Home » विपद् » Page 6
Category:

विपद्

ललितपुर महानगरपालिकालगायत विभिन्न चार स्थानीय सरकारका प्रमुखहरूले विपद् व्यवस्थापन र प्रतिकार्य योजनामा सहकार्यका साथ अगाडि बढ्नुपर्ने बताएका छन्।  ललितपुर महानगरपालिकासहित कैलालीको धनगढी उपमहानगरपालिका, डडेल्धुराको अमरगढी नगरपालिका र बझाङको जयपृथ्वी नगरपालिका प्रमुखहरूले त्यस्तो बताएका हुन्।

सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा सुपर परियोजनाको समन्वयमा आज यहाँ आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय तहको जिम्मेवारी, भूमिका र पहलकदमीसम्बन्धी कार्यक्रममा उहाँहरूले त्यस्तो बताउनुभएको हो।

कार्यक्रममा ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन महानगरले हरसम्भव प्रयास गरिरहेको बताउनुभएको छ। उहाँले विपद्को समयमा खोज, राहत तथा उद्दार कार्यमा सूचना पाएको चार मिनेटमा आकस्मिक विपद् प्रतिकार्यगर्ने नीतिका साथ …

0 comment
0 FacebookTwitterEmail

आगो र डढेलोले पूरा देश आक्रान्त हुँदा पनि आँखा चिम्लिएर बसेको सरकारको अलि सक्रिय हुन थालेको छ। सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको छ। यसअघि भूकम्प पीडितका लागि अस्थायी आवासको व्यवस्था गरिएको थियो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया शुक्रबारदेखि प्रारम्भ भएको बताउनुभयो। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा सोही दिन भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २२औँ बैठकले उक्त प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

बैठकले अग्निपीडितलाई दुई किस्तामा रु ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको जानकारी प्रमुख कार्यकारी अधिकृत …

0 comment
0 FacebookTwitterEmail

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले डढेलो तथा आगलागीका घटनाहरु बढेसँगै केही दिनयता वायु प्रदूषणका कारण जन स्वास्थ्यमा असर परेको देखिएकाले त्यसबाट जोगिन अपिल गरेको छ।

वायु प्रदूषणका कारण आँखा पोल्ने, नाक चिलाउने, घाटी खसखसाउने, खोकी लाग्ने समस्या तुरुन्त देखिने गर्दछन् भने दीर्घकालीन रुपमा श्वास प्रश्वास, मुटु, गर्भावस्थामा जटिलतालगायतका विभिन्न स्वास्थ्य समस्या हुने गर्दछ।

यसले विशेष गरी वृद्धवृद्धा, बालबालिका, श्वासप्रश्वास, मुटु रोगी, दीर्घरोगी, साथै गर्भावस्थाका महिला बढी प्रभावित हुने भएकोले यस्तो बेला विशेष सावधानी अपनाउन विभागले सबैमा अपिल गरेको हो।

नेपालमा फागुन, चैत, वैशाख र जेठ महिनामा वायु प्रदूषण बढ्ने गरेको वातावरण विभागको वायु गुणस्तर मापन केन्द्रबाट प्राप्त तथ्याङ्कले देखाएको …

0 comment
0 FacebookTwitterEmail

सप्तरीको महादेवा गाउँपालिकामा  १८ वैशाखमा भीषण आगलागी भएको छ। आगलागीबाट एक सय बढी घर जलेर नष्ट भएको छ। गाउँपालिकाको वडा नम्बर १ चिम्टी टोलमा तीव्र गतिमा हावा चलेको बेला आगलागी हुँदा ठूलोे क्षति भएको प्रहरीले जनाएको छ।

वडाध्यक्ष जयकिशोर दासका अनुसार स्थानीय शत्रुधन यादवको घरबाट सुरु भएको आगलागीले गाउँ नै जलेको हो। उहाँले यादव, मुसहर र मुस्लिम समुदायको बसोबास रहेको यो बस्तीका अनुमानित एक सय ५० भन्दा बढी घर जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको वडाध्यक्ष दासले बताउनुभयो।

आगो निभाउने प्रयास भइरहेको छ। यता राजविराज, शम्भुनाथ, हनुमाननगर कङ्कालिनी नगरपालिकाबाट आएको बारुण यन्त्रका साथै नेपाल प्रहरी र स्थानीयले आगो निभाउने काम …

0 comment
0 FacebookTwitterEmail

२०८१ वैशाख १६ गते बिहान करिब १० बजेतिर घरदेखि पश्चिमतरिको जङ्गलमा आगो लागेको थियो । सोही आगो निभाउन भनेर राजपुर गाउँपालिका–७ हाडबासका  खिमलाल  खत्री जानुभएको थियो । गाउँले सबै त्यहीँ गएको समयमा छिमेकीको एक घरमा आगोले भेट्यो । त्यही आगोले खत्रीको घर पनि भेट्यो । घरभित्र रहेको सबै अन्नपात जलेर छिनभरमै खरानी भयो । छोराले गाडीको हेबी लाइसेन्स बनाउन भनेको थियो त्यो बुझाउनका लागि एक लाख ऋण गरेर ल्याएको पैसा र घरमा भएको २० हजार पैसा थियो त्यो पनि जल्यो । घरमा भएको अन्नपातदेखि सबै सामग्री खरानी भयो ।

यस्तो होला भनेर हामीले सोचेका थिएनौँ अहिले खुल्ला आकाशमा बस्नु परेको

0 comment
0 FacebookTwitterEmail

बुधबार दिउँसोको आगलागीबाट घरबारविहीन भएकी महोत्तरीको मटिहानी–६ जरलहवागाछीकी मैमुन खातुनका आँखा अझै ओभाएका छैनन्।बनीबुतो गरेर सञ्चय गरिएको अन्नपात, लुगाफाटा र भाँडाकुडासहित घरजलेर खरानी भएपछि अब जहान परिवार कहाँ लिएर कसरी पालिने भन्ने चिन्ताले मैमुनलाई पिरोलेको छ। बनीबुतो र  खेत बढैया (अधिया) गर्दै जोहो गरिएका अन्नपात र क्षणभरमै खरानी भएपछि मैमुनका पति शेष फर्मुदका आँसु पनि थामिएका छैनन्। फर्मुद सुस्केरा हाल्दै भन्नुहुन्छ, “आब केना जिबै ! या अल्लाह (अब कसरी बाँच्ने हे ईश्वर) !”

मैमुन परिवारमा मात्रै होइन घरबारविहीन सो बस्तीका एक सय ६० भन्दा बढी आगलागी पीडित परिवारको व्यथा उस्तै छ। ति परिवारसँग न खाने अन्न छ, न त फेर्ने …

0 comment
0 FacebookTwitterEmail

अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा भएको पछिल्लो डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको मृत्यु हुनुका साथै २८ जना बेपत्ता भएको संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले जनाएको छ ।

इथियोपियाली आप्रवासी बोकेको अर्को डुङ्गा जिबुटीको तटीय क्षेत्रमा डुबेको हो । “जिबुटी तटमा बालबालिकासहित ७७ जना आप्रवासी सवार डुङ्गा पल्टिँदा दुर्घटना भएको छ,” आइओएमले एक्स (ट्वीटर)मा लेखेको पोस्टमा भनिएको छ ।

“कम से कम २८ व्यक्ति वेपत्ता भएका छन् । १६ जनाको मृत्यु भएको छ”, विज्ञप्तिमा भनिएको छ, “स्थानीय आईओएम शाखाले स्थानीय अधिकारीहरूलाई खोजी र उद्धार कार्यमा सहयोग गरिरहेको छ । यो तथाकथित पूर्वी आप्रवासन मार्गमा भएको पछिल्लो घातक दुर्घटना …

0 comment
0 FacebookTwitterEmail
संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यले इजराइलविरुद्ध सप्ताहन्त आक्रमणको जवाफमा इरानको सैन्य ड्रोनविरुद्ध व्यापक प्रतिबन्धहरूको घोषणा गरेका छन् ।

अमेरिकी अर्थ मन्त्रालयले इरानको मानवरहित हवाई वाहन (युएभी) कार्यक्रमलाई उल्लेख गर्दै एक विज्ञप्तिमा भनेको छ, “इरानको युएभी उत्पादनलाई सक्षम बनाउने १६ व्यक्ति र दुई संस्थालाई लक्षित गरिरहेको छ, यसमा इरानको शाहिद संस्करण युएभीलाई शक्ति दिने इन्जिनको प्रकारहरू पनि सामेल छन्, यसको प्रयोग अप्रिल १३ को आक्रमणमा गरिएको थियो ।”

संयुक्त अधिराज्यले पनि ‘इरानको युएभी र ब्यालिस्टिक मिसाइल उद्योगहरूमा सामेल धेरै इरानी सैन्य सङ्गठन, व्यक्ति र संस्थाहरूलाई लक्षित गरी’ प्रतिबन्ध लगाएको मन्त्रालयले बताएको छ ।

तेहरानले सिरियास्थित इरानी वाणिज्य दूतावासमा अप्रिल १
0 comment
0 FacebookTwitterEmail

भारत प्रशासित काश्मिरमा डुङ्गा पल्टिएपछि बेपत्ता भएका १५ जनाको खोजीमा उद्धारकर्मीहरू खटिइरहेको अधिकारीहरूले बताएका छन् । श्रीनगर सहरस्थित झेलम नदीमा डुङ्गा पल्टिँदा बेपत्ता हुनेहरूमा विद्यालय गइरहेका केही बालबालिका पनि रहेका थिए ।

काश्मिरका एक वरिष्ठ अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भन्नुभयो, “दुर्घटनापछि बालबालिकासहित करिब १५ जना बेपत्ता भएका छन् ।” हिमालयको काश्मिर उपत्यकामा केही दिनको वर्षापछि नदीको पानी बढेको थियो । प्रत्यक्षदर्शीहरूका अनुसार डुङ्गा पार गर्न प्रयोग गरिने डोरी पानीको तीव्र बहावका कारण चुँडिएको थियो ।

श्रीनगरका जिल्ला मजिस्ट्रेट बिलाल मोही–उद–दिन भटले भन्नुभो, “हाम्रो उद्धार टोली त्यहाँ छ, हामी घटनाको विवरण पत्ता लगाइरहेका छौँ ।” धेरै कार्यालयका कर्मचारी तथा

0 comment
0 FacebookTwitterEmail

इजराइलले रातभर गाजामा दर्जनौँ हवाई आक्रमण गरेको हमासले बताएको छ । इजराइली सेनाले भने इरानको अभूतपूर्व आक्रमणपछि आफू युद्धबाट विचलित नहुने बताएको छ । यसबाट यस क्षेत्रमा द्वन्द्वको आशङ्का बढेको छ ।

इरानले शनिबार राति इजराइलमाथि तीन सयभन्दा धेरै ड्रोन र मिसाइल आक्रमण गरेपछि विश्व शक्तिहरूले संयमता अपनाउन आग्रह गरेका छन् । यद्यपि इजराइली सेनाले इरानको अधिकांश आक्रमणलाई विफल पारेको बताएको छ ।

यसै महिनाको प्रारम्भमा दमास्कसमा एउटा घातक आक्रमणको प्रतिशोधमा तेहरानले इजराइलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमण सम्पूर्ण क्षेत्रमा महिनौँसम्म भएको हिंसापछि भएको हो । उक्त हिंसामा इरानी ‘प्रोक्सी’ सहभागी थिए । इजराइलले युद्धग्रस्त गाजा क्षेत्रमा प्यालेस्टिनीहरूको समर्थनमा इरानले काम

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved