Home » समाज
Category:

समाज

रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत पोखरा–१४ समावेशी टोलका गोविन्दबहादुर अधिकारीको यसपटक तीजमा घर आउने योजना थियो।  आफ्ना दिदीबहिनीसँग बसेर तीज मनाउने र उनीहरूका लागि किनेका नयाँ कपडा उपहार दिने सोचमा थिए।

यही भदौ ९ गते साँझ ‘भिडियो कल’मार्फत किनेका कपडा देखाउँदै ‘यो कलर कस्तो छ’ भन्दै उनले परिवार र दिदीबहिनीसँग खुशी साट्नु भएको थियो।

 दिदीबहिनीलाई तीजको उपहार दिने र परिवारसँगै चाड मनाउने उनको त्यो सपना अब सँधैका लागि अधुरै रह्यो।  टिमुरे भन्सार कार्यालयमा सवारी चालकका रूपमा कार्यरत ४७ वर्षीय अधिकारी गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर सम्पर्कविहीन थिए। बाढीमा परेका उनको अवस्था त्यसयता अज्ञात छ।

घटनापछि …

0 comment
0 FacebookTwitterEmail

भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुन:स्थापनाका लागि चितवनका स्थानीय तहले आर्थिक, भौतिक तथा प्राविधिक सहयोग गरिरहेका छन्। स्थानीय तहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गर्नुका साथै बाढीमा बेपत्ता भएकाको खोजी, शव व्यवस्थापन तथा उद्धारका लागि एम्बुलेन्स, शववाहनलगायतका साधन परिचालन गरेका छन्।

इच्छाकामना गाउँपालिकाले भोटेकोशी बाढीमा परी बेपत्ता भएका आफ्नो पालिकाका स्थायी बासिन्दाको खोजी तथा उद्धारका लागि जनही रु २५ हजार उपलब्ध गराउने भएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकराज खत्रीका अनुसार हालसम्म पालिकाका चार जना बाढीमा परी बेपत्ता भएको जानकारी प्राप्त भएको छ। गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा विपद् व्यवस्थापन कोषबाट रु ११ लाख सहयोग गर्ने निर्णयसमेत गरेको छ।…

0 comment
0 FacebookTwitterEmail

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन्।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ। यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेषगरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए।

कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ। …

0 comment
0 FacebookTwitterEmail

भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार त्यस विपद्मा परी ज्याउन गुमाएकामध्ये हालसम्म एक हजार २०० भन्दाबढीको शव फेला परेको छ।

प्रहरीका अनुसार, रसुवामा ११५, नुवाकोटमा १५५, धादिङमा ६०, गोरखामा ६९, नवलपरासीपूर्वमा २१७, नवलपरासी पश्चिममा २०२, तनहुँमा ३८ र चितवनमा ३४८ जनाको शव फेला परेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, ५०० विदेशी नागरिकसहित चार हजार २१६ जना अझै सम्पर्कविहीन छन्। बाढीपछि करिब १२ हजार उद्धार गरिएको छ। उद्धार गरिएका बासिन्दालाई अहिले रसुवा, नुवाकोट, धादिङ र काठमाडौँका विभिन्न स्थानमा ‘होल्डिङ सेन्टर’मा राखिएको छ।

प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल …

0 comment
0 FacebookTwitterEmail
भोटेकोशीमा आएको बाढी रसुवा, १० भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण जिल्लाको उत्तरगया गाउँपालिकामा रहेका प्रभावित क्षेत्र ।

महोत्तरीको बर्दिबास–३ गौरीडाँडाकी सरिता विष्टका हातमा मोबाइल छुटेको छैन। छिनछिनमा उनी मोबाइलमा आँखा डुलाइ रहन्छिन्। एक साता बित्यो घरमा चुल्हो बलेको छैन। न घरमा कसैका आँखा ओभाएका छन्।

अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत छोरा सौभाग्य बिष्ट भोटेकोशी बाढीका कारण सम्पर्कविहीन भएका छन्। “बाबुले मामु ठिकै छु भनेर फोन गरी हाल्छ कि भन्ने लाग्छ, एक छिन यो मोबाइल छाडेकी छैन,” सरिता भन्छिन्, “अहिले सौभाग्यबाहेक कुनै कुरा सम्झन सक्दिनँ।”

यही भदौ १० गते नै पनि बिहान छोरासँग कुरा भएको सम्झँदै सरिता भन्छिन्, “बाढीको खबर आउन थालेपछि सम्पर्क गर्न चाह्यौँ। त्यो दिन बिहान ९ः०० बजेपछि बाबुसँग सम्पर्क हुन सकेको छैन।” सौभाग्यको खोजीमा बुबा …

भोटेकोशीमा आएको बाढी रसुवा, १० भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण जिल्लाको उत्तरगया गाउँपालिकामा रहेका प्रभावित क्षेत्र ।
0 comment
0 FacebookTwitterEmail

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द गरिएका छन्। बाढीले प्रभावित भएको विदुर नगरपालिकासहित किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द रहेको छ भने बेलकोटगढी र तारकेश्वरले प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन अनिश्चित भएको जनाएको छ।

बाढीका कारण विद्यार्थी, शिक्षक र अभिभावक हराइरहेका, विद्यालयको संरचना, सडक र पुलमा पुगेको क्षतिले आवतजावत गर्न कठिन रहेकाले तत्कालै विद्यालय सञ्चालनको तयारी नभएको विदुरका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए। उनका अनुसार दैनिक जनजीवन केही सरल र नदी वारपार गर्नसक्ने भएपछि मात्रै विद्यालय सञ्चालन हुनेछ।

शिक्षा शाखा प्रमुख नवराज सापकोटाका अनुसार बाढी आउँदैछ भन्ने सूचना प्राप्त भए पनि त्यसको …

0 comment
0 FacebookTwitterEmail

स्वास्थ्य, शिक्षा र सचेतनाका दृष्टिले सुगम जिल्लाका रूपमा चिनिने यस चितवन  जिल्लामा अझै पनि किशोरी आमा बन्ने समस्या अन्त्य हुनसकेको छैन। विगत तीन आर्थिक वर्षको तुलना गर्दा २० वर्षमुनिका आमा बन्नेहरूको सङ्ख्या उस्तै छ।

जनस्वास्थ्य कार्यालय चितवनका अनुसार हरेक वर्ष स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउनेमध्ये किशोरी आमा आठदेखि नौ प्रतिशतको बीचमा रहेको पाइएको छ। कार्यालयका सूचना अधिकारी इन्द्रमणि भण्डारीका अनुसार गत आवमा जिल्लाका विभिन्न अस्पतालमा शिशु जन्माएकामध्ये ९८५ किशोरी छन्। सो आवमा ११ हजार ८६८ जनाले अस्पतालमा प्रसूति सेवा लिएका थिए।

यस्तै आव २०८१-८२ मा अस्पतालमा आएका ११ हजार ८९ जनामध्ये ९५८ जना किशोरी आमा रहेका थिए। आव २०८०-८१ मा …

0 comment
0 FacebookTwitterEmail

हिजोआज साँझ पर्नासाथ पाल्पा तानसेनका चोकमा ढोल र झ्याम्टाको आवाज गुन्जिन थाल्छ। भीडको बिचबाट डरलाग्दो मुकुण्डो लगाएको लाखे निस्कन्छ। उसको चालसँगै भुच्चा पनि नाच्दै अघि बढ्छ।

दर्शकका लागि यो मनोरञ्जनको दृश्य हो, तर यहाँका केही युवाका लागि भने आफ्ना पुर्खाले छाडेर गएको संस्कृति जोगाउने अभियान हो। कुनै समय नेवार समुदायको परम्परा, पहिचान र मनोरञ्जनसँग अभिन्न रूपमा जोडिएको लाखेनाच पछिल्लो समय नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा लोप हुने अवस्थामा पुगेको छ। पुरानो पुस्ताले बिर्सिँदै गएको यही परम्परालाई जोगाउन यहाँका नयाँ पुस्ताका युवा अहिले सक्रिय भएका छन्।

पाल्पाली नाट्य कला सांस्कृतिक समूहमा आबद्ध युवाले लाखेनाचलाई अभियानकै रूपमा अघि बढाएका छन्। उनीहरूले घण्टाकर्णदेखि …

0 comment
0 FacebookTwitterEmail

दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हेमनगर निवासी टीका डाँगीले छोराको बाटो हेरेको लामो समय भयो। आँखा टट्टाइसकेको छ। आशा धुमिल बन्दै गएको छ, तर मनको कुनामा झिनो आशा भने अझै बाँकी छ।

उन अहिले ८० वर्ष पुगिन्। तर, अहिलेसम्म छोराको कुनै अत्तोपत्तो छैन। विसं २०५८ पुसदेखि सम्पर्कविहीन भएका उहाँका छोरा ओवीराम डाँगीको अहिलेसम्म कुनै खबर नआए पनि उनले आशा भने मारेकी छैनन्।

“ढोका ढकढक गर्दा पनि छोरो आयो कि जस्तो लाग्छ, मुसा कराउँदा पनि छोराकै याद आउँछ”, उनले भने, “मेरो कपाल फुलेर सेताम्मे भइसक्यो तर अहिलेसम्म केही पत्तो लागेको छैन।”

बुढेसकालको सहारा होला भनेर छोरालाई इन्जिनियर पढाएको डाँगीले सुनाइन्। तर, बुढेसकालमा झन् …

0 comment
0 FacebookTwitterEmail

देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइँदैछ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने प्रचलन छ। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ।

आजकै दिन ब्राह्मण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधानशास्त्रमा उल्लेख छ। यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र …

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved