गत ५ भदौमा आफ्नै हजुरबुबाले १४ वर्षीय नातिनीलाई जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा प्रहरीले इलामबाट हजुरबुबालाई पक्राउ गर्यो। ६५ वर्षीय हजुरबुबाले आफ्नै छोराकी छोरीलाई एक वर्ष यता पटक पटक करणी गर्दै आएको र चार महिनाको गर्भ रहेको स्वास्थ्य जाँचबाट खुलेको थियो ।
विद्यालयमा अध्ययनरत छात्रालाई अस्वाभाविक देखेपछि शिक्षक शिक्षिकाले अनुसन्धान गरेर बालिकामाथि सोधखोज गरेको र बालिकाले आफ्नै हजुरबुवाले आफूमाथि यस्तो कार्य गरेको बताएपछि प्रहरीले हजुरबुबालाई पक्राउ गरेको थियो ।
गएको असारमा इलामकै एक बालिकाको आफ्नै सौतेनी बाबुले बलात्कार गरी गर्भवती बनाएको घटना सार्वजनिक भएको थियो । १२ वर्षकी उक्त बालिकामा तीन महिनाको गर्भ आएपछि उनी बलात्कृत भएको पुष्टि भएको थियो । बलात्कार अभियोग लागेका बाबु अहिलेसम्म फरार नै छन् ।
बालिकाकी आमाले दोस्रो विवाह गरेको केही समयपछि सुत्केरी भइन् । दोस्रो विवाह गरेर गएकी आमा सुत्केरी हुँदा घरमा सर–सहयोगका लागि लगिएकी उक्त बालिकालाई सौतेनी बाबुले गर्भवती बनाएर फरार भए । ती बालिका अहिले आफन्तसँग बेसेकी छिन् ।
गत भदौ १५ गते मोरङमा १३ वर्षीय बालिकाले बच्चा जन्माइन् भन्ने खबर सार्वजनिक भयो । १६ वर्षीय किशोरको जबरजस्ती करणीबाट उनी गर्भवती भएकी थिइन् । गर्भ ८ महिनाको भएपछि मात्र परिवारले थाहा पाए । ती बालिकाले जन्माएको शिशुलाई संरक्षण गृहमा राखिएको छ ।

समाजमा पहिला पनि घटना हुन्थे तर बाहिर आउँदैन थिए । तर पछिल्लो समयमा सचेतना बढेकोले घटना बाहिर आउने गरे पनि अहिले पनि कानुन कार्यान्वयनको अवस्था कमजोर भएकोले प्रभावितहरूले सहजै न्याय पाउन सकेको उपाध्याय बत्ताउँछिन्। त्यसैले पिडकहरूलाई कानुन बमोजिम कारबाहीको प्रक्रिया अगाडी बढाउन र न्याय पाउन सहज वातावरण बनाउनु पर्ने आवश्यकता रहेको पनि उपाध्यायको भनाई छ ।
कोशी प्रदेशमा ३ वर्षको अवधिमा दर्ता भएका ३ हजार ४ सय ७१ वटा लैङ्गिक हिंसाका मुद्दामा ३ हजार ३४९ जना पक्राउ गरी कानुनी प्रक्रिया अगाडी बढाएको कोशी प्रदेश प्रहरीका सह प्रवक्ता दाहालले बताए ।
कोशी प्रदेश प्रहरीमा जबरजस्ती करणी, करणी उद्योग बाहेक अप्राकृतिक मैथुन का २१ वटा, मानव बेचबिखन तथा ओसारपसारका ५७ वटा, अपहरणका ३७ वटा ,बहुविवाहका ३४ वटा यस्तै बालविवाहका ४ सय ७९ वटा, बोक्सीको आरोपका ११ वटा, कर्तव्य ज्यानका १ सय ७६ वटा र गर्भपतनका घटनाका २४ वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
ध्रुव भट्टराई/मोरङ का अन्य पोस्टहरु:
- कोशीमा सांसदहरूले भत्ता बापत १९ लाख रुपैयाँ बुझे, बनेन जनसरोकारका कानुन
- झापा र मोरङमा हात्ती आतङ्क, पाँच जनाको ज्यान गयो
- ‘विराटनगरलाई बजेट विनियोजन गर्दा उपेक्षा नगरियोस्’- अध्यक्ष नवीन रिजाल
- हिँड्ने बाटो रोकिएपछि बढ्यो कोसीका तीन जिल्लामा हात्तीको आक्रमण
- कर्मचारी नहुँदा कोशी लोकसेवा आयोग आफै समस्यामा
- कोशी प्रदेश सरकारको कृषिमा १६ करोड बढी अनुदान
- चुलोले स्खलित गरेको पदको गरिमा
- कोसीको खेल क्षेत्रमा हालसम्मकै न्यून बजेट: निराश छन् खेलाडि
- कोसीमा चार हजार ३५८ महिला हिंसाका उजुरी, अधिकांश मिलापत्र
- कोसी प्रदेशमा जिम्मेवारीविहीन हुँदा मन्त्रीहरू फुर्सदिला
