Home » खेलकुद/मनोरञ्जन » नेपाल प्रिमियर लिग २०२६ » Page 3
Category:

नेपाल प्रिमियर लिग २०२६

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेलहरू हुँदैछन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ। पहिलो खेल दिउँसो साढे १२ र दोस्रो खेल साँझ ५ बजे हुनेछ।

प्रतियोगितामा काठमाडौं आफ्नो पहिलो जितको खोजीमा रहने छ। पहिलो खेलमा काठमाडौं जनकपुर बोल्ट्ससँग पराजित भएको थियो। अर्कोतर्फ, कर्णाली याक्स तेस्रो जितको खोजीमा हुनेछ। यसअघिका दुवै खेल कर्णालीले जितेको थियो। कर्णालीले जनकपुर बोल्ट्स र विराटनगर किंग्सलाई हराएको थियो।

…
0 comment
0 FacebookTwitterEmail

नेपाल प्रिमियर लिग अन्तर्गत हिजो शनिबार किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तय भएका खेलहरू वर्षा र भिजेको आउटफिल्डका कारण प्रभावित बनेका छन्। पहिलो खेल निरन्तरको वर्षाका कारण रद्द भयो भने दोस्रो खेल ओभर घटाएर ५ ओभरमा सीमित गरिएको थियो।

पहिलो खेल रद्द

शनिबार दिउँसो १२:३० बजे लुम्बिनी लायन्स र चितवन राइनाेसबिच तय भएको पहिलो खेल रद्द गरिएको हो। विगत तीन दिनदेखि परेको निरन्तरको वर्षाका कारण त्रिवि क्रिकेट मैदानको आउट फिल्ड पूर्ण रूपमा पानीले जलमग्न बनेको थियो। खेल मैदान खेलका लागि अनुपयुक्त र खेलाडीको सुरक्षाका हिसाबले जोखिमपूर्ण रहेकाले टस समेत हुन नसकी खेल रद्द गर्ने निर्णय गरिएको आयोजकले जनाएको छ। …

0 comment
0 FacebookTwitterEmail

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई वटा रोमाञ्चक खेलहरू हुँदै छन्। आजको पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राईनोज आमनेसामने हुनेछन् भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबिच प्रतिस्पर्धा हुनेछ।

आजको पहिलो खेल दिउँसो १२:३० बजे सुरु हुनेछ, जसमा रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्स र चितवन राईनोजबिच प्रतिस्पर्धा हुनेछ। यस सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने दाउमा रहेका दुवै टोली आज मैदान उत्रँदा जित निकाल्दै अङ्क तालिकामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यमा हुनेछन्। लुम्बिनी लायन्स टिममा अनुभवी र प्रतिभावान खेलाडीहरूको सम्मिश्रण रहेको छ भने चितवन राईनोज पनि कडा टक्कर दिन तयार देखिएको छ। दुवै

…
0 comment
0 FacebookTwitterEmail

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार दुई रोमाञ्चक खेल सम्पन्न भएका छन्। बिहीबार सम्पन्न पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौँ गुर्खाजलाई ८ विकेटले पराजित गर्‍यो भने दोस्रो खेलमा कर्णाली याक्सले अन्तिम बल बाँकी छँदा विराटनगर किंग्सविरुद्ध ४ विकेटको रोमाञ्चक जित दर्ता गर्‍यो।

काठमाडौँमाथि जनकपुर बोल्ट्सको सहज जित

दिनको पहिलो खेलमा काठमाडौँ गुर्खाज र जनकपुर बोल्ट्स आमनेसामने भएका थिए। टस जितेर पहिले ब्याटिङ रोजेको काठमाडौँ गुर्खाजको सुरुआत कमजोर रह्यो। जनकपुरका बलरहरूको उत्कृष्ट र कसिलो बलिङसामु काठमाडौँका ब्याटरहरू लामो समय क्रिजमा टिक्न सकेनन्।

काठमाडौँ १९.३ ओभरमा केवल ११५ रन जोड्दै अलआउट हुन पुग्यो। जनकपुरका बलर राहुल यादवले …

0 comment
0 FacebookTwitterEmail

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम रोयल्सले पहिलो जित हात पार्ने क्रममा पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा भएको खेलमा पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाएर भेटायो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। पोखराका लागि ब्याटिङतर्फ सम्हालिएको प्रदर्शन भए पनि सुदूरपश्चिमका अनुशासित बलिङ आक्रमणका अगाडि टोलीले ठुलो स्कोर बनाउन सकेन। १४६ रनको विजयी लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिम रोयल्सका ब्याट्सम्यानहरूले उत्कृष्ट प्रदर्शन गरे। टोलीले १९ बल बाँकी छँदै सहज रूपमा लक्ष्य पूरा गर्‍यो। यो जितसँगै सुदूरपश्चिमले प्रतियोगितामा …

0 comment
0 FacebookTwitterEmail

नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएका रोमाञ्चक खेलहरूमा चितवन राईनोज र कर्णाली याक्सले आ-आफ्नो खेलमा शानदार जित हात पारेका छन्। प्रतियोगिताको दोस्रो र तेस्रो खेलमा दुवै टिमले उत्कृष्ट प्रदर्शन गर्दै अङ्क तालिकामा महत्त्वपूर्ण अङ्क जोड्न सफल भएका छन्।

चितवन राईनोजको रोमाञ्चक जित: विराटनगर किङ्स ८ रनले पराजित

एनपीएलको दोस्रो खेलमा चितवन राईनोजले विराटनगर किङ्सविरुद्ध ८ रनको रोमाञ्चक जित दर्ता गर्‍यो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवन राईनोजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५७ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो। चितवनका लागि विस्फोटक ब्याट्सम्यान डाविड मलानले सानदार ब्याटिङ गर्दै ५० बलमा ५ चौका …

0 comment
0 FacebookTwitterEmail

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको पहिलो खेलमा साबिक विजेता लुम्बिनी लायन्सले विजयी सुरुआत गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा दमदार खरो उत्रिएको छ।

टस जितेर पहिलो बलिङ रोजेको लुम्बिनीका बलरहरूले कसिलो प्रदर्शन गरेपछि सुदूरपश्चिम रोयल्स १७.२ ओभरमा मात्र ८७ रनमा समेटिन पुग्यो। सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए भने अनिल खरेलले नटआउट १५ रन जोडे। त्यस्तै, सैफ जैबले १३ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका किशोर महतोले घातक बलिङ गर्दै ४ विकेट लिए। यसै …

0 comment
0 FacebookTwitterEmail

दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठन भएको क्रिकेट क्लब चितवन राइनोजले गैँडा संरक्षणमा योगदान गर्ने भएको छ। क्लबले आफ्नो क्लबका ‘टिसर्ट’ लगायतका सामग्री बिक्रीको पाँच प्रतिशत गैँडा संरक्षणमा लगानी गर्ने भएको हो।

क्लबमार्फत चितवन र यहाँको गैँडालाई विश्वमा चिनाउँदै आएको चितवन राइनोज तेस्रो वर्ष नेपाल प्रिमियम लिग (एनपिएल) मा सहभागी हुँदैछ। चितवन राइनोज स्पोर्ट्स क्लबका अध्यक्ष आयुष न्यौपानेले दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा क्लब लागेको बताए। उनले भने, “हाम्रो नाम नै गैँडासँग जोडिएकाले हामी यसको संरक्षणमा पनि योगदान दिन लागेका हौ।

यस क्लबले एक सिङ्गे गैँडाको तस्बिर राखेर संरक्षणका लागि सन्देश प्रवाह गर्दै आएको छ। चितवन मेडिकल कलेजको …

0 comment
0 FacebookTwitterEmail
Older Posts
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved