कृषि
अर्गानिक तरकारीको माग बढ्दै गएपछि ग्रामीण क्षेत्रका थारु महिला बिहानै तरकारी लिएर नेपालगञ्ज आउने गरेका छन्। अर्गानिक तरकारीको माग दिनदिनै बढ्दै गएपछि बाँके र बर्दियाका ग्रामीण भेगका थारु महिलाले आफ्नै खेतबारी उत्पादित तरकारीबाट प्रशस्त कमाइ गर्न थालेका हुन्।
नेपालगञ्ज ल्याइएका तरकारी तत्काल बिक्री भई राम्रो आम्दानी हुन थालेपछि उत्पादनतर्फ अधिकांश थारु महिला आकर्षित भइरहेका बाँके खजुरा–४ की रामदुलारी थारुले बताउनुभयो। उहाँले विभिन्न किसिमका तरकारी बिक्री गरेर मासिक रु १५ देखि रु २० हजारसम्म आम्दानी गरिरहेको जानकारी दिनुभयो।
बाँकेको नौबस्तामा घर वरिपरी तरकारी खेती गरिरहेकी वसन्ती थारुले उत्पादित तरकारी एकाबिहानै नेपालगञ्ज ल्याएर बिक्री गर्ने गरेको बताउनुभयो। त्यस्तै, कोहलपुर मैटहवाकी सुनिता चौधरीले …
जिल्लाको पैयुँ गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई रु ५० हजार अनुदान दिने भएको छ ।
किसानलाई व्यावसायिक बनाउन तथा दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउन प्रतिभैसी रु ५० हजारका दरले अनुदानको व्यवस्था गरिएको हो ।
यसअघि राँगा पालेका प्रत्येक किसानलाई रु २० हजार अनुदान दिएको पालिकाले भैँसीपालन गर्ने किसानलाई पनि अनुदान दिन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालले बताउनुभयो । सातवटा वडा रहेको पैयुँका प्रत्येक वडाका किसानले तीनदेखि चार वटासम्म राँगा पालेका छन् । गाउँपालिकाले यसपटक २० वटा राँगा पाल्ने किसानलाई रु चार लाख अनुदान वितरण गरेको छ ।
गाउँपालिकाले वार्षिक स्वीकृत कार्यक्रमअनुसार भैँसीपालन गरेका गाउँपालिकाका …
पूर्वी चितवन रत्ननगरका केरा व्यवसायी बाबुराम भट्ट अहिले निकै हर्षित हुनुहुन्छ । विगतमा आफूले लगाएको केराले बजार पाउन नसके पनि अहिले आएर केराले बजार पाउन थालेपछि उहाँ आफ्नो व्यवसायमा उत्साहका साथ लाग्नुभएको छ ।
उहाँले अहिले १२ बिघा क्षेत्रफलमा केरा खेती गर्दै आउनुभएको छ । उहाँले सुनाउनुभयो “विगत एक महिना अघिसम्म बिक्रीका लागि कठिन थियो । अहिले बजार राम्रो छ ।” यहाँको केराले बजार धान्ने अवस्था रहँदापनि भारतीय केरा आउने क्रम नरोकिएकाले मूल्यमा भने अघिल्ला वर्षको तुलनामा केही फरक भएको उहाँले बताउनुभयो । केरामानै भविष्य देखेर व्यावसायिक बन्नुभएका भट्ट अहिले आफ्नो उत्पादन दैनिक चितवनसहित काठमाडौँ, पोखरा र बुटवल जाने गरेको …
कृषि बालीविज्ञ राजेन्द्र खरेलले धामचमरा र घोगा लाग्ने बेलामा खडेरीले मकै बालीलाई ठूलो क्षति पुर्याउने बताउनुभयो । झापामा महिनौँदेखि वर्षा भएको छैन । “सिँचाइ भइरहेको खेतीको मकै बालीलाई खडेरीको कुनै असर हुँदैन,” उहाँले भन्नुभयो, “तर, “सिँचाइको सुविधा नभएको मकैबाली सुकेर परालसरी भएको छ । उत्पादनमा ठूलो असर पुर्याउने सम्भावना छ ।”
झापामा सिँचाइ सुविधा भएको क्षेत्रफल यकिन छैन । सरकारी आँकडामा ६० प्रतिशतभन्दा बढी खेतीयोग्य जमिनमा सिँचाइ सुविधा रहेको बताइए पनि धेरैजसो सिँचाइ आयोजना मर्मतसम्भारको अभाव र स्रोत
कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा जमिनमा केराखेती लगाउनुभएको छ। उहाँले दशवर्ष अघिदेखि केराखेती सुरु गर्नुभएको हो। अहिले मुख्य आम्दानीको स्रोत केरा खेती बनेको छ । सुरुमा धान, गहुँ जस्ता अन्नबाली लगाउने खेत मासेर उहाँले केरा रोप्नुभएको हो।
“सुरुमा तीन कट्ठा जग्गामा केरा लगाएँ। त्यसबेला बीउ पाइँदैनथ्यो, केराको बोटको गाना लगाउने गरिन्थ्यो,” उहाँले भन्नुभयो, “उत्पादन राम्रो भयो, त्यसपछि खेतीको क्षेत्रफल बढाएँ।”
धान, गहुँ भन्दा फाइदा हुन थालेपछि अन्नबाली छोडेर उहाँ व्यावसायिक केरा खेतीमा लाग्नुभएको हो। तिलाचौरमा उहाँको दुई बिघा जमिन छ। त्यसमध्ये डेढ बिघामा केरा खेती गर्नुभएको छ। केरा खेतीमा नरेन्द्र र उहाँको श्रीमती आफै खटिनुहुन्छ।
“धान, गहुँ …
गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट भरिभराउ भएर फर्कन्छन् । गाउँबाट बजार पठाउने स्थानीय उत्पादन नभएपछि अहिले अधिकांश गाउँमा आयातीत उत्पादनको उपभोग हुने गर्छ ।
तर बागलुङको रायडाँडामा भने यो लागु हुँदैन । यहाँका किसानले सवारीसाधन कृषि उपजले भरेर बजार पठाउने गरेका छन् । यहाँ बाह्रैमास रायोको साग उत्पादन हुन्छ । अहिले यहाँको रायोको साग बागलुङ बजार हुँदै पोखरासम्म पुग्ने गरेको छ । कृषिमा निकै सम्भावना बोकेको रायडाँडामा उत्पादन भएको साग अहिले ब्राण्ड बनिसकेको छ । यहाँका किसानले व्यावसायिक रुपमा नै रायोको साग खेती गर्दै आएका छन् । रायडाँडाबाट प्रत्येक बिहान रायोको सागले भरिएको जीप बागलुङ बजार आउने गरेको छ ।…
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण भए तापनि सरकारी निकायले ध्यान नदिँदा पछाडि परेको गुनासो गरेका छन् । तीन तहकै सरकारबाट मौरीपालक किसानलाई प्रोत्साहन नहुँदा आफूहरू मर्कामा परेको उनीहरूको गुनासो छ ।
गैँडाकोट नगरपालिकामा सञ्चालित आधारभूत मौरीपालन तालिममा सहभागी किसानले मौरीपालन व्यवसायमा तीन तहकै सरकारले दिने अनुदान बढाउनुपर्ने माग गरेका छन् । तालिममा सहभागी प्रदीप सापकोटाले घरायसी प्रयोजनका लागि मात्र मौरीपालन गर्दै आएको भन्दै तालिमका कारण मौरीपालनलाई व्यावसायिक रूपमा अगाडि बढाउने प्रेरणा मिलेको बताउनुभयो । पछिल्लो समय तोरी फुल्ने बेलामा किसानले विषादीको प्रयोग बढी मात्रामा गर्नाले मौरीपालक किसानलाई समस्या भएको उहाँले बताउनुभयो ।
“जिल्लामा मौरीपालनको वातावरण छ”, …
जुनार बगैँचालाई थप व्यवस्थित गर्ने उद्देश्यले रामेछापमा पहिलो पटक जुनारको बोटमा ‘ट्याग’ लगाउने कार्यको थालनी भएको छ। रामेछाप नगरपालिका–७ ओख्रेनीका जुनार कृषक रामकुमार कार्कीको बगैँचामा रहेका जुनारका बोटमा नम्बरिङ गरी जुनारको बोटमा ट्याग लगाउन थालिएको हो।
स्थानीय विपीन भट्टराईले भन्नुभयो, “जुनारको बोटमा ट्याग लगाएर नम्बरिङ गरेपछि आफ्नो बगैँचामा कति बोट जुनार छन् भन्ने किसानलाई यकीन हुने र कति नं बोटको जुनार कस्तो फल्यो, बोट तथा उमेरअनुसार फल दियो कि दिएन भन्ने कुरालाई सहज बनाउनेछ। त्यसैगरी कुन बोटमा कस्तो रोग लागेको छ त्यसलाई के उपचार गर्न सकिन्छ भन्नेजस्ता कुराहरुको जानकारी यो ट्यागले दिने भएको हुँदा यो आवश्यकता महसुस गरेर जुनार कृषकले …
नेपालगञ्जस्थित रानी तलाउ तरकारी बजारमा राखिएको बेमौसमी हरियो तरकारीमा विषादी अवशेष भेटिएको छ। भान्सामा दैनिक रूपमा प्रयोग हुने रायो भाजीको सागमा सबैभन्दा धेरै विषादी अवशेष भेटिएको केन्द्रीय कृषि प्रयोगशालाका नेपालगञ्जस्थित प्रतिनिधि नायब प्राविधिक सहायक गोविन्द चौधरीले जानकारी दिनुभयो।
“यतिबेला किसानले बेच्न ल्याएको बेमौसमी भाजी रायोको सागमा विषादीको अत्याधिक मात्रा देखिएको छ”, उहाँले भन्नुभयो, “दैनिक रुपमा नमुना परीक्षण गर्ने क्रममा रायो भाजीको सागमा खाना अयोग्य हुने गरी विषादीको अवशेष भेटिएको थियो। ”रानी तलाउ तरकारी बजारमा गरिएको नमुना परीक्षणमा रायो भाजीको सागमा अर्गानोफस्फेटको इन्हिविशन पर्सेन्टेज (रूकावट प्रतिशत) ४५ प्रतिशतभन्दा बढी पाइएको छ। यो मात्रामा विषादी अवशेष भएको तरकारी खान अयोग्य मानिन्छ।
केन्द्रीय …