संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्वाचनको चर्चामा देशको राजनीति केन्द्रित हुँदै गएको छ। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको लागि आगामी फागुन २५ गतेको दिन निर्धारण गरिसकेको छ।
राष्ट्रपति निर्वाचनमा संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरू तथा सातै प्रदेशका प्रदेश सभाका सदस्यहरू मतदाता रहन्छन्। तर संघीय संसदका सदस्य र प्रदेश सभाका सदस्यको मतभार भने फरक फरक हुन्छ।
निर्वाचन नजिककिंदै गएपछि सम्भावित उम्मेदवारहरूको बारेमा पनि चर्चा परिचर्चा सुरु भएका छन्। सत्तारुढ दलहरूको गठबन्धन यस चुनावमा एकताबद्ध भएर प्रस्तुत हुने संभावना पनि क्षिण हुँदै गएको छ भने नेपाली कांग्रेसले यही चुनाव मार्फत राष्ट्रिय राजनीतिको अहिलेको समिकरणलाई बदल्ने रणनीति लिएको छ। स्वतन्त्र …
