Home » साहित्य/कला/संस्कृति » Page 22
Category:

साहित्य/कला/संस्कृति

रङको प्रवाहवान गतिमा क्यानभास नै पहाडी चट्टानको पाटा जस्तै लाग्छ । बगिरहेका रङका भेलमा कलाकार स्वयम् अरूलाई पनि दौडाउन अग्रसर हुन्छन् । क्यानभासमा रङहरू तुलिकाघातमा यसरी दौडिन्छन् जहाँ बेगबतासको गतिले पनि भेट्टाउन सक्दैन । रङहरूको सन्तुलित र सुन्दर संयोजन अनि सौन्दर्यमय अनुभूतिको सम्प्रेषण उहाँका कलाका विशेषता हुन् । ती आकृतिहरूले दिने सन्देश र पार्ने प्रभाव सकारात्मक कलाकारिताका जीवन्त पक्ष हुन् ।

क्यानभासमा उहाँका रङ र रेखाहरू वेगवान प्रवाहमा बहकिएका हुन्छन् । बहकिनुको अर्थ व्यर्थ वा अर्थहीन होइन, हुँदैन । त्यसले दर्शकलाई पनि गतिमय जीवनको सन्देश दिन्छ । गतिशीलता वा सक्रियताको सङ्केत र सन्देश प्रवाह गर्छ । सुरुका दिनमा उहाँले यथार्थवादी …

कर्मचारी, कलाकार हुँदै कुलपतिसम्म के. के. कर्माचार्य
0 comment
0 FacebookTwitterEmail

सत्यमोहन जोशीसँग अन्तर्वार्ता लिइरहेको थिएँ– उहाँकै घरको अध्ययन कक्षमा। यसैबीच हाम्रो सामु तात्तातो ‘योमरी’ आइपुग्यो– त्यो धान्यपूर्णिमाको दिन थियो।
यो पूर्णिमालाई नेवार समाजमा योमरीसँग जोडेर हेरिन्छ। यही भएर पूर्णिमाको नाम नै ‘योमरी पुन्हि’ रहेको हुनुपर्छ। वर्षको पहिलो धान बाली भिœयाई त्यही चामल पिँधेर तयार गरिने पिठोबाट विशेष प्रकारको योमरी बनाइ भकारीमा राखेर त्यसको पूजा गरिन्छ। यही अवसरमा घर घरमा पकाइने योमरी आफू मात्रै खाने गरिँदैन, अरुलाई पनि खुवाउने गरिन्छ।
तिहारताका देउसी र भैलो खेल्दा सेलरोटी मागे जस्तै यो दिन नेवारहरू योमरी कै गीत गाउँदै योमरी माग्न जाने चलन छ। नेवारहरूको साँस्कृतिक जीवनमा यसको विशेष स्थान रहेको छ।
अन्तर्वार्ता लिइराखेका बेला …

सत्यमोहन जोशीसँगका सम्झना
0 comment
0 FacebookTwitterEmail

शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ। मुटु र प्रोष्टेटको समस्या रहेका जेशीमा  कमजोरी बढेपछि यही असोज ७ गते ललितपुरको ग्वार्को स्थित किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो। अस्पतालमा रगत परीक्षण गरेपछि उनमा डेंगु संक्रमणसमेत पुष्टि भएको थियो।

उपचारकै सिलसिलामा आज बिहान जोशीको निधन भएको जोशी परिवार निकट प्रसाईंले जानकारी दिएका छन्। प्रसाईंको फेसबुक स्टाटसमा लेखिएको छ– ‘हाम्रा अति श्रद्धेय शताब्दी पुरुष सत्यमोहन जोशीको आज बिहान ७ बजे र ९ मिनेटमा किस्ट मेडिकल कलेजमा १०३ वर्षको उमेरमा स्वर्गारोहण भयो।’

संस्कृतिविद् एवम् शताब्दी पुरुष जोशीको निधनले अपुरणीय क्षति भएको छ। आईएनस परिवार जोशीलाई श्रद्धाञ्जली अर्पण …

सत्यमोहन जोशी: देश चियाउने आँखीझ्याल
0 comment
0 FacebookTwitterEmail

पोखरेली युवा सांस्कृतिक परिवारले कलामा क्रियाशील स्रष्टालाई दुई–दुई वर्षमा प्रदान गर्ने ‘ललितकला पुरस्कार २०७८’ बाट कलाकार आलोक गुरुङलाई केही महिनाअघि पुरस्कृत गर्यो। आफ्नै कर्मथलोमा उहाँको कलाकारी योगदानको कदर गरिएको यो पहिलो थियो। त्यसो त उहाँ नेपाली चित्रकला विधामा राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय परिचय प्राप्त कलाकार हुनुहुन्छ। ‘कला भनेको मनोरञ्जन र सौन्दर्य मात्रै नभएर चेतनाको उज्यालो पनि हो’ भन्ने मान्यताका कलाकार मूलत: मुहारचित्र र दृश्यचित्रमा पोख्त चित्रकार मानिनुहुन्छ। उहाँले यिनमा सयौं चित्र सिर्जना गरिसक्नुभएको छ। गुरुङको खास विशेषता ‘लाइभ डेमोस्ट्रेशन’ हो।

यथार्थवादी कलामा वस्तुको आकृति, अवस्थिति, संरचना, सन्तुलन, रङ आदिमा स्वाभाविकता प्रदान गर्न प्रकृतिका हरेक क्षणलाई आँखा र मनले खिचेर कलामा …

लाइभ डेमोस्ट्रेशनका खास चित्रकार आलोक गुरुङ
0 comment
0 FacebookTwitterEmail

धामी झाँक्रीहरू ढ्वाङ्ग्रो ठोक्दै, नबुझिने भाषामा बर्बराउँदै आफ्नै तालमा नाचिरहेको देख्नुभयो र अगाडि बिरामी पनि छ भने बुझ्नुहोस् तिनीहरूले बिरामीको उपचार गर्ने प्रयत्न गरिरहेका छन्। यदि बिरामी छैन तर त्यस्तै गरी ढ्याङ्ग्रो ठोकेर केही गरिरहेका छन् भने चिन्ता बसेको पनि हुन सक्छ। केही समयअघि मोरङको बेलबारी ६ बोराबाँधस्थित स्कूलमा केही समय अघि स्कूलमा भूतप्रेत र आत्माले दु:ख दिएको भनेर लक्ष्मीमार्गबाट लगिएका धामी चिन्ता बसेको समाचार सार्वजनिक भएको थियो।

नियमित रूपमा गर्नुपर्ने काम गरेको भए त्यसलाई साधना भन्न सकिन्थ्यो तर त्यस्तो पनि होइन। यस्तै विविध घटना र धामीझाँक्रीको क्रियाकलापबारे बुझ्न उनीहरूसँग अन्तरंग हुनु आवश्यक थियो। २०६३ सालतिर यो पंक्तिकार रुकुम जिल्लाको …

0 comment
0 FacebookTwitterEmail

भौगोलिक आकारले सानै भए पनि नेपाल विविधताले भरिपूर्ण देश हो। यहाँ सामाजिक, भाषिक, सांस्कृतिक, धार्मिक, जैविक, वानस्पतिक लगायत मूल्य, मान्यता र जीवनयापनमा समेत विविधता पाइन्छ। विभिन्न जात जाति, भाषा भाषी र धर्मावलम्बीहरुका विचार र भावनाका शृङ्खलामा उनिएको नेपाली समाज धार्मिक, सांस्कृतिक समिश्रणको नमुना हो। धार्मिक हिसाबले हेर्दा यस सम्मिश्रणमा शाक्त सम्प्रदायको व्यापकता धेरै ठूलो छ। किनभने नेपालका सबै जाति, जनजाति कुनै न कुनै रूपमा शाक्त मतका अनुयायी भएको, रहेको प्रमाणित हुन्छ।

सरकारी अभिलेख अनुसार नेपालमा १ सय २५ सांस्कृतिक, १ सय २९ भाषभाषी र १० धर्मावलम्बीहरू रहेका छन्। नेपालको यस विविधतालाई कलह होइन सम्पत्तिका रूपमा लिनुपर्छ तर राष्ट्रिय र अन्तर्राष्ट्रिय …

किन गर्छौ पूजा शक्तिको? जननीको?
0 comment
0 FacebookTwitterEmail

केही महिना अगाडि लैंगिक न्याय र स्वतन्त्रतामा आफ्नो विश्वासको प्रतीक कालीको छविलाई एक भारतीय महिला निर्देशकले आफ्नो कुरा भन्नका लागि छनौट गरिन। त्यसको विरोधमा इन्टरनेटमा आगो ओकलिरहेका यी ‘आस्थावान’ हरू महिलाहरू स्वतन्त्रताको यो उन्मुक्त चित्रणबाट डराएका हुन त? वा कालीको स्वतन्त्रताको पक्षमा नारीले गरेको कुराले उनीहरूलाई अप्ठ्यारो परिरहेको छ?

“त्यसपछि अम्बिकाले ती शत्रुहरूप्रति ठूलो क्रोध प्रकट गरिन्। त्यतिबेला रिसले उनको अनुहार कालो भयो। निधारमा आँखीभौंहरू माथि उठेका थिए, र त्यहाँबाट तुरुन्तै तरबार र पासो बोकेकी विकरालमुखी काली देखा परिन। उनी मालाले सजिएकी थिइन्। उनको शरीरको मासु सुकेको थियो, हड्डीको संरचना मात्र थियो, जसले गर्दा उनी निकै डरलाग्दो देखिइन। उनको मुख …

0 comment
0 FacebookTwitterEmail

कलाकार राधेश्याम मुल्मीका कलाकृतिहरूले जीवन लयात्मक, गतिशील र तरङ्गित छ भन्ने सन्देश प्रेषित गर्दै आएका छन्। उहाँका प्रत्येक चित्रका स्वरूप अत्यन्त सरल र कलात्मक प्रवाहमा प्रकट भएका हुन्छन्। ती लयात्मक गति हरेक दर्शकसँग अनौठो र मिठो सौन्दर्य–संवाद गर्दै सलल बग्छन्। त्यो बगाइ पनि जीवन्त र अविच्छिन्न हुन्छ। यस किसिमको खुबी मुल्मीको प्रथम विशेषता नै हो भन्न सकिन्छ। त्यही खुबीमा कलात्मक सौन्दर्यसँग प्रत्येक दर्शकले साक्षात्कार हुने अवसर पाउँछन्।

कलाकार मुल्मीको यो सीप र शैली नेपाली कलाकै गौरवमय सिर्जना हुन् तर उहाँको कलाकारितामाथि समयले मूल्याङ्कन गर्न निकै कञ्जुस्याँइ गरेकै हो। यद्यपि उहाँ आमनेपाली कलाकारभन्दा भिन्न स्वभावका कलाकार हुनुहुन्छ। इमानदारितापूर्वक आफ्नै कलाकर्ममा मग्न …

कलामा लयात्मक तरङ्ग राधेश्याम मुल्मीको विशेषता
0 comment
0 FacebookTwitterEmail

नेपाली जनजीवनको धार्मिक तथा सांस्कृतिक क्षेत्रमा प्रचलित अनेकौं चाडपर्वमध्ये सर्वाधिक चर्चित र विवादास्पद पर्व दसैं हो भन्दा कतिपयलाई चित्त नबुुझ्न सक्छ। सामाजिक सद्भाव तथा पारिवारिक मिलनको रूपमा यसलाई लिन मनपराउनेहरूलाई विवादको कुरा चित्त नबुुझ्नु स्वाभाविक पनि हो तर नेपाली समाजलाई सरसरती मात्र हेर्दा पनि दसैंको बेला अनेकौं विरोधाभासहरू छचल्किने गरेको पाइन्छ। नेपाली समाज बुुझ्न यसतर्फ ध्यान दिनै पर्दछ– बेवास्ता गरेर उम्कनै सकिदैन।

कुनै बेला यसलाई राज्यले राष्ट्रिय स्तरमै ‘सम्पूर्ण नेपालीको महान पर्व’ भन्थ्यो तर जनजाति समुदायको एक तप्काले आफ्नो चाड नभएर र राज्यले जबर्जस्ती लादेको भन्दै बहिष्कारको अभियान थाल्यो। त्यसपछि भाष्य परिवर्तन गरेर ‘सम्पूर्ण हिन्दू धर्मावलम्बीको महान पर्व’ भन्न थाल्यो। …

0 comment
0 FacebookTwitterEmail

करिब ५० वर्षअघिको सम्झना हो यो– अब दसैं कहिले आउँछ भनेर पात्रो हेर्नै पर्दैनथ्यो। दसैं आएको जानकारी पाउन मैले आफ्नै खालका सूचक बनाएको थिएँ। रातो र कमेरोमाटो ल्याउन आमा, भाउजू, दिदीहरूको लाम सुरु हुनु, बन पाखाका तितेपाती फुल्न थाल्नु, गाउँमा खसी बोकाको कुरा हुन थाल्नु मेरा मुख्य सूचक थिए।

दशैंमा धेरैको मुख्य चासो मासुमा हुने भएकाले फलानोले यति धार्नीको खसी ल्यायो, ढिस्कानोले उती धार्नीको ल्यायो भनेर चर्चा हुन्थ्यो। कसले पालेकोदेखि कसको जखमले वा कहाँबाट कसरी ल्यायोदेखि कति रुपैयाँको लगायतका विषयमा चर्चा सुरु हुन्थ्योज़।

घटस्थापनाको अघिल्लो दिन हाफ छुट्टीमै स्कुलले १५ दिने बिदाको जानकारी गराएपछि अब १५ दिनसम्म स्कूल आउन नपर्ने …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved