महाभारत कालका विद्वान राजनीतिज्ञ तथा कूटनीतिज्ञ ऋषि कणिकसँग सौवीर देश (महाभारत कालमा सिन्धु नदीको आसपास क्षेत्रको एक देश) का प्रसिद्ध महारथी राजा शत्रुञ्जयले राजाका गुणका बारेमा सोधेका थिए। ऋषि कणिकले पनि त्यतिबेला राजा वा अहिलेका सन्दर्भमा शासक र शासनका अनेकन गुणका बारेमा चर्चा गरेका छन्। तीमध्य केही निम्नानुसार छः
बुद्धिमान राजा फूलले ढकमक्क फुलेको तर फल नलाग्ने रुखजस्तो, फल लागेको भए पनि फल नपाक्ने खालको, पाकेमा टिप्नै नसकिने खालको र खानै नहुने नमिठो खालको जस्तो हुनुपर्छ। राजाले शत्रुको अपेक्षा कहिल्यै पूरा नगरोस्। उसले काम गरेमा पनि ढिलो गरोस्। तर सधैँ म त त्यही काममा व्यस्त छु भनेर झुलाओस्।
शत्रुसँग सधैँ …