Home » विचार » Page 37
Category:

विचार

आजको समयमा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दा र मामिलाहरूमा नेपालीहरूले देखाएको चासो, चिन्ता र प्रतिक्रियालाई हेर्दा हाम्रो राष्ट्रको सामूहिक चेतनाको स्तर अत्यासलाग्दो किसिमले खस्केको देखिन्छ। यस्तो लाग्छ, हामी नेपालीहरू सहज विवेकद्वारा डोरिने विज्ञान र प्रविधिको यो समुन्नत युगका जागरुक जनता बन्नूको सट्टा कसैले पनि भ्रमित बनाउन सक्ने भीड बन्न पुगेका छौँ। हामी बहुसंख्यक नेपालीहरूले कुनै पनि विषयमा आफ्नो स्वतन्त्र अभिमत जाहेर गर्नसक्ने हैसियत नै बनाउन सकेको देखिँदैन। त्यसैले अधिकांश वयस्क नेपालीहरू कि राजनीतिको क्षेत्रका कि त सम्प्रदाय, वर्ग वा आस्थागत समूहका अगुवाहरूका अन्धानुयायी बन्न पुगेका छौँ।

कुनै पनि घटना, विषय र वस्तुलाई गुण-दोषका आधारमा पर्गेल्ने र आलोचनात्मक दृष्टिकोणको कसीमा घोटेर …

हाम्रो मानसिक स्खलन
0 comment
0 FacebookTwitterEmail

‘रसिया र युक्रेन बिच भयङ्कर युद्ध भैरहेछ नि !’

‘ए हो र ! भए पनि मलाई केही फरक पर्दैन।’

यो कुनै चलचित्रबाट साभार गरिएको संवादको अंश थिएन। यो केही नेपाली चलचित्रकर्मी बिच हालै भएको संवाद सानो भाग मात्र थियो। देख्दा उत्तर सामान्य झैँ लाग्छ, वास्तविक पनि लाग्छ, तर त्यो सामान्य उत्तर भित्र नेपाली चलचित्रको दर्शन, संरचना र उद्देश्य प्रतिबिम्बित भएको छ।

‘के फरक पर्छ र?’ भन्ने आधारभूत अवधारणा चलचित्र क्षेत्रमा व्याप्त छ। ‘चलचित्र बनाएर के नै फरक पर्छ र ?’ तथा ‘चलचित्र क्षेत्रभित्र जे भैरहेछ त्यसले के नै फरक पार्छ र?’, फिल्म निर्माताहरूकै धारणा यस्तो छ भएपछि राज्यले पनि भन्ने …

निरङ्‍कुश नेपाली सिनेमा
0 comment
0 FacebookTwitterEmail

तथ्यांकमा त राज्यका सबै अंगमा महिलाहरूको सहभागिता त देखियो तर निर्णय प्रक्रियामा नै नेतृत्व लिने काम न त पुरूषले दिन चाहे न महिला नेतृत्वले खोस्न नै सक्यो। यो अवसर अबको निर्वाचनमा छ। महिला महिला भिड्नेभन्दा पनि क्षमतावान महिला प्रतिस्पर्धामा उत्रिनै पर्छ, भिड्नै पर्छ।कतिञ्जेल निरीहा बनेर अर्काले दिएको भाग थापेर बस्ने?  स्थानीय तहदेखि संघसम्म सक्षम र क्षमतावान महिलालाई प्रतिस्पर्धामा आउने वातावरण सिर्जना गर्न काम नेपालका ठुला राजनीतिक दलहरूले पनि गर्नै पर्छ।

समाजको विकासका लागि महिला र पूरुषको उत्तिकै भूमिका हुन्छ। महिला र पूरुष दुबैको विकासविना राष्ट्रको विकास पनि सम्भव छैन। नेपालमा महिलाहरूले महत्वपुर्ण अबसर पाइरहदा पनि पितृसतात्मक चिन्तनका कारण रुमल्लिएका र …

निरीहा हैन, प्रतिस्पर्धामा उत्रिने महिला !
0 comment
0 FacebookTwitterEmail

सन् २०५० मा संसारका ठूला २५ शहरमा मात्र ६ सय मिलियन मानिस बसोवास गरिरहेका हुनेछन्, ती मध्ये दुई तिहाई शहर एसिया र अफ्रिकामा हुनेछन्।

शहरहरू युवा पुस्ताका लागि चुम्बक सरह भएका छन्। उद्यमीहरूका लागि त शहर नै सबै थोक बनेका छन्। किनकी शहरले उनीहरूलाई व्यापक रुपमा सामाजिक र व्यवसायिक अवसर दिएको छ। विश्व अर्थतन्त्रको ८० प्रतिशत हिस्सा शहरले नै र्सिजना गरेको छ। आर्थिक वृद्धिको यन्त्र नै शहर भएको छ।

मानवीय बसोबास र आर्थिक गतिविधिको केन्द्र शहरहरू भैरहँदा समस्याका केन्द्र पनि शहर नै हुँदै गएका छन्। वातावरणीय चुनौती, बसाइँसराइको तीव्र दबाब र त्यसको सह उत्पादनका रुपमा आएको सुरक्षा चुनौती अनि सूचना …

स्थानीय तहको निर्वाचन: सोचौं डिजिटाइजेशन र अर्बनाइजेसनको चुनौतीबारे
0 comment
0 FacebookTwitterEmail

नेपालमा पुनः माओवादी निस्कने र सशस्त्र युद्ध हुने भविष्यवाणी फागुनको शुरुमा यसै पंक्तिमा गरिएको थियो। २०७८ फागुणको ६ गते गरिएको भविष्यवाणी फागुणको १४ गते पुरा भएको छ। नेपालको राजनैतिक परिस्थिति हेर्दा कुनै नयाँ समूहले सशस्त्र युद्ध शुरु गर्न सक्छ भन्ने त्यस लेखको मनसाय थियो। क्रान्ति हुने बित्तिकै सबै थोक पूरा नहुने रहेछ र अर्को समूहले हथियार उठाउन सक्छ भन्ने त्यसको तात्पर्य थियो। नभन्दै त्यस्तो हुन गयो। नेपालमा एक समूहले फेरी सशस्त्र युद्ध गर्ने घोषणा गरेको छ। यसको नाउँ हो हिमाल सुरक्षा परिषद्। यसले हथियार सहित उक्त पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। यसैमा उक्त युद्ध शुरु गर्ने कुरा गरेको छ।…

हिंसात्मक आन्दोलनको कालो छाया
0 comment
0 FacebookTwitterEmail

हालै सम्पन्न भारतका पाँच प्रदेशको निर्वाचनमा भारतीय राष्ट्रिय कांग्रेसको शर्मनाक पराजय भएको छ।

हिन्दी हृदयका रुपमा चिनिने तथा भगवान राम र श्रीकृष्णको जन्मस्थान अवस्थित उत्तर प्रदेश, देवभूमिका रुपमा प्रतिष्ठित उत्तराखण्ड, प्रसन्नचित्त मिहिनेतीहरू बस्ने पञ्जाब, अरब सागरको काखमा बसेको गोवा र बर्मासँग सिमाना जोडिएको पूर्वोत्तर भारतको सुन्दर प्रदेश मणिपुरमा हालै सम्पन्न राज्यविधानसभा चुनावमा कांग्रेस ज्यादै नराम्रोसित पराजित भयो।  पराजितमात्र भएन, वास्तवमा भारतमा उसको भावी राजनीतिक अस्तित्व नै के हुन्छ भन्ने प्रश्न उपस्थित भएको छ।

आम आदमीको पञ्जाब दिग्विजय

यसपूर्व पञ्जाबमा कांग्रेसको सरकार थियो तर अन्तरकलह, अन्तर्घात र गलत नेतृत्वका कारण उसलाई विस्थापित गर्दै आम आदमी पार्टीले वजय हासिल गरेको छ। विजय …

भारतमा कांग्रेसको दुर्दशा
0 comment
0 FacebookTwitterEmail

‘डु नट किप द बल इन योर कोर्ट‘  वाला संस्कार वा समस्यालाई पन्छाउने  वा अरूको थाप्लामा हालिदिने संस्कार त नेपाली प्रशासनको मात्र होइन, नेपाली राजनीतिलगायत सबै क्षेत्रको पनि संस्कृति बनिसकेको छ।  हाम्रा नेता र राजनीति पार्टीहरूलाई हेर्‍यो भने जहिले अरूलाई नै दोषी देखाइराखेका हुन्छन्। आफू सत्तामा भए पनि आफूले काम गर्न नसक्नुको मुख्य कारण विरोधी पार्टीले असहयोग गर्नु नै हो भन्छन्। तर उनीहरू कहिल्यै पनि त्यसको जिम्मेवारी लिन खोज्दैनन्, कसरी हुन्छ आफ्नो कमजोरीलाई ढाकेछाप गर्न खोज्छन्। उनीहरू बल सधै अर्काको कोर्टमा फालिराखेका हुन्छन्।

सबैलाई चाहिने कुरा हो सुझाव र जताततै पाइने चिज पनि हो सुझाव। कसैलाई आफ्नो सानो समस्या सुनाउनुस्, …

पन्छाउने रणनीति
0 comment
0 FacebookTwitterEmail

 

यस पटक आन्तरिक पर्यटकका रूपमा गण्डक प्रदेशका पोखरा, बागलुङ र पर्वतका केही स्थानहरूको भ्रमण गर्दा ती क्षेत्रहरूमा थप खडा गरिएका पर्यटन उद्योगलाई बढावा दिने विविध प्रकारका संरचनाहरूले मनलाई आनन्दित तुल्याए। पोखरामा पर्यटकहरूको मनोरञ्जनका लागि केही वर्षदेखि प्याराग्लाइडिङ, लाइट एअरक्राफ्ट फ्लाइङ, एअरसाइकिलिङ, जीपलाइन रोलिङ जस्ता साहसिक क्रीडा–साधनहरू सञ्चालनमा आइरहेकामा यस वर्ष फेवाताल किनाराको पामेदेखि सराङ्‍कोटसम्म केबुलकारको लाइन थप भएर पहाडकी रानी पोखराको पर्यटन उद्योग प्रवर्द्धनका दिशामा एउटा नयाँ आयाम थपिएछ। पदयात्राका लागि विख्यात सराङ्‍कोटसम्म केबुलकार लैजान आवश्यक थियो वा थिएन भन्ने कुरामा भने वाद–विवाद गर्न नसकिने भने होइन।

त्यस बाहेक, पोखरा उपत्यकाको आसपास दृश्यावलोकनका लागि सराङ्कोट, काहुँकोट टावर, फेवा तथा …

रेमिटेन्सको पैसामा मनोरञ्जनको जालो
0 comment
0 FacebookTwitterEmail

यसै महिना कम्युनिस्ट पार्टी र यसको सल्लाहकार परिषद बेइजिङमा भेला हुँदै गर्दा युक्रेन युद्धको चर्चा भने भएको देखिँदैन। इतिहासमा आफ्नो विशेष स्थान भएको ठान्ने चीनको यस किसिमको मौनता रहस्मय छ। न्यू हेभन – युक्रेनमा युद्ध चलिरहँदा चीनमा वर्षवर्षमा आयोजना हुने ‘दुई सभा’ ले चीनलाई केहीको वास्ता नभएको देशका रुपमा चित्रण गरेका छन्। कम्युनिस्ट पार्टी र यसको सल्लाहकार परिषद बेइजिङमा यसै महिना भेला हुँदै गर्दा वैश्विक शक्ति सन्तुलनमा भइरहेको हलचलको चर्चा पटक्कै भएको देखिएन।

इतिहासमा आफ्नो विशेष स्थान भएको चीनको दृढविश्वास रहँदै आएको परिप्रेक्ष्यमा यस्तो बेवास्ता झन चासोको विषय भएको छ। फेब्रुअरी ४ मा बेइजिङ हिउँदे ओलम्पिकको उद्घाटनका क्रममा हस्ताक्षर भएको …

0 comment
0 FacebookTwitterEmail

अमेरिकाले नेतृत्व गरेको विश्वअर्थतन्त्रबाट भरपूर लाभ उठाएर नै चीनको यो परिवर्तनशील विकास सम्भव भएको हो। यदि चीन आफ्नो आर्थिक बृदिदरलाई कायमै राख्न चाहन्छ भने उसले रसियासँग होइन पश्चिमी विश्वसँगको आफ्नो सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्छ। 

जोन युआन जियाङ

युक्रेन संकटमा फसेका आफ्ना नागरिकहरूको उद्दारको काम त्यहाँको चिनियाँ दूतावासले अन्य देशहरूको तुलनामा निकै ढिलो गर्‍यो। उद्दारको काम पनि हतार–हतारमा गर्‍यो। ‍यसको ‍संकेत बेइजिङले रुसले युक्रेनमाथि कारवाहीको गर्छ भन्ने पूर्वजानकारी पाएकै थिएन वा चीनले त्यस गम्भीरताका साथ लिएको थिएन भन्ने थियो ‍।

केही दिनपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कुराकानीमा चिनियाँ राष्ट्रपति सी चिनफिङले युक्रेनका विषयमा चीनले आफ्नो अडानलाई योग्यताका आधारमा निर्णय गर्ने र …

चीनले आफ्नो रुस नीतिमाथि पुनर्विचार गर्नुपर्छ
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved