Home » निर्वाचन » Page 11
Category:

निर्वाचन

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश भएका तर स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवार भएर निर्वाचन खर्चको विवरण तोकिएको समयाभित्र नबुझाएका कारण जरिवाना ठेकिएका उम्मेदवारलाई सार्वजनिक बिदाको दिनमा पनि जरिवाना बुझाउन सकिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका अनुसार, कात्तिक ५ गते शनिबार सार्वजनिक बिदाको दिनमा समेत प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा कार्यालय समयभित्र जरिवाना बुझाउन व्यवस्था मिलाइएको छ। जरिवाना बापतको रकम नबुझाउने उम्मेदवारहरूको हकमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट नाम हटाउने निर्णय आयोगबाट भएको जानकारी आयोगले दिएको छ।

निर्वाचन आयोगका …

0 comment
0 FacebookTwitterEmail

मकवानपुर क्षेत्र नं. १ मा केन्द्रीय नेताबीच भीडन्त हुने भएको छ । यसक्षेत्रमा राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र राप्रपा केन्द्रीय सदस्य दिपकबहादुर सिंहबीच भिडन्त हुने भएको हो ।
आम निर्वाचन २०७९ को चर्चासँगै मकवानपुरमा राप्रपा नेपालका अध्यक्ष कमल थापा र उहाँ उठेको क्षेत्र पनि चर्चामा रहेको छ । पटक पटक निर्वाचन लडेका थापा यसपटक फेरि मकवानपुर क्षेत्र नम्बर एकबाट प्रतिस्पर्धामा उत्रिनु भएको छ । २०३८ सालदेखि राष्ट्रिय राजनितिमा उम्मेदवार हुन थाल्नु भएका थापा हालसम्म ७ पटक चुनाव लडिसक्नु भएको छ भने उहाँलाई ७ मध्ये २ वटामा मात्र सफलता मिलेको थियो। विगतमा भन्दा यसपटकको …

सूर्य चिह्न बोकेर कमल थापा मकवानपुर- १ मा डिना  र दिपकसँग भिडदै
0 comment
0 FacebookTwitterEmail

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि गुल्मी क्षेत्र नं २ मा पूर्वसहकर्मीबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। क्षेत्र नं. २ मा पूर्वसहकर्मी सत्ता गठबन्धका तर्फबाट एकीकृत समाजवादीका केन्द्रीय सचिव रामकुमारी झाँक्री र एमालेका सचिव गोकर्ण बिष्टबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो।
दुवै क्षेत्रमा केन्द्रमा पहुँच राख्ने नेता प्रतिनिधिसभा सदस्यका लागि एकापसमा प्रतिस्पर्धाको दौडमा हुनुहुन्छ। गोकर्ण विष्ट र रामकुमारी झाँक्री पहिले एमालेमै हुनुहुन्थ्यो। २०७४ को निर्वाचनमा बाम गठबन्धनका तर्फबाट विष्टले गुल्मी २ बाट प्रत्यक्ष निर्वाचन जित्नुभयो भने झाँक्री २०७४ एमालेबाट सामानुपातिक सांसद बन्नुभएको थियो।
विगतका निर्वाचनमा विष्टलाई जिताउन झाँक्रीको महत्वपूर्ण भूमिका हुने गरेको थियो। दुबै एउटै पार्टीको कार्यक्रममा

0 comment
0 FacebookTwitterEmail

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि देश नै निर्वाचनमय बनेको छ। देशभरबाट प्रतिनिधिसभाका लागि १६५ र प्रदेश सभाका लागि ३३० जना सांसद चुनिनु पर्ने हुन्छ। देश यतिबेला चुनाबमय भएको छ। गाउँसहर र टोलटोलमा दलका प्रचार कार्यालय खुल्ने, चुनाब चिह्नसहितको झन्डाहरू राख्ने क्रमले तीब्रता पाएका छन्। काठमाडौं र प्रदेश राजधानी केन्द्रित भएका नेताहरू गाउँ फर्किएर जनतासँगको घेटघाटमा जुटेका छन्। निर्वाचन आयोगले प्रचार प्रसार कार्यको अनुमति त दिएको छैन तर पनि नेताहरू त्यसको बेवास्ता गर्दै लुम्बिनी प्रदेशको केन्द्र रूपन्देहीमा चुनाबी प्रचार अभियानलाई तीब्रता दिएका छन्।

रूपन्देहीमा ५ ओटा निर्वाचन क्षेत्र छन्। यी क्षेत्रमा पुरूष मतदाताको सङ्ख्या ३ लाख २७ हजार ४ सय …

रूपन्देहीको चुनाबी रौनक: कतै सहयात्री त कतै पूर्व र वर्तमान मन्त्रीबीच प्रतिष्पर्धा
0 comment
0 FacebookTwitterEmail

पछिल्लो समय राजनीतिक क्षेत्रमा युवाले स्थान पाउनुपर्ने आवाज बाक्लो उठ्न थालेको छ। गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा केही स्वतन्त्र युवाहरूले समेत स्थानीय निर्वाचनमा जित हासिल गर्न सफल भएपछि दलहरूमा समेत युवा तथा नयाँ अनुहारको पक्षमा आवाज मुजबुत हुन थालेको छ। दलभित्रै युवा र परिवर्तनको पक्षमा कुरा उठे पनि मंसिर ४ गते हुने प्रदेशसभा सदस्य तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा भने जेष्ठ तथा पुरानै अनुहारहरूको बोलवाला कायम भएको छ।
नुवाकोटमा पनि ठूला भनिएका दलहरूमा परिवर्तनको पक्षमा युवाहरूले कुरा गर्न थाले पनि मैदानमा भने जेष्ठलाई नै अघि लगाएका छन्। २०७४ को स्थानीय तहको निर्वाचनमा विदुर नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट मेयरमा …

नुवाकोटको राजनीतिमा चार दशकदेखि एउटै अनुहार
0 comment
0 FacebookTwitterEmail

रूपन्देहीमा क्रियाशील राजनीतिक दलहरूले निर्वाचन आयोगद्वारा जारी गरिएको आचारसंहिता पूर्णरूपमा पालना गर्ने प्रतिवद्धता जनाएका छन्।
चाँदनी नेपालले बुटवलमा आयोजना गरेको कार्यक्रममा जिल्लामा क्रियाशील सात राजनीतिक दलले ७ बुँदे प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्दै आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिवद्धता जनाएका हुन्।
नेपाली कांग्रेस रूपन्देहीका सभापति रामकृष्ण खाण, नेकपा एमाले रूपन्देहीका अध्यक्ष तेजेन्द्र केसी, नेकपा माओवादी केन्द्र रूपन्देहीका संयोजक निर्मल जिसी, लोसपाका लुम्बिनी प्रदेश प्रवक्ता मोहम्मद इश्लाम, जसपाका लुम्बिनी प्रदेश सहइन्चार्ज नवीन सुनार, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष अविराम बिक र राप्रपाका केन्द्रीय सदस्य तोयनाथ लम्सालले ७ बुँदे साझा प्रतिवद्धतामा हस्ताक्षर गर्नु भएको छ।
उहाँहरूले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा …

‘आचारसंहिता पूर्ण पालना गर्छौं’
0 comment
0 FacebookTwitterEmail

मनसुन सकिने बेलामा आरीघोप्टे पानी परेर मुलुकको पश्चिमी भाग तहसनहस भएको केही समय पछि नै देशमा चुनाव भइरहेको छ। हामीले खासै वास्ता नगरेको जलवायु परिवर्तनको असर नेपाल वा समग्र दक्षिण एसियाको वर्षा प्रणालीमा परिसकेको छ। तर हामीमा गम्भीरता देखिएको छैन।

प्राकृतिक वातावरण तथा जैविक विविधतामा पर्ने प्रतिकुल वातावरणीय प्रभाव न्यूनीकरण गर्न तथा जलवायु परिवर्तनको चुनौतीलाई  सामना गर्नका लागि पर्यावरणीय विषयलाई उच्च राजनैतिक प्राथमिकतामा राखिनु पर्छ। नेपालको लामो राजनीतिक संक्रमणमा वातावरणीय संरक्षणको क्षेत्रमा अत्यन्तै कम ध्यान गएको देखिन्छ। जनस्वास्थ्यका लागि समेत गम्भीर चुनौती बनेको वातावरण प्रदूषणलाई हामीले उच्च प्राथमिकताको राजनीतिक एजेन्डा बनाउनु आवश्यक भइसकेको छ।  वातावरण संरक्षण र पर्यावरणीय सन्तुलनलाई राजनीतिको …

0 comment
0 FacebookTwitterEmail

संविधान सभा निर्वाचन २०६४  बाहेक २०४८ सालयता भएका कुनै पनि निर्वाचनमा खड्गप्रसाद ओलीले पराजय भोग्नु भएको छैन। नेकपा (एमाले) का अध्यक्ष ओली झापा ५ मा यो सहित सातौँ पटक चुनावी मैदानमा हुनुहुन्छ। उहाँले २०४८ सालमा भएको आम निर्वाचनमा निर्वाचित बनेयता २०६४ बाहेक पाँच पटक लगातार जनप्रतिनिधिका रुपमा चुनिएर दुई  पटक प्रधानमन्त्री बनिसक्नु भएको छ।

२०५१ सालमा भएको आम निर्वाचनमा साविक झापा क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसका नेता केशवकुमार बुढाथोकीलाई पराजित गर्नुभएको थियो। २०५६ मा भएको आम निर्वाचनमा केपी झापाका दुई वटा निर्वाचन क्षेत्रबाट चुनाव लड्नुभयो। झापा २ र झापा ६ वाट एक साथ चुनाव लड्दा उहाँ दुबै क्षेत्रमा जित्नुभयो। …

0 comment
0 FacebookTwitterEmail

स्वतन्त्र र दलीय उम्मेदवार

निर्वाचन आयोगको हालैको तथ्याङ्क अनुसार आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आयोगमा जम्मा ११६ वटा दलहरू दर्ता भएका छन्। जसमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि जम्मा २४१२ जनाले उम्मेदवारी दर्ता गराएका मध्ये दलहरूका तर्फबाट १५४५ जनाको र स्वतन्त्र तर्फबाट ८६७ जनाको उम्मेदवारी परेको छ। प्रतिशतका आधारमा हेर्दा स्वतन्त्रहरूको उम्मेदवारी कुल सङ्ख्यामा झण्डै ३१ प्रतिशत रहेको छ।  यसैगरी प्रदेशसभातर्फ हेर्दा जम्मा ३२२४ जनाको उम्मेदवारी परेकोमध्ये २२२५ राजनीतिक दल सम्बद्ध उम्मेदवार छन् भने ९९९ जना स्वतन्त्र उम्मेदवार रहेका छन्। प्रदेशसभामा उम्मेदवारी दिने यी स्वतन्त्र उमेदवारहरूको संख्या झण्डै ३६ प्रतिशत हुन आउँछ। अझ विवादका बीच ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को नाम …

‘स्वतन्त्र’ उम्मेदवारको उदय र दलमा विकल्पको खोजी
0 comment
0 FacebookTwitterEmail

प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कांग्रेसका झापा सभापति देउकुमार थेबे र नेकपा (एमाले) नेता लालप्रसाद साँवा बीच दोस्रो  भेट हुँदैछ। साँवा २०७४ मा भएको प्रतिनिधि सभा सदस्यमा झापा ४ बाटै निर्वाचित सदस्य हुनुहुन्छ भने थेवे प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नयाँ अनुसार हो।  यद्यपि दुवैको राजनीतिक भूगोल  तथा स्थायी बसोबास क्षेत्र एउटै हो।

एमाले नेता लालप्रसाद साँवाले २०७० सालमा संविधानसभा निर्वाचनमा सहभागी हुनुभएको थियो। तर, उहाँ नेपाली कांग्रेसका नेता केशव कुमार बुढाथोकीसँग पराजित हुनुभयो। २०७४ सालमा भएको  प्रतिनिधिसभा निर्वाचनमा एमाले नेता साँवाले कांग्रेस नेता थेबेलाई भारी मतान्तरले पछि पार्दै निर्वाचित हुनुभयो। २०७४ मा भएको निर्वाचनमा एमाले नेता साँवाले ४३ हजार

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved