Home » कृषि » Page 9
Category:

कृषि

जेठो बुढोलगायतका रैथाने धानको प्रजाति हराउँदै गएका छन्। पोखराका विभिन्न तालका किनारा तथा फाँटमा फल्ने पोखरेली जेठोबुढो, पहेँले, झिनुवाजस्ता प्रजाति लोप हुँदै गएका छन्। औषधीय गुण भएका रैथाने प्रजातिका धान हराउँदै जाने र बढी उत्पादन हुने नाममा वर्णशङ्कर जातका धान रोप्नेक्रमसँगै नयाँपुस्ताका लागि रैथाने जात एकादेशको कथा जस्तै हुने चिन्ता छ।

पोखरा र आसपासमा करिब तीन दशकयता रैथाने जात हराउँदै गइरहेको वास्तविकतामा पोखरा महानगरपालिकाले यिनको संरक्षणसँगै स्थानीयवासीमा पनि सचेतना बढाउने गरी तयारी थालेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो। महानगरपालिकाले स्थानीय जातको संरक्षण एवं प्रवर्ध्दन गर्ने उद्देश्यका साथ यस वर्ष नौ हजार किलो पोखरोली जेठो बुढो, पहेँले, …

0 comment
0 FacebookTwitterEmail

कैलालीको चुरे गाउँपालिका–५ लिसवेली गाउँका किसान नजिकको मुहानबाट ल्याएको पानी पोखरीमा सङ्कलन गरेर खेतीपातीमा जुटेका छन् । हिउँदेबालीका लागि उनीहरूले निजी तथा सामुदायिक पोखरीबाट खेतबारी सिँचाइ गर्दै आएका छन् ।

लिसवेली गाउँका सबै किसान अन्नबालीभन्दा सागसब्जीको अधिक खेती गर्छन् । गोलभेँडा, खुर्सानी, बन्दाकोभी, काउली, आलु, प्याज, लसुन, धनियाँलगायत तरकारी बाली लगाउने गर्छन् । यहाँका १२ किसान परिवारले सामूहिक र व्यक्तिगत रूपमा बनाइएका पोखरीमा सङ्कलन भएको पानीबाटै प्रशस्त आम्दानी गर्दै आएका किसान खेमराज सापकोटाले राससलाई बताउनुभयो । उनीहरूले बारीमा पानी लगाउने समयसारिणी पनि बनाएका छन् ।

“खेतीका लागि पानीको समस्या भएकाले पोखरीमा मुहानको पानी सङ्कलन गरिरहेका छौँ, पोखरीको पानीको किफायती प्रयोगमा …

0 comment
0 FacebookTwitterEmail

तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित माउण्टेन तनहुँ सामुदायिक बेल तथा फलफूल प्रशोधन उद्योग बन्द भएको छ । कच्चा पदार्थको अभावमा उक्त उद्योग विगत एक वर्षदेखि बन्द भएको हो ।

सामुदायिक वनमा बेलको अभाव भएपछि उद्योग सञ्चालन गर्न नसकिएको उद्योगका सञ्चालक विष्णुकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बेल पाउन छाडियो, बेल नै नभएपछि उद्योग सञ्चालन गर्न सकिएन । एक वर्षदेखि उद्योग बन्द छ ।

सामुदायिक वनमा त्यसै खेर गइरहेको बेललाई सदुपयोग गर्दै उद्योग स्थापना गरी बेलको जुस उत्पादन गरेर बिक्री वितरण थालिएको थियो । श्रेष्ठका अनुसार अहिले व्यक्तिले नै सामुदायिक वनमा बेल रोपण गरेका छन् । उहाँले भन्नुभयो, “वनमा पहिला बेल …

0 comment
0 FacebookTwitterEmail
0 comment
0 FacebookTwitterEmail

अर्गानिक तरकारीको माग बढ्दै गएपछि ग्रामीण क्षेत्रका थारु महिला बिहानै तरकारी लिएर नेपालगञ्ज आउने गरेका छन्। अर्गानिक तरकारीको माग दिनदिनै बढ्दै गएपछि बाँके र बर्दियाका ग्रामीण भेगका थारु महिलाले आफ्नै खेतबारी उत्पादित तरकारीबाट प्रशस्त कमाइ गर्न थालेका हुन्।

नेपालगञ्ज ल्याइएका तरकारी तत्काल बिक्री भई राम्रो आम्दानी हुन थालेपछि उत्पादनतर्फ अधिकांश थारु महिला आकर्षित भइरहेका बाँके खजुरा–४ की रामदुलारी थारुले बताउनुभयो। उहाँले विभिन्न किसिमका तरकारी बिक्री गरेर मासिक रु १५ देखि रु २० हजारसम्म आम्दानी गरिरहेको जानकारी दिनुभयो।

बाँकेको नौबस्तामा घर वरिपरी तरकारी खेती गरिरहेकी वसन्ती थारुले उत्पादित तरकारी एकाबिहानै नेपालगञ्ज ल्याएर बिक्री गर्ने गरेको बताउनुभयो। त्यस्तै, कोहलपुर मैटहवाकी सुनिता चौधरीले …

0 comment
0 FacebookTwitterEmail

जिल्लाको पैयुँ गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई रु ५० हजार अनुदान दिने भएको छ ।

किसानलाई व्यावसायिक बनाउन तथा दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउन प्रतिभैसी रु ५० हजारका दरले अनुदानको व्यवस्था गरिएको हो ।

यसअघि राँगा पालेका प्रत्येक किसानलाई रु २० हजार अनुदान दिएको पालिकाले भैँसीपालन गर्ने किसानलाई पनि अनुदान दिन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालले बताउनुभयो । सातवटा वडा रहेको पैयुँका प्रत्येक वडाका किसानले तीनदेखि चार वटासम्म राँगा पालेका छन् । गाउँपालिकाले यसपटक २० वटा राँगा पाल्ने किसानलाई रु चार लाख अनुदान वितरण गरेको छ ।

गाउँपालिकाले वार्षिक स्वीकृत कार्यक्रमअनुसार भैँसीपालन गरेका गाउँपालिकाका …

0 comment
0 FacebookTwitterEmail

पूर्वी चितवन रत्ननगरका केरा व्यवसायी बाबुराम भट्ट अहिले निकै हर्षित हुनुहुन्छ । विगतमा आफूले लगाएको केराले बजार पाउन नसके पनि अहिले आएर केराले बजार पाउन थालेपछि उहाँ आफ्नो व्यवसायमा उत्साहका साथ लाग्नुभएको छ ।

उहाँले अहिले १२ बिघा क्षेत्रफलमा केरा खेती गर्दै आउनुभएको छ । उहाँले सुनाउनुभयो “विगत एक महिना अघिसम्म बिक्रीका लागि कठिन थियो । अहिले बजार राम्रो छ ।” यहाँको केराले बजार धान्ने अवस्था रहँदापनि भारतीय केरा आउने क्रम नरोकिएकाले मूल्यमा भने अघिल्ला वर्षको तुलनामा केही फरक भएको उहाँले बताउनुभयो । केरामानै भविष्य देखेर व्यावसायिक बन्नुभएका भट्ट अहिले आफ्नो उत्पादन दैनिक चितवनसहित काठमाडौँ, पोखरा र बुटवल जाने गरेको …

0 comment
0 FacebookTwitterEmail
झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन् । घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा क्षति पुर्याएको छ ।

कृषि बालीविज्ञ राजेन्द्र खरेलले धामचमरा र घोगा लाग्ने बेलामा खडेरीले मकै बालीलाई ठूलो क्षति पुर्याउने बताउनुभयो । झापामा महिनौँदेखि वर्षा भएको छैन । “सिँचाइ भइरहेको खेतीको मकै बालीलाई खडेरीको कुनै असर हुँदैन,” उहाँले भन्नुभयो, “तर, “सिँचाइको सुविधा नभएको मकैबाली सुकेर परालसरी भएको छ । उत्पादनमा ठूलो असर पुर्याउने सम्भावना छ ।”

झापामा सिँचाइ सुविधा भएको क्षेत्रफल यकिन छैन । सरकारी आँकडामा ६० प्रतिशतभन्दा बढी खेतीयोग्य जमिनमा सिँचाइ सुविधा रहेको बताइए पनि धेरैजसो सिँचाइ आयोजना मर्मतसम्भारको अभाव र स्रोत

0 comment
0 FacebookTwitterEmail

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा जमिनमा केराखेती लगाउनुभएको छ। उहाँले दशवर्ष अघिदेखि केराखेती सुरु गर्नुभएको हो। अहिले मुख्य आम्दानीको स्रोत केरा खेती बनेको छ । सुरुमा धान, गहुँ जस्ता अन्नबाली लगाउने खेत मासेर उहाँले केरा रोप्नुभएको हो।

“सुरुमा तीन कट्ठा जग्गामा केरा लगाएँ। त्यसबेला बीउ पाइँदैनथ्यो, केराको बोटको गाना लगाउने गरिन्थ्यो,” उहाँले भन्नुभयो, “उत्पादन राम्रो भयो, त्यसपछि खेतीको क्षेत्रफल बढाएँ।”

धान, गहुँ भन्दा फाइदा हुन थालेपछि अन्नबाली छोडेर उहाँ व्यावसायिक केरा खेतीमा लाग्नुभएको हो। तिलाचौरमा उहाँको दुई बिघा जमिन छ। त्यसमध्ये डेढ बिघामा केरा खेती गर्नुभएको छ। केरा खेतीमा नरेन्द्र र उहाँको श्रीमती आफै खटिनुहुन्छ।

“धान, गहुँ …

0 comment
0 FacebookTwitterEmail

गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट भरिभराउ भएर फर्कन्छन् । गाउँबाट बजार पठाउने स्थानीय उत्पादन नभएपछि अहिले अधिकांश गाउँमा आयातीत उत्पादनको उपभोग हुने गर्छ ।

तर बागलुङको रायडाँडामा भने यो लागु हुँदैन । यहाँका किसानले सवारीसाधन कृषि उपजले भरेर बजार पठाउने गरेका छन् । यहाँ बाह्रैमास रायोको साग उत्पादन हुन्छ । अहिले यहाँको रायोको साग बागलुङ बजार हुँदै पोखरासम्म पुग्ने गरेको छ । कृषिमा निकै सम्भावना बोकेको रायडाँडामा उत्पादन भएको साग अहिले ब्राण्ड बनिसकेको छ । यहाँका किसानले व्यावसायिक रुपमा नै रायोको साग खेती गर्दै आएका छन् । रायडाँडाबाट प्रत्येक बिहान रायोको सागले भरिएको जीप बागलुङ बजार आउने गरेको छ ।…

वर्षामा तरकारी गाईभैँसीलाई खुवाउनु पर्ने बाध्यता
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved