नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले सुनाएको थुनछेक आदेशविरुद्ध दायर पुनरावलोकन निवेदनमाथि उच्च अदालत पाटनले आजै (शुक्रबार) आदेश दिने सम्भावना छ।
न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा बिहीबार सुनुवाइ सकिएको थियो। जिल्ला अदालतको थुनछेक आदेशानुसार पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तका कानुन व्यवसायीले जबाफी बहस सकेपछि बिहीबार सुनुवाइ पनि सकिएको थियो। उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले उक्त मुद्दामा शुक्रबार आदेश हुनसक्ने जानकारी दिनुभयो ।
काठमाडौं जिल्ला अदालतले मुद्दाको अन्तिम किनारा नलाग्दासम्म १६ जना अभियुक्तहरूलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न भन्दै असार १ गते थुनछेक आदेश जारी गरेको थियो। यस्तै, २ अभियुक्तलाई तारेख तथा धरौटीमा रिहा गर्ने जिल्लाको आदेशविरुद्ध …