Home » समाज
Category:

समाज

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ टुडिखेलका लोकबहादुर थापामगर २०६५ सालमा डडेल्धुराको जोगबुढाबाट बसाइँ सरी यहाँ आए।

त्यतिबेला कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिङ्करसम्म महाकाली करिडोर निर्माण हुने खबरले उनीमा उत्साह थियो। करिडोर यातायातको सुविधा मात्र नभई अवसरको ढोका पनि रहेकाले व्यापारका नयाँ सम्भावना खुल्ने अपेक्षा उनमा थियो। आफ्नै घर छेउबाट सडक निर्माण हुने भएपछि यहाँका स्थानीयको आर्थिक अवस्था फेरिने आशा पलाएको थियो।

तर उक्त सडक निर्माण हुन्छ भनेको सुनेको पनि डेढ दशक भइसकेको छ। “त्यो बेला सडक निर्माण हुन्छ भन्ने सुनेपछि धेरै खुसी भएका थियौँ”, थापाले भने, “एकातर्फ महेन्द्रनगर बजार सहज पहुँच हुने र सडक बनेपछि शिक्षा, स्वास्थ्य र व्यापार हुने ठुलो आशा थियो

0 comment
0 FacebookTwitterEmail

धनकुटा बजारबाट करिब पाँच किलोमिटर उकालो चढेपछि पुगिन्छ, सिप्तिङ गाउँ । धनकुटा नगरपालिका–३ मा पर्ने यो स्याउले सिप्तिङ गाउँमा आठपहरिया समुदायको बाहुल्य छ ।

सङ्ख्याका हिसाबले सानो तर सांस्कृतिक सम्पदामा समृद्ध आठपहरिया समुदायले सञ्चालन गरेको होमस्टे अहिले स्थानीय पर्यटनको नयाँ पहिचान बनेको छ । अरुण र तमोर नदीको बीचमा पर्ने धनकुटालाई आफ्नो उद्गम थलो मान्दै आएको यो सीमान्तकृत आदिवासी जनजाति ‘आठपहरिया’ यति बेला पर्यटनमार्फत समृद्धि खोजिरहेको छ ।

स्याले सिप्तिङ गाउँ पुग्ने पर्यटकहरू पाहुना होइन परिवारका सदस्य बन्छन् । हरियाली डाँडामाथि, चिसो र निश्चल हावाको वेगसँगै सुनौला घामका किरणले यो गाउँको सुन्दरता अझ बढाउँछ ।

नेपालको जनगणना, २०७८ अनुसार आठपहरिया …

0 comment
0 FacebookTwitterEmail

इटहरी उपमहानगरपालिका-३ सुनौलो बस्तीका बसन्त राई बाँसको चोयाबाट नाङ्लो बुनेर आत्मनिर्भर बनेका छन्।

पुर्ख्यौली सीपलाई नै व्यावसायिक रूपमा अङ्गाल्दै आएकाहरूले करिब दुई दशकदेखि नाङ्लो बनाएर बिक्रीमार्फत जीविकोपार्जन गर्दै आएका छन्।

उनका अनुसार घरको दैनिक खर्च, छोराछोरीको पढाइ तथा गृह व्यवहारका सबै आवश्यकता यही पेशाबाट पूरा हुने गरेको सुनाए। ‘यो हाम्रो पुर्ख्यौली पेसा हो। समय दिएर बनाउँदा आम्दानी राम्रै हुन्छ’, उनले भने। राईका अनुसार वर्षेनि करिब रु सात लाखदेखि आठ लाख रुपैयाँ बराबरको नाङ्लो बिक्री हुने गरेको छ।

नाङ्लो बनाउनका लागि आवश्यक बाँस तालतलैया र खोर्सानेघाट क्षेत्रबाट ल्याउने गर्छन्। एक वटा बाँस २०० देखि ३०० रुपैयाँसम्म पर्ने गरेको उनले बताए। एक …

0 comment
0 FacebookTwitterEmail

देशविदेशमा आफ्नो विशेष पहिचान बनाएको ‘भोजपुरे खुकुरी’ आज पनि स्थानीय कालीगढहरूको हातमै चम्किरहेको छ । भोजपुर खुकुरी उद्योगका लागि परिचित जिल्ला हो । यहाँ अहिले पनि मागअनुसारका विभिन्न प्रकारका खुकुरी तयार पारिन्छन् ।

स्थानीय खुकुरी व्यवसायी हीरा श्रेष्ठका अनुसार भोजपुरमा बन्ने खुकुरीको मूल्य न्यूनतम रु पाँच सयदेखि अधिकतम रु ५२ हजारसम्म पर्छ । भोजपुरे खुकुरी नेपालका विभिन्न ठाउँसँगै विदेशबाट पनि माग हुने गरेको छ ।

“यहाँका खुकुरीहरू देशभित्र मात्र होइन, विदेशसम्म निर्यात हुन्छन्”, उनले भने, “मागका आधारमा साधारणदेखि विशेष डिजाइनका खुकुरी बनाइन्छ ।” उच्च मूल्यका खुकुरी विशेष मागका आधारमा बन्ने गरेको छ । त्यसका लागि उच्च गुणस्तरका फलाम, काँसा र …

0 comment
0 FacebookTwitterEmail

करिब २८ वर्ष भारतीय सेनामा सेवा गरी अवकाश प्राप्त कृपाश्वर घले गुरुङले यहाँको रामधुनी नगरपालिका-७ रानीपोखरीमा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ खेती गर्दै आएका छन् ।

उनले विसं २०७४ मा स्थापना गरेको ‘तर्जुमा ड्रागन फ्रुट कृषि फार्म’बाट हाल वार्षिक रु. ५५ देखि ६० लाखसम्म आम्दानी गर्दै आएको बताए । घलेले एक बिघा क्षेत्रफलमा खेती गरिरहेका छन् ।

गुरुङका अनुसार करिब २२ वर्षअघि मलेसियाबाट ल्याइएको रातो पिङ प्रजातिको एक बिरुवाबाट खेती सुरु गरिएको थियो । सुरुमा फलको बजार मूल्य तथा स्वास्थ्य उपयोगबारे स्पष्ट जानकारी नभए पनि माग र मूल्य वृद्धिसँगै खेती बिस्तार गर्दै लगिएको र हाल यही मुख्य आम्दानीको स्रोत बनेको उनले …

0 comment
0 FacebookTwitterEmail

उमेरले ७३ वर्ष पार गरे पनि जोशजाँगर भने लक्काजवानको भन्दा कम छैन पर्वतको मोदी गाउँपालिका–२ कोरुङ्गाका टीकाराम तिमिल्सिनाको ।

बिहान उठेदेखि साँझसम्म मौरीको हेरचाहमै उनको समय बित्छ । पच्चिस वर्षदेखि व्यावसायिक मौरीपालनमा लाग्नुभएका तिमिल्सिना जिल्लामै मौरीबाजेको रूपमा परिचित छन् । कुनै बेला जिल्लामा सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने किसानका रूपमा कहलिएका तिमिल्सिना सुन्तलाखेती छाडेर मौरीपालनमा आकर्षित भएका हुन् ।

तीन सयभन्दा बढी सुन्तलाका बोट लगाएर गाउँमा ठूलो सुन्तला बगैँचा बनाएका तिमिल्सिना सुन्तलाका बोट मर्दै गएपछि मौरीपालनतर्फ आकर्षित भएका छन् । माहुरीको घार र महको माग बढ्न थालेसँगै उनले आफ्नो व्यवसायलाई विस्तार गर्दै लगेका हुन् ।

पहाडी भेगमा अनुकूल हुने एपी …

0 comment
0 FacebookTwitterEmail

उत्तरी क्षेत्रबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल करिब रु. चार करोड खर्चिएपछि अलपत्र बनेको छ। विसं २०६७ मा निर्माण थालिएको यो पुल १५ वर्षदेखि अधुरो बनेको हो। पुल बन्ने आशामा बसेका स्थानीय बासिन्दा अहिले निराश बनेका छन्।

भोजपुर षडानन्द–६ का वडाध्यक्ष सुमन विसुन्केका अनुसार यहाँ संघीय सरकारको करिब रु चार करोड खर्च भएपछि यो पुल निर्माण अलपत्र बनेको छ। छवटा पिलरको आधार (बेस) राखेपछि यहाँको पुल निर्माण अलपत्र रहेको हो।

“लम्सुवाघाट पुल निर्माणको काम लामो समयबाट अलपत्र छ”, वडाध्यक्ष उनले भने, “राज्यको रु. चार करोड खर्च भएपछि काम अलपत्र पारिएको अवस्था छ। हामी स्थानीय …

0 comment
0 FacebookTwitterEmail

बागलुङमा पछिल्लो समय सुरक्षित स्वास्थ्य सस्थाबाट नै गर्भपतन सेवा लिनेको सङ्ख्या  बढ्दो छ । प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा  एक हजार ६४ जना महिलाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सुचीकृत स्वास्थ्य सस्थामार्फत्  सेवा लिएका थिए ।

सेवा लिएकामध्ये २७ जना २० वर्ष मुनिका रहेका बताइएको छ । आव २०८०/८१ मा एक हजार १५२ जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए । अर्कोतर्फ अझै पनि ‘लाज र डर’ का कारण औषधि मार्फत् ज्यान जोखिममा पारेर असुरक्षित गर्भपतन गराउने कायम रहेको छ ।

यस्ता सेवा लिनेमा किशोरी र सम्बन्धविच्छेद गरेका महिला समेत छन् । जिल्लाका १० स्थानीय तहका २६  स्वास्थ्य संस्थाले सुरक्षित …

0 comment
0 FacebookTwitterEmail

नेपालका किसानहरू परम्परागत धान–गहुँ खेतीबाट टाढा हुँदै उच्च मूल्यवान तथा व्यावसायिक बालीतर्फ आकर्षित भएका छन् । मल र सिँचाइको समस्या तथा बिचौलियाको शोषणबाट पीडित किसानहरूले कम लगानीमा बढी मुनाफा दिने भटमास र चिया जस्ता बाली अपनाउँदै छन् । सुदूरपश्चिमको कञ्चनपुरदेखि पूर्वको भोजपुरसम्म यो प्रवृत्ति फैलिँदै छ, जसले ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा भटमास खेतीले किसानहरूलाई नयाँ आशा दिएको छ । यहाँका किसानहरू चार–पाँच वर्षयतादेखि धान–गहुँको परम्परागत खेती घटाउँदै भटमासतर्फ लागेका छन् । नगरपालिका–८ का टेकबहादुर खड्काले सुरुमा पाँच कठ्ठा जग्गामा भटमास खेती थालेका थिए । अन्य बालीको तुलनामा तीन गुणा बढी फाइदा हुने …

0 comment
0 FacebookTwitterEmail

म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटका इन्द्रप्रसाद सुवेदीले दुवै आँखा देख्दैनन् । आवाजको भरमा मान्छे चिन्नुहुन्छ । हिँडेर घरदेखि टाढा जान सहयोगीको आवश्यकता पर्छ । 

शारिरीक रूपमा अशक्त भए पनि इन्द्रप्रसादले कृषि फार्म सञ्चालन गरेर सफल उद्यमीको पहिचान बनाएका छन् । कृषि फार्म सुरु गर्नुअघि इन्द्रप्रसादले रोजगारीका लागि १३ वर्ष कतार, साउदी र मलेसियामा श्रम र पसिना बगाए। विदेशमा सोचेजस्तो सफलता मिलेन ।

विदेशमा मेसिनरी उपकरणमा काम गर्ने क्रममा आँखाको दृष्टि गुम्यो । आँखामा समस्या देखिएपछि स्वदेश फर्किएका इन्द्रप्रसादले १० वर्षअघि कृषि फार्म स्थापना गर्ने योजना सुनाउँदा धेरैले विश्वास गरेनन् । “विदेशबाट फर्केर आएपछि मेरा आँखा बिग्रिए …

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved