Home » विचार » Page 36
Category:

विचार

केही वर्षदेखि नेपालले अभ्यासमा ल्याएको आगामी बजेटको सिद्धान्त र प्राथमिकतासम्बन्धी दस्तावेज सम्बन्धमा संसदमा गरिने छलफललाई पूर्व बजेट छलफल भनिने गरेपनि यथार्थमा यो पूर्व बजेट बहस हुन सकेको छैन।  आजदेखि प्रतिनिधि सभामा अर्थमन्त्रीले हिजो पेश गर्नुभएको बजेटको सिद्धान्त र प्राथमिकतामा छलफल भइरहेको छ। तर अन्तर्राष्ट्रिय अभ्यास र नेपालकै वित्तीय उत्तरदायित्व सम्बन्धी ऐनको व्यवस्था अनुसार यो वर्ष पूर्व बजेट छलफल भइरहेको छैन।

आगामी बजेटको सिद्धान्त र प्राथमिकतासम्बन्धी अर्थ मन्त्रालयको दस्तावेजमा पूर्व बजेट विवरणको कुनै पनि विशेषता नहुँदा अन्तराष्ट्रिय मापदण्डमा नेपालले बजेट पारदर्शिताको स्तरमा शून्य अङ्क पाइरहेको छ। इनटरनेशनल बजेट पार्टनरसिप (आईबीपी) नामक अन्तराष्ट्रिय संस्थाले गर्दै आएको मूल्याङ्कनमा बजेट दस्ताबेजहरूको गुणस्तर, उपलब्धता, पहुँच …

के हो पूर्व बजेट, निरर्थक छलफलमा संसद्
0 comment
0 FacebookTwitterEmail

देशभरिका ७५३ पालिकाहरूका पदाधिकारीहरूको चयन गर्न गत वैशाख ३० गते भएको निर्वाचनका परिणामहरू धमाधम आइरहेका छन्। अहिलेसम्म घोषित भइसकेका परिणामहरू र मतगणना भइरहेका ठाउँहरूमा विभिन्न दलहरूले लिइरहेको अग्रतालाई हेर्दा नेपाली जनता यस पटक गत निर्वाचनको भन्दा ठ्याक्कै फरक म्याण्डेट दिन चाहन्छन् भन्ने बुझिन्छ। जनताले व्यक्त गरेको परिवर्तनको यो चाहना देशैभरि प्रतिध्वनित भएको छ भन्ने कुरा मेची महाकाली सबैतिर त्यसका उमेदवारहरूको फजिती हुनुका साथै गत वर्षसम्म राज्यको ढुकुटी खेलाएर बसेको त्यस दलले  अपरिमित परिमाणमा पैसा खन्याएको झापा जिल्लामा समेत त्यसको हालत त्यति राम्रो नदेखिनुले प्रमाणित गर्दछ। प्रधानमन्त्रीको विधायिका-क्षेत्रको नगरपालिका दमकमै पनि एमाले उमेदवारको जीत सुनिश्चित देखिँदैन।

नेपाली मतदाताहरूले यस साल एमालेविरुद्ध …

एमालेको हार र बालेनको उदय
0 comment
0 FacebookTwitterEmail

अघिल्लो पाँच वर्ष पूर्वाधारका गफ धेरै गरिए तर अब नागरिकलाई गफ होइन, सुशासन चाहिएको छ। पारदर्शिता बिना सुशासन सम्भव छैन, हामीकहाँ त्यसैको कमी छ। त्यसोभए अब सुशासन कसरी ल्याउने? निर्वाचित भएपछि स्थानीय तहका पदाधिकारीले आफ्ना प्राथमिकता कसरी तय गर्ने? जबकि सुशासनको महत्वपूर्ण आधार नै पारदर्शिता हो। जसरी पारदर्शिता नभई सुशासन कायम गर्न सकिँदैन त्यसैगरी सूचनाको अधिकार उपयोग नगरुञ्जेल पारदर्शिता कायम गर्न सकिँदैन।

लोकतन्त्रमा राज्यले आफ्ना नागरिकको सर्वोत्तम हित संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले संविधान र कानुनमार्फत विभिन्न अधिकारको व्यवस्था गरेको हुन्छ। यी अधिकारबारे सामान्य जनतालाई जानकारी नहुन सक्छ। यस्तो अवस्थामा सर्वसाधारणले सूचनाको हक प्रयोग गरी आफ्ना हक अधिकारबारे जानकारी प्राप्त …

स्थानीय तह: अबको प्राथमिकता पारदर्शिता र सुशासन
0 comment
0 FacebookTwitterEmail

नेपाली काव्य जगतमा बुद्धका सन्दर्भमा बारम्बार र अधिकांश मात्रामा प्रयोग हुने वाक्य बुद्धलाई ‘फेरि आउ’ भनेर गरिने आह्वान हो । याे प्रवृत्ति भर्खर भर्खर काव्य क्षेत्रमा प्रवेश गरेकादेखि मूर्धन्य लेखकहरूमा समेत पाइन्छ । यो कुराले मात्र पनि यी सर्जकहरूको बुद्धप्रतिको बुझाइको स्तर थाहा हुन्छ ।

========

एउटा टेलिभिजनले सञ्चालन गर्ने नेपाली साहित्य सिर्जनासम्बन्धी कार्यक्रममा मलाई बौद्ध धर्मदर्शनका बारेमा सोध्न स्टुडियोमा निम्त्याएको थियो। अन्तर्वार्ताको अन्त्यतिर नेपाली साहित्यमा केही सर्जकले बौद्ध धर्मदर्शनको ‘फ्लेबर’ दिन खोज्ने तर चिप्लिने गरेको कुरा औंल्याएको थिएँ। यसो भन्नुको तात्पर्य साहित्यकारहरूले बौद्ध अध्ययनमा पनि केही ध्यान दिएको भए हुन्थ्यो भन्ने नै हो। विद्यालय स्तरको पाठ्यपुस्तकमा पनि बौद्ध धर्मदर्शनको …

बुद्धलाई गलत बुझ्दा
0 comment
0 FacebookTwitterEmail

हुन त विचारधाराले पूर्व राजा ज्ञानेन्द्र र पुष्प कमल दाहाल प्रचण्ड दुई ध्रुवमा बाँडिएका छन् तर उनीहरू दुबैका धेरै गुण र चरित्र मिलेको देखिन्छ।
दुबै एकाधिकार चाहने हुन्। प्रचण्डले जनवादमा विश्वास गरेका छन् र त्यसैलाई कार्यान्वयन गर्न आफू सत्तामा हुँदा कोशिश गरेका थिए । राजा ज्ञानेन्द्रले पनि मौका परेको बेलामा सबै अधिकार आफ्नो हातमा लिएर देखाएकै हुन् ।
दुवै वास्तवमा आफूले नचाहेको राजनीतिक व्यवस्थाभित्र परेका हुन् । नारायणहिटी दरबार हत्या काण्डपछि ज्ञानेन्द्र राजा भएका थिए । उनले कुनै षडयन्त्र गरेका थिएनन् तर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव गराउन नसकेपछि ज्ञानेन्द्रको शरणमा परेका थिए । हुन त राजा ज्ञानेन्द्रले त्यसबेलाको तथाकथित …

ज्ञानेन्द्र र प्रचण्ड: समान गुण र चरित्र
0 comment
0 FacebookTwitterEmail

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विपक्षी नेताहरूविरुद्ध अनर्गल शब्दवाण प्रहार गर्ने मामिलामा दिन-प्रतिदिन नयाँ नयाँ कीर्तिमान बनाउँदै हुनुहुन्छ। ओलीले गर्ने गालीको सिकार नभएको नेपाली नेता भेट्टाउँन असम्भव नै नभए पनि निक्कै गार्‍हो पर्न सक्दछ। ओली दिनैपिच्छे यो वा त्यो नेताको उच्छित्तो काटिदिनु हुन्छ। ओलीको आनीबानी बोलीवचन देख्दा सुन्दा उहाँको राजनीतिक दीक्षा नै एकदमै गलत किसिमले भएको थियो जस्तो लाग्छ। ‍

सारा जिन्दगी गैरवामपन्थीहरूलाई गाली गरेर बिताएका ओलीले सत्ताको गल्लीतिर चक्कर मार्न थालेपछि आफ्नै राजनीतिक गोत्यार कम्युनिस्ट नेताहरूलाई पनि आवश्यकता अनुसार सराप्न थाल्नुभएको हो। त्यस क्रममा वि. सं. २०७४ सालको संसदीय निर्वाचनमा हातेमालो गर्नुभन्दा दुई-चार दिन अघिसम्म ओली माओवादी …

केपी ओलीको गालीपुराण 
0 comment
0 FacebookTwitterEmail

सन् २०५० मा संसारका ठूला २५ शहरमा मात्र ६ सय मिलियन मानिस बसोवास गरिरहेका हुनेछन्, ती मध्ये दुई तिहाई शहर एसिया र अफ्रिकामा हुनेछन्।

शहरहरू युवा पुस्ताका लागि चुम्बक सरह भएका छन्। उद्यमीहरूका लागि त शहर नै सबै थोक बनेका छन्। किनकी शहरले उनीहरूलाई व्यापक रुपमा सामाजिक र व्यवसायिक अवसर दिएको छ। विश्व अर्थतन्त्रको ८० प्रतिशत हिस्सा शहरले नै र्सिजना गरेको छ। आर्थिक वृद्धिको यन्त्र नै शहर भएको छ।

मानवीय बसोबास र आर्थिक गतिविधिको केन्द्र शहरहरू भैरहँदा समस्याका केन्द्र पनि शहर नै हुँदै गएका छन्। वातावरणीय चुनौती, बसाइँसराइको तीव्र दबाब र त्यसको सह उत्पादनका रुपमा आएको सुरक्षा चुनौती अनि सूचना …

स्थानीय तहको निर्वाचन: डिजिटाइजेशन र अर्बनाइजेसनको चुनौती
0 comment
0 FacebookTwitterEmail

कमजोर नेतृत्वका कारण देश टाट पल्टिएको भन्दै जनता विरोधमा उत्रिँदै गर्दाको यो घडी सम्भवत: श्रीलंकाको स्वतन्त्रतापछि सबैभन्दा कठिन हो।

श्रीलंकाको राजधानी कोलम्बोको गल फेस ग्रीनलगायत ठाउँहरूमा उठेको ‘गोता गो गामा (गाउँ जाऊ गोता)’ आन्दोलनमा प्रदर्शनकारीहरूको संख्या बढ्दो छ। उनीहरू सन् २०१९ र २०२० को जनमत उल्टिएको भन्दै राष्ट्रपति गोताबाय राजपाक्ष र उनका परवारका सदस्य राजनीतिबाट बाहिरिनुपर्ने माग राखिरहेका छन्। उनीहरूले जनताको सम्पत्ति राज्यको ढुकुटीमा फिर्ता ल्याउन पनि आग्रह गरेका छन्। यसरी जनतामा असन्तुष्टि चुलिँदै गर्दा सरकारले भने आफ्ना पुराना गलतीलाई निरन्तरता दिँदै गलत कदम चालिरहेको छ।

रातारात कानुनमन्त्रीबाट अर्थमन्त्री बनाइएका र लगत्तै राजीनामा दिएका अली सब्रीले जनताको माग स्पष्ट नभएको …

स्वतन्त्रतापछिकै कठिन घडीमा श्रीलंका   
0 comment
0 FacebookTwitterEmail

जति ठूला दल र नेता त्यही मात्राको झुठ बोल्दा रहेछन् भन्ने सत्य स्थानीय निर्वाचनका क्रममा प्रकट भएको छ। यस्तो झुठो दाबी गर्नेमा सबैभन्दा अग्रस्थानमा देखिनुभएको छ एमालेका अध्यक्ष केपीशर्मा ओली । सुदूर पूर्व इलामको चुलाचुलीमा होस् कि सूदूर पश्चिम कैलालीको बौनियामा। त्यहाँका सार्वजनिक सभामा उहाँले आफ्नो सरकारले गरेका भनी विकास निर्माणको कामको जस्तो चित्र प्रस्तुत गर्ने गर्नु भएको छ ती वास्तविकतासँग कतै मिल्दैन।

पछिल्ला दिनमा केपीले दिएको नारा हो ‘देश विकास गर्नका लागि एमालेको बहुमत’। चुनाव जित्न कुनै पनि नेताले आफ्नो लक्ष्य देशको  विकास  गर्नु नै हो भनेर बताउनु स्वाभाविक हो तर जितेपछि आफूले त्योबेला केके गरियो भनेर नागरिक समक्ष …

झुटो बोल्दै, नगरेको कामको जस लिँदै ओली
0 comment
0 FacebookTwitterEmail

भूराजनीति भनेको भूगोल र राजनीतिको मिश्रित सम्बन्ध हो भने भूराजनीतिक अर्थसम्बन्ध भनेको भूराजनीतिको माध्यमबाट अर्थराजनीतिमा आउने पारिस्थितिक सम्बन्ध हो। भूगोल परिवर्तन हुँदैन तर राजनीति परिवर्तन हुन्छ। राजनीतिक परिवर्तनले आर्थिक नीति र अवस्थामा परिवर्तन ल्याउँछ। छिमेकी राष्ट्र र अन्तर्राष्ट्रिय जगतमा राजनीतिक परिवर्तन हुँदा आफ्नो देशको विदेश नीति र अर्थ नीतिमा पनि प्रभाव पार्छ। खास गरी तेस्रो विश्वका देश अथवा गरिब देश भनिने हाम्रो जस्तो मुलुकमा पनि यसले असर पारिरहेको छ। विश्वशक्तिमा देखिएको ध्रुवीकरणलाई सन्तुलनमा राखेर विदेश नीति समयानुकुल अद्यावधिक गरिएन भने अन्तर्राष्ट्रिय सम्बन्धमा सङ्कट पैदा हुन्छ।

अझ हामीजस्तो कम विकसित राष्ट्रका लागि भूराजनीतिको सम्बन्ध भन्दा पनि भूराजनीतिक अर्थ सम्बन्ध महत्वपूर्ण हुन्छ। …

जोखिममा छ नेपालको भूराजनीतिक अर्थसम्बन्ध र सुरक्षा चासो
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved