रहने किसान यस वर्ष चर्को घामबिच महँगो खर्च गरेर बोरिङ सञ्चालन गर्न बाध्य भएको स्थानीयहरूले बताएका छन्। समयमै पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित हुनुका साथै उत्पादनमा समेत असर पर्ने चिन्ता किसानमा बढेको छ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका किसान अमित चौहानले वर्षौंदेखि निर्माण भएका कुलोहरू संरक्षण र मर्मतको अभावमा प्रयोगविहीन बनेकाले खेतसम्म सिँचाइको …

0 comment
0 FacebookTwitterEmail

गोरखा जिल्लाको ४ वटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको पातपतिङ्गरबाट प्राङ्गारिक मल बनाउन सुरु गरेको छ। सहिदलखन गाउँपालिका–१ को रामलक्ष्मण सामुदायिक वन उपभोक्ता समूह तथा सोही वडाको बागपानी सामुदायिक वन उपभोक्ता समूहले पातपतिङ्गरबाट प्राङ्गारिक मल बनाउन सुरुआत गरेको हो।

गोरखा नगरपालिका–८ को लुदी दामगाडे सामुदायिक वन उपभोक्ता समूह तथा भीमसेनथापा गाउँपालिका वडा नं ५ को कलुवागैरा आँपगैरा कुटमिरे सामुदायिक वन उपभोक्ता समूह उक्त कार्यमा जुटेको हो। डिभिजन वन कार्यालय गोरखाको प्राविधिक तथा आर्थिक सहयोगमा सामुदायिक वनहरूले पातपतिङ्गरबाट प्राङ्गारिक मल बनाउन सुरु गरेका हुन्।

कार्यालयले सामुदायिक वन समूहहरूलाई प्राङ्गारिक मल बनाउन आवश्यक मेसिन उपलब्ध गराएको डिभिजन वन कार्यालय गोरखाका …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved