वीरगन्जको आदर्श नगरमा रहेको सानो पाइला बचत तथा ऋण सहकारीका बचतकर्ताहरू प्रदर्शनमा उत्रिएका छन् । करिब डेढ सयभन्दा बढी बचतकर्ताको लगानी लिएर फरार भएको सानो पाइलाबाट बचत रकम पाउनको लागी बचतकर्ताहरूले प्रदर्शन गरेका हुन । वीरगन्जका बचतकर्ताहरूको १ अर्ब भन्दा बढी रकम हिनामिना गरी फरार रहेका सानो पाइला बचतका सञ्चालक जीवी (गितेन्द्रकाबु) राई सहित सञ्चालक र कर्मचारीहरूको पक्राउको माग गर्दै पीडित बचतकर्ताहरूले प्रदर्शन गरेका हुन ।
प्रचण्ड चिसोमा वीरगन्जको टिबडेवाला धर्मशालामा भेला भएका पीडित बचतकर्ताहरूले विरोध जुलुस निकालेर वीरगन्जमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरूले सानो पाइलाका सञ्चालक जीवीलाई पक्राउ गरी कारबाही गर, बचतकर्ताको रकम फिर्ता गर, बचतकर्ताको रकम टिभीमा …
