धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्का प्रहरी हेडक्वार्टर तानिएका छन् । खड्कालाई धनुषा प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालय तानिएको गृहमन्त्रालयको एक स्रोतले जानकारी दिएको छ।
धनुषामा मृत अवस्थामा फेला परेकी आरती साहको परिवारले खड्कालाई त्यहाँबाट हटाएर कारबाही गर्न माग गर्दै माइतीघरमा धर्ना बसिरहेका छन् ।
जेठ ३० गते आरती साहका परिवारले दिएको बयानमा हेरफेर भएको भन्दै हस्ताक्षर गर्न नमानेपछि झडप भएको थियो। झडपका क्रममा आरती साहकी बहिनी मनिषा, भाई प्रेम, बुबा विनोदप्रसादमाथि कुटपिट गरेको आरोप एसपी खड्कामाथि छ।
खड्का २०७९ पुस १२ मा धनुषामा सरुवा भएका थिए । सोमबार गृह मन्त्रालयले आरती साहको परिवारलाई वार्तामा आउन आग्रह गरेको …