प्राविधिक शिक्षालय तथा व्यावसायिक तालिम दिने स्कुलको सङ्ख्या बढे पनि पढ्ने विद्यार्थी ह्वात्तै घटेकाले सरकारले देशका विभिन्न विद्यालयमा सञ्चालित प्राविधिक कक्षा र प्राविधिक शिक्षालयको सङ्ख्या, गुणस्तर र पाठ्यक्रममा पुनःविचार गर्नेभएको छ।
इञ्जिनियरिङलगायत प्राविधिक शिक्षालय तथा विद्यालयमा कक्षा ९ देखि १२ सम्म सञ्चालित प्राविधिक विद्यालयमा पढाइको गुणस्तर र विद्यार्थी–शिक्षालयको अनुपातमा प्रश्न उठाउन थालेपछि सरकार पाठ्यक्रममा पुनःविचार गर्ने निष्कर्षमा पुगेको हो।
माघ १२ गते राजधानीमा आयोजित डिप्लोमा तहको इञ्जिनिरिङमा गुणस्तरको सुनिश्चततासम्बन्धी कार्यक्रममा शिक्षा मन्त्रालयका प्राविधिकतर्फका सहसचिव शिव सापकोटाले यस्तो जानकारी दिनुभएको थियो। उहाँका अनुसार प्राविधिक क्षेत्रमा ओभरसियरलगायत मध्यमस्तरीय जनशक्ति उत्पादन गर्ने र विद्यालय शिक्षाबाट विश्वविद्यालयतर्फ नजाने विद्यार्थीलाई प्राविधिक र सीपमूलक शिक्षाको अवसर …