निर्वाचन आयोगले छठ पर्वको घाट निर्माण गर्दा प्रवेशद्वारमा राजनीतिक दलको नाम र मत चिन्ह उल्लेख नगरी उम्मेदवारको फोटोसहितको शुभकामना सन्देश राख्न नपाइने बताएको छ।
निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि सञ्चालनमा ल्याएको निःशुल्क कल सेन्टरमा आएका अधिकांश गुनासा र जिज्ञासाको सम्बोधन गर्ने क्रममा उक्त कुरा बताएको हो।
निर्वाचन आयोग भन्छ, “निर्वाचन आचारसंहिता बमोजिम छठ पर्वको घाट निर्माण गर्दा प्रवेशद्वारमा उम्मेदवारको फोटोसहितको शुभकामना सन्देश राख्न पाइँदैन।”
निर्वाचन आयोगका अनुसार, गत असोज २८ गतेदेखि सञ्चालनमा आएको सो कल सेन्टर सेवामा कात्तिक ७ गतेसम्ममा आएका कुल एक हजार पाँच सय दुई कलमध्ये एक हजार …