Home » स्वास्थ्य » Page 3
Category:

स्वास्थ्य

बेलायतकी राजकुमारी केट मिडलटनले शुक्रबार एक सार्वजनिक घोषणा गर्दै आफूलाई क्यान्सर भएको र केमोथेरापीबाट उपचार गरिरहेको खुलासा गरेकी छिन्। राजकुमारीको स्वास्थ्य स्थिति र उनी कहाँ छिन् भन्नेबारे एक हप्तादेखि सार्वजनिक टिका-टिप्पणी चल्दै आइरहेको थियो।

विन्डसर राजमहलमा रेकर्ड गरिएको भिडियो सन्देश सार्वजनिक गर्दै राजकुमारीले आफ्नो स्वास्थ्य स्थितिबारे जानकारी गराएकी थिइन्। जनवरीमा पेटको शल्यक्रियाका लागि अचानक राजकुमारी अस्पताल भर्ना भएकी थिइन्। त्यसबेलादेखि नै सामाजिक सञ्जालमा अनेक अनुमान र टिकाटिप्पणी चल्दै आएको थियो।

भिडियो सन्देशमा राजकुमारी केटले शल्यक्रिया पछि थाहा भएको यस क्यान्सरको उपचारको समयमा आफू र आफ्नो गोपनीयताको सबैलाई इज्जत गरिदिन आग्रह गरिन्।

स्वेटर र जिन्स जस्ता अनौपचारिक लुगा लगाएर राजकुमारी केटले …

0 comment
0 FacebookTwitterEmail

सरकारले सन् २०५० सम्ममा मुलुकलाई क्षयरोग मुक्त घोषणा गर्ने लक्ष्य लिएको छ। विश्व क्षयरोग दिवसका अवसरमा चैत ८ गते भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा प्रज्ज्वल श्रेष्ठले क्षयरोग मुक्त नेपाल अभियान अन्तर्गत अहिले एक सय २५ स्थानीय तहमा क्षयरोगको पहिचान, निदान र उपचार सेवामा सुधार गरिएको जानकारी दिनुभयो।

अभियान क्रमशः सात सय ५३ वटै स्थानीय तहमा लागू गरिने उहाँको भनाइ छ। उहाँका अनुसार गत आर्थिक वर्षमा २५ वटा स्थानीय तहबाट सुरु गरिएको सो अभियान चालु आवमा थप एक सय स्थानीय तहमा सुरु गरिएको हो। निर्देशक श्रेष्ठ समुदायको सक्रियतामा सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल बनाउने र क्षयरोगको निदान …

0 comment
0 FacebookTwitterEmail

सरकारले पाठेघरको मुखमा क्यान्सरविरुद्धको ‘एचपीभी’ खोपको दोस्रो मात्रा किशोरीलाई लगाउन सुरु गरेको छ। यसअघि खोपको पहिलो मात्रा लगाएका किशोरीलाई दोस्रो मात्रा खोप लगाउन सुरु गरेको हो।

पहिलो मात्रा खोप लगाएका नौ हजार नौ सय ९९ किशोरीलाई दोस्रो मात्रा लगाउन थालिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार यसअघि पहिलो मात्रा खोप लगाइएका अस्पतालमा नै दोस्रो खोप लगाउन किशोरी जानुपर्नेछ।

कोशी प्रदेशको कोशी अस्पताल विराटनगरमा, मधेशको नारायणी अस्पताल विरगञ्जमा, गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णालीको प्रदेश अस्पताल विरेन्द्रनगरमा ७ चैत देखि खोप लगाउन सुरु गरिएको हो। लुम्बिनी प्रदेशको …

0 comment
0 FacebookTwitterEmail

काठमाडौँ उपत्यकाभित्र गरिएको अनुसन्धानमा ७३ प्रतिशत बालबालिकाको दाँत किराले खाने समस्या देखिएको  छ। कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्रले गरेको ६८ वटा विद्यालयमा गरेको अनुसन्धानका क्रममा ७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या देखिएको पाइएको हो।

विश्व मुख स्वास्थ्य दिवसको पूर्वसन्ध्यानमा चैत ६ गते कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालले पत्रकार सम्मेलन आयोजना गरी पछिल्लो समय नेपालका बालबालिकामा दाँत किराले खाने अत्यधिक रहेको बताएको छ।

पत्रकार सम्मेलनमा अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा बुद्धिमान श्रेष्ठले बालबालिकाले राम्रोसँग ब्रस नगर्ने, बजारमा पाइने तयारी खाना खाने, चक्लेट, विष्कुटलगायत गुलियो खानेकुरा खाँदा अधिकांश बालबालिकाको दाँत किराले खाने समस्या देखिएको बताउनुभयो।

अस्पतालले बिएम फाउन्डेसन …

0 comment
0 FacebookTwitterEmail

बाँकेमा नक्कली औषधि पसल सञ्चालकलाई पक्राउ गरिएको छ भने पसललाई सिल गरिएको छ। डुडुवा गाउँपालिका–६ चौधरीपुर्वाबाट नक्कली औषधि बिक्रेता विकास लखेरलाई जिल्ला प्रशासन कार्यालय बाँकेको टोलीले २५ फागुनमा पक्राउ गरेको छ।

अनुगमनका क्रममा डुडुवा गाउँपालिकाको चौधरीपुर्वा पुगेको जिल्ला प्रशासनको टोलीले नक्कली औषधि पसल सञ्चालक लखेरलाई पक्राउ गरी पसल सिल गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो। प्रजिअ पोखरलेका अनुसार पक्राउ गरिएका विकास लखेरले औषधि बिक्री गर्ने योग्यताको प्रमाणपत्र देखाउन सकेका थिएनन्। उनको पसल दर्ताबिना नै सञ्चालन गरेको अनुगमनबाट फेला परेको प्रजिअ पोखरेलले बताउनुभयो। आरोपी लखेरको पसलमा करिब ७५ प्रतिशत औषधि म्याद गुज्रिएको अवस्थामा समेत भेटिएको छ।

“म्याद गुज्रिएको भन्दा …

0 comment
0 FacebookTwitterEmail

भूकम्पबाट क्षति भएको जाजरकोट, रुकुमपश्चिमका महिला तथा बालबालिकामा कुपोषणको जोखिम बढेको छ। जाजरकोट, रुकुमपश्चिमका साथै सल्यानका महिला तथा बालबालिकामा भूकम्पपछि कुपोषणको जोखिम बढेको हो ।

भूकम्प प्रभावित क्षेत्रमा तीन महिनासम्म सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट उक्त कुरा पत्ता लागेको नेपाल परिवार नियोजन सङ्घले जनाएको छ। सङ्घकाअनुसार महिलामा इच्छा नभएरै गर्भवती हुने दर पनि बढेको छ।

गत मङ्सिरदेखि माघसम्म परिवार नियोजन सङ्घले सञ्चालन गरेको ‘आधारभूत स्वास्थ्य सेवा कार्यक्रम’ शिविरमा सेवा लिन आएका अधिकांश महिला तथा बालबालिकामा कुपोषणको जोखिम बढेको पाइएको कार्यक्रमका संयोजक वसन्त खनालले बताउनुभयो।

उहाँका अनुसार कार्यक्रमअन्तर्गत जाजरकोट र रुकुमपश्चिममा ४६ वटा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। विपद्का समयमा पोषिलो खानेकुरा …

0 comment
0 FacebookTwitterEmail

दक्षिण एसियाली मुलुकभन्दा नेपाल सबैभन्दा बढी  बहिरोपन (कान सुन्ने क्षमता कम)को समस्यामा रहेको पाइएको छ। विश्व श्रवण दिवसको अवसरमा फागुन २० गते यहाँ सोसाइटी अफ ओटोलारिङ्गोलोजिस्ट्स् अफ नेपाल (सोल नेपाल) ले आयोजना गरेको कार्यक्रममा वीर अस्पतालका वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ प्रा डा दीपेन्द्र श्रेष्ठले दक्षिण एसियाली मुलुकमा सबैभन्दा बढी नेपालमा बहिरोपनको समस्या रहेको बताउनुभयो।

नेपाल दक्षिण एसियामै सबैभन्दा बढी बहिरोपन समस्या भएको देश हो”, उहाँले भन्नुभयो, भुटान र अफगानिस्तान भन्दा पनि हामीमा बहिरोपनको समस्या धेरै छ।” डा श्रेष्ठका अनुसार नेपालमा करिब १५.५ प्रतिशत मानिसमा बहिरोपनको समस्या छ। पैँतिस डेसिवल भन्दा कम सुन्ने …

0 comment
0 FacebookTwitterEmail

मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य स्वच्छताका बारेमा उपभोक्ताले आफूले खानेकुराको स्तर (लेबल) हेर्न अति आवश्यक हुने स्वास्थ्य विज्ञ बताउँछन्। लेबल ख्याल नगरी कतिपय उपभोक्ताले बजारमा पाइने  खानेकुरा उपभोग गरिरहेकाले स्वास्थ्यमा प्रतिकूल असर गरिरहेको विज्ञको भनाइ छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत भीमप्रसाद पुलामीले कुनै पनि खाद्य पदार्थ खानयोग्य छ/छैन भनेर उपभोक्ताले खानुअघि लेबल हेर्नुपर्ने बताउनुभयो। उपभोक्ताले ताजा एवं सुरक्षित खानेकुरा हो/होइन जाँच गरेर मात्र खानेकुरा खानुपर्ने उहाँको भनाइ छ।

तपाईंले खाने खाना के सुरक्षित एवं स्वस्थ्यकर छ? खानामा कुनै अखाद्य वस्तु मिसाइएको पनि हुनसक्छ। यस्तो खानाको उपभोगले मानव …

0 comment
0 FacebookTwitterEmail

पछिल्लो समयमा नेपाली समाजमा मानसिक रोगप्रति संवेदनशील नहुँदा यो विकराल समस्याका रुपमा देखिन थालेको सरोकारवालाहरूले बताएका छन्।

कर्णाल प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना तथा सिएमसी नेपालको समन्वय तथा सहकार्यमा  फागुन १८ गते वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनैतिक कार्ययोजनाको निर्माण प्रक्रिया र कार्यान्वयको अवस्था विषयक छलफलमा सहभागी सरोकारवालाहरूले मानसिक रोगले समाज भित्रभित्रै प्रभावित भएको बताएका हुन्।

गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सुशीला सिम्खडाले मानव स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्दै समृद्ध समाज निर्माणका लागि मानसिकरुपमा स्वस्थ नागरिक हुनुपर्छ भन्नुभयो। “खानपिन, वैदेशिक रोजगार र हाम्रो जीवनशैलीका कारण अहिले मानसिक रोग बढ्दै गएको छ,” उहाँले भन्नुभयो, …

0 comment
0 FacebookTwitterEmail
काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालन नगरेको जनाएको छ ।

कामपा स्वास्थ्य विभागले गत असोज २१ गतेदेखि औषधि पसलको अनुगमन थालेको थियो । अहिलेसम्ममा वडा नं १, २ र ३ का अधिकांश र अन्य वडामा गरिएको अनुगमनका क्रममा उक्त सङ्ख्या ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालन नगरेको पाइएको विभागले जनाएको छ ।

वडा नं १४ कलङ्कीमा सञ्चालित मिसन फार्मेसीले फ्रिज नचलाइ खोप भण्डारण गरेको पाइएको थियो । यसरी भेटाएका तीन प्याकेट (३० वटा) एन्टिरेविज भ्याक्सिन, टिटी खोप नौ थान र तीन थान इन्सुलिन जफत गरिएको विभागका निमित्त प्रमुख सजिना महर्जनले जानकारी दिनुभयो ।

अनुगमनका
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved