गिद्धलाई प्रकृतिको कुचीकार मानिन्छ। मानिसलाई लाग्ने हैजा, झाडापखालालगायतका रोगको महामारीबाट जोगाउन पनि गिद्धको भूमिका हुन्छ भनिन्छ। तर पछिल्लो समय प्रकृतिको कुचीकार मानिने गिद्ध लोपोन्मुख अवस्थामा छन्।
गिद्ध संरक्षण अभियान सञ्जालका अध्यक्ष डिल्लीबहादुर रावतका अनुसार नेपालमा नौ प्रकारका गिद्ध पाइने भएपनि पछिल्लो समय हराउँदै जाने चिन्ता बढको छ। “हामीले संरक्षण अभियान चलाइरहेका छौं”, उहाँले भन्नुभयो, “त्यसमा सरकारले पनि ध्यान दिनुपर्छ।”
हाल गिद्ध संरक्षणका लागि नेपालभर सात वटा गिद्ध रेष्टुराँ सञ्चालनमा छन्। यद्यपि ती रेष्टुराँ सञ्चालन गर्न निकै चुनौती रहेको पंक्षी संरक्षण सङ्घका कार्यक्रम अधिकृत भुपाल नेपालीको भनाइ छ। हाल दाङमा दुई वटा, घोचोक पोखरा, गैडाताल रूपन्देही, नवलपरासी पूर्व, कैलाली, कोशी टप्पुमा …
